प्रिय पास्टर तथा अगुवाज्युहरू:
देशको लागि प्रार्थना गर्न भेला हौँ । राजनीतिक अस्थिरताको अन्त्य, राष्ट्रिय एकता, निष्पक्ष चुनाव र नयाँ संविधानको लागि।
हाम्रो परमेश्वरले हाम्रो प्रार्थना सुन्नु भएको छ दानिएल १०: १२-१३ जस्तै गरी उत्तर दिन आउँदै हुनुहुन्छ।
त्यसपछि उनले भने, “दानिएल, नडराऊ। तिमीले बुझ्ने शक्ति पाउन आफैंलाई नम्र तुल्याएको पहिलो दिनदेखि नै परमेश्वरले तिम्रो प्रार्थना सुन्नुभएको छ। म तिम्रो प्रार्थनाको उत्तर दिन आएको छु। फारस देशको शासकले एक्काईस दिनसम्म मेरो विरोध गर्यो। त्यसपछि एउटा मुख्य स्वर्गदूत मिखाएलले मलाई सहायता गर्न आए किनभने म फारस देशमा एक्लै छोडिएको थिएँ। (दानिएल १०:१२-१३)
मिति: आइतवार मे २६, २०१३; जेठ १२, २०७०
समय: बिहान ८ देखि १२ बजेसम्म
स्थान: उत्तम करार मण्डली, गोठाटार
अतिथि-सत्कार: पास्टर रत्न चापागाई तथा परिवार
(फोन ९८४१४३९८०६/४९९०३३७)
प्रार्थना अगुवा: पास्टर उत्तमकुमार परियार
उत्तम करार मण्डली गोठाटार कसरी पुग्ने ?
(१) तपाईले गोठाटार जाने बसहरूमा नेपाल यातायात, गोठाटार यातायात वा काँडाघारी बिरेन्द्र चोक जाने टेम्पो पाउनु हुनेछ। नेपाल यातायात बल्खु, नक्खु, बानेश्वर अथवा कोटेश्वरबाट पाउनु हुनेछ तर गोठाटार यातायात र टेम्पो रत्नपार्क, बानेश्वर अथवा कोटेश्वरबाट चड्नुहोस् र बसमा चडेमा तेज विनायक स्कुलमा र टेम्पोमा चडेमा बिरेन्द्र चोकमा ओर्लेर चर्च कहाँ छ भनेर सोध्नुहोस् र चर्चको माथी क्रुस देख्नुहुनेछ डाँडामा।
(२) केही अप्ठ्यारो परेमा सम्पर्क फोन: ९८४१९५७९२७ राजकुमार श्रेष्ठ;
यदी तपाईले यो निम्तो www.nepalchurch.com मा पढ्नु भएमा तपाँईलाई पनि स्वागत छ।
समयमा आइपुग्न ६ बजे नै यात्रा शुरु गर्नुहोस्। आफू पनि आउनुहोस्, साथीलाई पनि ल्याउनुहोस्। बाइबल कलेजका विधार्थीहरूलाई पनि स्वागत छ। कृपया बाईबल कलेजका प्रिन्सिपलहरुले पनि विधार्थीहरूलाई प्रार्थनामा भागलिनको लगि उत्साह दिन “नेपाल प्रार्थना अभियान” विनम्र अनुरोध गर्दछ। हस् त, आइतबार बिहान ८ बजे प्रार्थनामा भेटौँ, परमेश्वरबाट आशिर्वादको आशा राखेर।
येशू ख्रीष्टमा,
राजकुमार श्रेष्ठ
नेपाल प्रार्थना अभियान समितिको आज्ञाले
Discussion about this post