२८ फागुन, काठमाडौं । यहि आउँदो फागुन ३० गते देखि चैत्र २, २०७३ (मार्च १३–१५, २०१७ ) गते तिन दिन सम्म वृहतरुपमा संचालन हुने अन्र्तराष्ट्रिय सम्मेलन कल टु अल नेपाल कंग्रेस २०१७ काठमाण्डौँको सोल्टी क्राउन प्लाजा होटेलमा आयोजना हुने कल टु अल नेपालका राष्ट्रिय अध्यक्ष तथा नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौडेलले बताउनुभयो ।
उक्त सम्मेलनमा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय देशबाट करिब ४५० जना प्रभुका सेवकहरु, विभिन्न संघसंस्थाका प्रमुख, मण्डलीका पास्टर, अगुवा र मिशन संस्थाका प्रमुख र प्रतिनिधिहरुको पनि सम्मेलनमा सहभागीताका लागि नेपाल आउने कल टु अल नेपालका राष्ट्रिय संयोजक तथा नेपाल ख्रीष्टियन समाजका सचिव पास्टर मुकुन्द शर्माले हामीलाई बताउनुभयो ।
सो सम्मेलनमा सहभागी विच विभिन्न विषयमा समुह–समुहमा कार्यशाला गोष्ठि पनि संचालन गरिने छ । यो सम्मेलनको मुख्य उदेश्य भनेको बाइबलको मत्ति २८ः१८–२० का अनुसार महानआज्ञा पुरा गर्न कल टु अल अन्तराष्ट्रिय सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो भने उक्त सम्मेलनलाई नेपाल ख्रीष्टियन समाजले आतिथ्य प्रदान (host) गरेको हो ।
Discussion about this post