लेखकले येशूमा विश्वास गरेको २५ बर्षअर्थात आत्मिक जीवनको रजत महोत्सवको अवसरमा, ख्रीष्टिय अभिलेखा तथा स्रोत केन्द्रको प्रकाशन र समयकुमार रम्तेलको लेखनबाट स्रष्टाको १०औं पुस्तक ख्रीष्टमस मिसन (Mission Christmas) नामक कृति पा. डेभिड भट्टराई, ठूलोभाई रम्तेल र भक्ती मंग्रातीको बाहुलीबाट मिति २०७३ मंसिर २५ गते शनिवार सियोन रोफेका एजी मण्डली, नाला काभ्रेमा विमोचन भएको छ ।
पुस्तकको समिक्षा र बधाई पा.डेभिड भट्टर्राई र पा. राजन परियार ज्यूले मन्तव्य दिनुभएको थियो। भने पुस्तकका लेखक समयकुमार रम्तेल ज्यूले पुस्तकका बारेमा यसरी बताउनु भएको थियो। यस पुस्तकमा ख्रीष्टमस सम्वन्धि बृहत अध्ययन, इतिहास, प्रमाण, वचनहरू, सन्देश, एस एम एस,मुक्तिदाताको जन्म, जीवनी, कन्यजन्मको सिद्यान्त, बाइबलको हरेक पुस्तकमा येशूको प्रकटिकरण, ख्रीष्टमस सामान्य ज्ञान, ख्रीष्टमसका विभिन्न सामग्री र त्यसको अर्थ, विशेष पात्रहरू, मिसन, ख्रीष्टमसको गलत धारणा प्रति खण्डन लगाएत क्यारोलका गीत र भजनहरु समेटिएको छ। ख्रीष्टमस तथा नयाँबर्षो उपलक्ष्यमा विशेष छुटका साथ विक्री हुने जानकारी दिनुभयो कलमसँग मेरो गहिरो प्रेम बसेको छ। मलाई कलमको वानी परेको छ। कलमलाई पीडा छ, प्रसव वेदनाको पीडा।
कन्या मरियमलाई येशू जन्माउदा प्रसवबेथा लागेझैं मेरो कलमलाई पनि यो पुस्तक जन्माउन त्यस्तै बेथा लागेको थियो । सबै घरहरू खचाखच भएझैं प्रकाशकको कुनै कोठा नपाउँदा युसूफ र मरियमलाई जस्तै मेरो कलमलाई पनि छटपट्टी र चिन्ता थियो । ख्रीष्टमस सम्वन्धि मेरा लेखरचनाहरु करिब २५ वटा पत्रपत्रिकाहरुमा प्रकासित भै सकेका थिए। त्यसैको संग्रह गर्दागर्दै ग्रन्थ नै प्रकाशन गर्ने निर्णय गरें। ख्रीष्टमसको सम्पूर्ण इतिहास, प्रमाण र क्यारोल गीतहरु समावेश गरेको छु। हरेक पाठका विषयहरु नयाँ मिसन ब्राण्ड भएकाले तपाईंलाई अवश्य नै रोचक लाग्ने छ। जम्मा ३० अध्याय छन्। प्रत्येक पाठका बिषय सूचिलाई मिसन भनेर सुचिकृत गरेको छु। यस पुस्तक सबैको लागि इतिहास,उत्सव र मिसनको हट केक बन्नेछ। ख्रीष्टमस मिसन हामी सबैको साझा सम्पत्ती बन्न सकोस् । एक गाडधन जस्तै हुन सकोस् ।
अन्तमा, प्रकाशन समुह, अतिथि र दर्शक सबैलाई धन्यवाद दिदै – यो पुस्तक पाष्टर अगुवा तथा सबै विश्वासी जनहरुको निम्ति अति उपयोगी छ। सिजनको फलफूल र सागशब्जी स्वादिलो भएकाले सबैलाई मनपर्छ भने झै यो ख्रीष्टमस र नयाँबर्षो सिजन भएकाले यो मिसन ख्रीष्टमस पुस्तक सबैलाई उपयोगी बन्नेछ। यो पुस्तक एतिहासिक भएकाले संग्रह गर्न, प्रवचन दिन र आशिषित हुन मद्दत मिल्नेछ भन्नुभयो। पा. राजन परियारलेे अन्तिम र आशिष्को प्रार्थना गरी पुस्तक विमोचन कार्यक्रम समापन भएको थियो।
Discussion about this post