निरोज तोलाङे
१२ फागुन, ललितपुर । नहेम्याह ईन्सटिच्युटमा तालिमरत १५ जना विद्यार्थीहरु आज एक भव्य समारोह वीच दीक्षीत भएका छन् । पा. श्याम मगरले सुरुको प्रार्थना गनुभएको उक्त कार्यक्रममा कुसुन्ती स्थित नेपाल गोस्पल मण्डलीका पास्टर विशाल सुव्वाले उत्साहजनक, अभिप्रेरित आशिषमय वचन बाँड्नुभएको थियो भने आराधनामा तिमोथी दंगालले अगुवाई गनुभएको थियो ।
सोही अवसरमा नहेम्याह ईन्सटिच्युटमा कार्यरत कर्मचारी विनोद श्रेष्ठले दीक्षीत विद्यार्थीहरुमध्यमा र्सिजना थापा र टिकविक्रम बुढाथोकीलाई अनुशासित विद्यार्थी अर्वाड वितरण गर्नुभएको थियो । कार्यक्रममा पा. विशाल सुव्वाले दीक्षीत विद्यार्थीहरुलाई प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो । दिक्षीत हुनेहरुमा मानबहादुर धिमधुङ, आकाश वाल, टिकविक्रम बुढाथोकी, प्रकाशलियो मगर, सन्तोष राई, लक्ष्मण न्यैपाने, रुवेन अछामे रहेका छन् । त्यसैगरि र्सिजना थापा , एलिशा राई, मर्सी वर्देवा, रुथ चौधरी, ईश्वरी वोहरा, सिमसली तामाङ, दया तामाङ र सविना तामाङ रहेका छन् ।
दीक्षीत विद्यार्थीहरुलाई नहेम्याह ईन्सटिच्युटका प्रिन्सिपल भरत पाण्डेले शुभकामना दिदैँ अध्ययन गर्दा पाएको र्दशनलाई जीवनमा लागु गर्नुपर्ने कुरा औंल्याउनु भएको थियो साथै प्रिन्सिपल पाण्डेले ८६ औ व्याचका लागी नयाँ भर्ना भईरहेको पनि जानकारी गराउदै उक्त नहेम्याह ईन्सटिच्युटको ८५ औ दिक्षान्त समारोहको अवसरमा देशका विभिन्न सुगम र दुर्गम जिल्लाका १५ जना विद्यार्थीहरु दीक्षीत भएको कुरा समेत हामीलाई बताउनुभयो ।
Discussion about this post