निरोज तोलाङे
२७, चैत्र ललितपुर । आज देखी ललितपुरमा डेविड चङ मिनिष्ट्रिज अन्र्तराष्ट्रिय सेवकाईको बाइवल पुर्व पश्चिम उत्तर दक्षिण शिक्षालय अन्र्तगत बाइवल संगसंगै लिएर हिडँने अभियान सम्बन्धि तालिम शुरु भएको छ ।
तालिम प्रशिक्षक बिरु घिसिङले सिकाउनुभएको उक्त तालिममा करिव ६० जनाको उपस्थिती रहेको थियो । विगत २ वर्ष देखि डेविड चङ मिनिष्ट्रिज अन्र्तराष्ट्रिय सेवकाईको नेपाल स्थित तालिम आयोजक समितीले विभिन्न मण्डली सम्प्रदायका पाष्टर अगुवाहरुलाई बाइवल संगसंगै लिएर हिडँने अभियान सम्बन्धि तालिमको थालनी गरेको हो ।
सो तालिमले सुसमाचार प्रचार, अगुवापनको विकास र आत्मिक जागृति द्वारा व्यक्तिगत रुपान्तरण गरी विभिन्न मण्डलीहरुमा रुपान्तरण गर्ने प्रयास गर्दछ ताकि ती व्यक्तिहरु द्वारा समाज, गाउँ शहर र राष्ट्रहरुलाई समेत परिवर्तन गर्न सकोस भन्ने हेतुले तालिम सञ्चालन गरिएको डेविड चङ मिनिष्ट्रिज अन्र्तराष्ट्रिय सेवकाईको नेपाल स्थित संयोजक पुर्ण विष्टले हामीलाई बताउनुभयो । उक्त तालिममा सहभागी सबै आशिषित भएको र बाइवलको सहि भित्री ज्ञान बुझन यस तालिम द्वारा मद्धत पुगेको सहभागीहरुको भनाई छ ।
Discussion about this post