निरोज तोलाङे
२६,फागुन, ललितपुर । आज माईका नेपालको आयोजनामा ३ वर्ष पुरा गरेको अवसरमा सँगसँंगै प्रक्रियाको उत्सव भव्यतताका साथ कुमारीपाटिस्थित क्वाईनोनिया पाटन मण्डलीमा मनाएको छ ।
विभिन्न सामप्रदायिक मण्डली समुहहरु बप्तिस, क्वाईनोनिया र विलिर्भस मण्डलीको सक्रियतामा संगसंगैको प्रक्रियाको उत्सव मनाएको हो ।
माईका नेपालले विगत ३ वर्ष देखि सँगसँंगै प्रक्रियाको सहजिकरण गर्दै आईरहेको छ । सँगसँंगै प्रक्रियाले हालसम्म सामुहिक बाइबल अध्ययन, समस्याहरुको पहिचान गर्ने, स्थानिय स्रोत र साधनको पहिचान गरी समस्याको समाधान गर्ने लगाएतको कार्य गर्दै आईरहेको छ ।
नेपाल बप्तिस मण्डली परिषदका राष्ट्रिय संयोजक तथा सँगसँंगै प्रक्रियाका तालिम संयोजक पा. राजेन्द्र मल्लका अनुसार मण्डलीमा बाइबल अध्ययन गरी समाजमा नुन र ज्योति भएर समुदायको सेवा गर्ने र राष्ट्र निर्माणमा योगदान दिने तालिमको उदेश्य रहेको बताउनुभयो ।
उक्त अवसरमा १५ वटा मण्डलीमा सबैभन्दा राम्रो काम गरेवापत माइका नेपालले क्वाईनोनिया मच्छेगाउँ मण्डलीलाई यस वर्षको सँगसँगै प्रक्रियाको उत्कृष्ट पुरस्कार–२०७३ बाट सम्मानित समेत गरेको थियो ।
Discussion about this post