१६ चैत ०७३, काठमाडौं । नेपाल बाइबल सोसाइटीले हिजो कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा विभिन्न मण्डलीका वरिष्ठ पास्टर तथा अगुवाहरु र संघसंस्थाका प्रमुखहरुको वृहत जनसहभागिता आफ्नो स्थापनाको चालिस वर्षगाँठको अवसरमा नेपाल बाइबल सोसाइटीले माणिक उत्सव मनाएको छ ।
नेपाली ईसाइ मण्डली धोवीघाटका बरिष्ठ पाष्टर रेभ. राजेन्द्र रोंगोंगबाट सुरुको प्रार्थना भएको उक्त समारोहमा नेपाल बाइबल सोसाइटीका अध्यक्ष डा.बालकृष्ण शर्माको सभापतित्व र रेभ पास्टर निकोनोर तामाङको प्रमुख आतिथ्यमा सोसाइटीले माणिक उत्सव मनाएको हो । माणिक उत्सव समारोहको अवसरमा ख्रीष्टिय भजन क्वाएरले भजन प्रस्तुत गर्नुभएको थियो भने गायिका सलोमी तिमोथिको एकल गितले मणिक उत्सवनै संगितमय भएको थियो । माणिक समारोहमा यूनाइटेड बाइबल सोसाइटीका अन्तराष्ट्रिय प्रतिनिधि लगायत अन्य अथितिहरुले बाइबल सोसाइटीलाई बधाई तथा शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा डा. बालकृष्ण शर्माले परमेश्वरको जीवित वचन प्रचार गर्नुभएको थियो भने रेभ डा. एडोन रोगोंगले शुभकामना सन्देश दिनुभएको थियो। माणिक उत्सवमा नेपाल बाइबल सोसाइटीका कार्यकारी निर्देशक तेज बहादुर जिरेलले बाइबल सोसाईटीको विगतका स्थापना हुँदाको समय र हालको अवस्थाका बारेमा बताउनुभएको थियो भने समारोहमा दश वर्षदेखि सोसाइटीमा सेवा पुर्याउँनु भएका कर्मचारीलाई प्रमुख अतिथि रेभ निकोनोर तामाङको वाहुलीबाट प्रशंसा पत्र वितरण गरिएको थियो ।
Discussion about this post