तालिम प्रशिक्षक बिरु घिसिङले सिकाउनुभएको उक्त तालिममा करिव ६० जनाको उपस्थिती रहेको थियो । विगत २ वर्ष देखि डेविड चङ मिनिष्ट्रिज अन्र्तराष्ट्रिय सेवकाईको नेपाल स्थित तालिम आयोजक समितीले विभिन्न मण्डली सम्प्रदायका पाष्टर अगुवाहरुलाई ६६ पुस्तक पृथ्वीको अन्त सम्म बाइवल संगसंगै लिएर हिडँने अभियान सम्बन्धि तालिमको थालनी गरेको हो । उक्त तालिममा आज मात्र अमेरीकाबाट आउनुभएका डेविड चङ मिनिष्ट्रिज अन्र्तराष्ट्रिय सेवकाईका संस्थापक अध्यक्ष एवंम वरिष्ठ बाइवल प्राध्यापक डा. डेविड चङले सुसमाचार प्रचार, अगुवापनको विकास र आत्मिक जागृति द्वारा व्यक्तिगत रुपान्तरण गरी विभिन्न मण्डलीहरुमा रुपान्तरण गर्ने प्रयासमा नेपाल एक हिस्सा भएको र आफु नेपाल र नेपालीलाई सधै माया गर्ने र भविष्यमा पनि नेपालको सेवकाई शान्ति र चौतर्फी विकासमा, नेपालको प्रगती, राजनीतिक स्थायित्व, आर्थिक उन्नती र सबै ईसाइ जगतमा आत्मिक जागृती, एकता र सहकार्यको लागि आफु निरन्तर प्रार्थना गर्ने प्रतिबद्धता गर्नुभएको थियो।
साथै उहाँले आफु र आफनो सेवकाईको लागि पनि निरन्तर प्रार्थना गरिदिनुहुन ईसाइ समुदायसंग अनुरोध गर्नुभएको छ। उक्त तालिममा सहभागी सबै आशिषित भएको र बाइवलको सहि भित्री ज्ञान बुझन यस तालिम द्वारा मद्धत पुगेको सहभागीहरुको भनाई छ।
Discussion about this post