
बैशाख ३, नुवाकोट जिल्लाको किम्ताङमा आज बृहत रूपमा इष्टर महोत्सव अर्थात येशू ख्रीष्टको पुनरूत्थान दिन “इष्टर महोत्सव” मनाइएको छ। येशू ख्रीष्ट मृत्युबाट तेस्रो दिन आइतबार जीवित हुनुभएको दिनको उत्सव अर्थात इष्टर डे महोत्सवमा प्रमुख अतिथि पूर्व सभामुख माननीय सुभाषचन्द्र नेम्वाङ हुनुहुन्थ्यो। येशु ख्रीष्टको मृत्युबाट पुनरूत्थान दिनको अवसरमा आयोजना गरिएको कार्यक्रममा हास्य कलाकार सुलेमान (इकू), गायिका सुजिता पियम, ध्रुब तामाङ साथै स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो।
इष्टर महोत्सवमा बृचेत अभिषेक मण्डलीका एल्डर नर बहादुर घलेले वचन बाँड्नुभएको थियो। साथै बृचेत अभिषेक मण्डलीका जवानहरूले थुप्रै भजनहरु गाएर प्रभुको महिमा गरेका थिए । उक्त कार्यक्रम किम्ताङ र अभिषेक मण्डलीको संयुक्त आयोजनामा भएको थियो। किम्ताङ मण्डलीका टेक बहादुर तामाङको सभापतित्वमा कार्यक्रम भएको थियो। महोत्सवमा एक बहादुर तामाङले उद्घोषण गर्नुभएको थियो। महोत्सवका प्रमुख अतिथि पूर्व सभामुख सुभाषचन्द्र नेम्वाङ ज्युले इष्टरको सुभकामना सन्देश दिनुभएको थियोे ।
Discussion about this post