काठमाडौं, पुस ३, प्रविधि तथा प्रणालीको राजाधानीमा आयोजित एक कार्यक्रमबीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखिकरण तथा अनुगमन गर्ने उपकरण/प्रणालीको उद्घाटन गर्नुभयो।
विधिवतरूपमा बिद्युतीय सञ्चारमाध्यम टेलिभिजन, रेडियो, अनलाइनको अभिलेख गर्ने तथा सोको अनुगमन कार्यको थालनी भएको छ। कार्यक्रममा प्रमुख अतिथि सञ्चारमन्त्री कार्कीले सञ्चारमाध्यमलाई राजनीतिक आस्थाले प्रभाव पार्दा एउटै घटनामा चारथरी न्यूज आउने गरेको धारणा राख्नुहुँदै नयाँ उपकरण/प्रणालीले विद्युतीय सञ्चारमाध्यमको अभिलेख, अनुगमन कार्यमा सहजता ल्याउने वताउनुभयो। काउन्सिलले कार्यमा सक्दो प्रयास गर्ने बताउँदै बिद्युतीय माध्यमको बर्गीकरण गर्न आग्रह गर्नुभएको थियो।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले हालै जडित आधुनिक उपकरणबाट नेपालको सञ्चारमाध्यम संधै प्रेस काउन्सिलको नजरमा रहने, मिडियालाई नियन्त्रण होईनस, आचारसंहिताको पालना गराउन सल्लाह दिने कार्यमा निरन्तर लागिपरेको वताउनुभयो।
काउन्सिल सदस्य तथा नेपाल पत्रकार महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बिद्युतीय सञ्चारमाध्यमले आफ्नो इतिहास खोज्दा नभेटिने अवस्था रहेको बेला काउन्सिलले बिद्युतीय माध्यमको अभिलेख गर्ने प्रणालीको थालनी गर्नु महत्वपूर्ण उपलब्धी भएको बताउनुभयो।
काउन्सिलका सूचना प्रविधि अधिकृत रामशरण बोहराले बिद्युतीय सञ्चारमाध्यमको अभिलेखीकरण गर्ने तथा सोको अनुगमन गर्ने प्रणालीसम्वन्धी कार्यपत्र प्रस्तुत गर्नुहुँदै हाललाई यो प्रविधिवाट १६ वटा टेलिभिजन, अनलाइनवाट प्रसारित २०० वटा एफएम र ५०० वटा अनलाइनबाट प्रसारित सामग्रीको २४ सै घण्टाको अभिलेख राख्न सकिने बताउनुभयो। प्रेस काउन्सिलले यसअघि पूरानो प्रविधिको प्रयोग गरेर २०७२ माघ १ गतेदेखि बिद्युतीय माध्यम रेडियो, टिभी, अनलाइनको अनुगमन गर्दै आएको थियो। रिपोर्ट÷तस्विरहरु महेन्द्रराज सिंह ।
Discussion about this post