निरोज तोलाङे
११, फागुन, ललितपुरआज सृजना मण्डलीले आफनो २५ औ रजत महोत्सव भव्यताका साथ मनाएको छ । रामकुमार बुढाथोकीले संयोजन गर्नुभएको उक्त कार्यक्रममा सृजना मण्डलीको स्थापनाकाल देखिको कठिनाइ र यहाँसम्म आइपुग्दाको इतिहासको विषयमा पा.हेमर्जगा मगरले बताउनुभएको थियो ।
कार्यक्रममा वरिष्ट पास्टर रेभ. सिमोन पाण्डेले आशिषमय वचन बाड्नुभएको थियो भने उक्त अवसरमा विगत समय देखि हाल सम्म मण्डलीमा संगति र सेवाकाई गर्ने अगुवाहरु तथा विभिन्न मण्डलीका पास्टर एवंम अगुवाका साथै ख्रीष्टियन व्यक्तित्वहरुको र संघसंस्थाका प्रमुखहरुको उल्लेखनिय सहभागिता रहेको थियो । यहि अवसरमा आतिथ्यता ग्रहण गनुहुने नेपाल ख्रीष्टियान समाजका महासचिव पा.डिल्लीराम पौडेल, नेपाल बाइबल सोसाइटीका महासचिव पा.तेज जिरेल, माइका नेटर्वकका राष्ट्रिय संयोजक थिर केसी, ईभान्जलिकल प्रेसवेटरियन चर्चेज अफ नेपालका प्रतिनिधि पा. रुवेन रानाले सृजना मण्डलीलाई २५ औ बसन्त पार गरेकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
Discussion about this post