निरोज तोलाङे ११, फागुन, ललितपुर ।
विवाहित दिदीवहिनीहरुको लागि पारिवारिक शिक्षा दिने उदेश्यले न्हेम्याह तालिम इन्सटिच्युट तिखदेवल, ललितपुरको आयोजनामा तिन दिने सेमिनार आज देखि सुरु भएको छ ।
तीन दिने ख्रीष्टियान पारिवारिक सेमिनारमा अभिभावकको भुमिका, सासु र बुहारीको भुमिका, आर्थिक मनोवृति, विवाह र यौन, श्रीमतीको भुमिका, द्धन्द र गर्भपतन जस्ता मुख्य–मुख्य विषयमा सिकाइने कुरा पारिवारिक सेमिनारका तालिम संयोजक शान्ति रानाले हामीलाई बताउनुभयो ।
Discussion about this post