निरोज तोलाङे
१ चैत, ललितपुर । मानववेचविखन तथा बालबालिका ओसारप्रसार र र्धमपरिर्वतन गराएको अभियोगमा चिनिमाया ब्लोन र हरि तामाङ (याकुब) लाई बिगत १० महिना देखि लगातार त्यस मुद्धामा अनुसन्धान गरिरहेको थियो । ५ चोटिको उक्त प्रयासमा महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले १४ जना बालबालिका मध्य १० बर्ष माथिका ६ जनालाई बकपत्रको लागि जिल्ला अदालत ललितपुरमा २२ गते बोलाएको थियो ।
र्दुगम जिल्ला रुकुम, जाजरकोट, धनकुटा र तेह्रथुमबाट बकपत्रको लागि यात्रा गरी काठमाण्डौँ आएका बालबालिकाहरुको यातायात खर्च र आवासको जिम्मा भने चिनिमाया ब्लोन र हरि तामाङ (याकुब)ले आफनो व्यक्तिगत रुपमा खर्च व्यहोरेका थिए भने महानगरीय प्रहरी परिसर ललितपुर जावलाखेलले भने ६ जना बालबालिकाहरुलाई ५०० रुपैँया यातायात खर्च उपलब्ध गराएको थियो ।
हरि तामाङ (याकुब)का अनुसार सबै ६ जना बालबालिकाहरुको बकपत्रमा एकदमै राम्रो कुरा आएको र मुद्धा खारेज भई सबैले सफाई पाउने प्रवल सम्भावना र आशा राखेको उनी बताउँछन् । यहि आउँदो चैत्र ३ गते मुद्धाको पेशी रहेकोले हरि तामाङ (याकुब)ले आफनो व्यक्तिगत रुपमा सम्पुर्ण मण्डली समुदायलाई प्रार्थनाको माग समेत गनुभएको छ ।
Discussion about this post