निरोज तोलाङे
९ चैत, ललितपुर । बिगत १० महिना देखि मानव वेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो ।
महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले ५ चोटिको उक्त प्रयासमा र्दुगम जिल्ला रुकुम, जाजरकोट, धनकुटा र तेह्रथुमबाट १४ जना बालबालिका मध्य १० बर्ष माथिका ६ जनालाई पहिलो पटक बकपत्रको लागि ललितपुर जिल्ला अदालतमा २२ गते बोलाएको थियो । सबै ६ जना बालबालिकाहरुको बकपत्रमा एकदमै सकरात्मक भएपश्चात चैत्र ३ गते शुक्रवार ललितपुर जिल्ला अदालतमा मुद्धाको पेशी थियो तर दुःख लाग्दो कुरा मुद्धाको ठोस सबुत, प्रमाण भएपनि सफल अन्त्य भने भएन ।
१० बर्ष माथिका ६ जनाको बकपत्र एकदम सकरात्मक र न्यायोचित भएपनि ललितपुर जिल्ला अदालतले बाँकी ८ जना बालबालिकाको र केहि साक्षीहरुको उपस्थितिमा २२ चैत्रमा हाजिर भई बकपत्र गराउनु भनि आदेश दिएको छ । हरि तामाङ (याकुब)का अनुसार बच्चाको अभिभावकले पनि हामीलाई साथ दिएको र सरकारको पक्षबाट दिएको बकपत्र पनि हाम्रै पक्षमा भएपनि सबै न्यायलयको प्रक्रिया पुरा गरिसकेपछि ठोस सबुत प्रमाणका साथ हाम्रो मुद्धा खारेज भई सबैले सफाई पाउने कुरामा आफु निश्चिन्त भएको उनी बताउँछन् ।
उनले यो मुद्धाको प्रकृति एकदमै गहिरो विषय भएकोले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा प्रार्थना र साथ सहयोग पु-याउनु हुने नेपाल ख्रीष्टियन समाज लगाएत सम्पुर्ण मण्डली परिवारलाई एकमुष्ठ रुपमा धन्यवाद दिनुहुदैँ पुःन निरन्तर प्रार्थना र उत्साहको अनुरोध गर्नुभएको छ ।
Discussion about this post