यही फागुन २–३ गते नेपाल खीष्टियन समाजको केन्द्रिय समिति, सल्लाहकारहरु र सातै प्रदेश तथा अधिकांश जिल्लाहरुबाट समाज, संस्थाहरु र मण्डलीका अगुवाहरु प्रतिनिधित्व गरी आउनभई दुईदिने राष्ट्रिय भेला सम्पन्न भएको छ । उक्त भेलाले अहिले देशमा भइरहेको अवस्था बारे गहन छलफल, परामर्श तथा निर्णयहरु गर्नुका साथै समाजले निरन्तररुपमा गर्दै आएका समाजिक, आत्मिक तथा समसामयिक सरोकारका कार्यक्रमहरु र उपलब्धीहरुबारे महासचिव डिल्लीराम पौडेलले जानकारी दिनुभयो । सोहि अवसरमा समाजलाई आर्थिक रुपमा सम्पन्न गर्न सातै प्रदेश तथा अधिकांश जिल्लाहरुबाट प्रतिनिधित्व गरी आउनुभएका समाज, संस्थाहरु र मण्डलीका अगुवाहरुले प्रतिज्ञा भेटिहरु समेत प्रदान गर्ने प्रतिबद्धता गर्दै अगामी दिनमा समाजलाई अझ बलियो र सशक्त बनाउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै जाने निर्णय समेत गरेको छ ।
निरोज तोलाङे
३ फागुन २०७३
Discussion about this post