क्षमा पाएको मूल्यवान जीवन
तपाईंको निम्ति मुख्य एक व्यक्तिलाई तपार्इंबाट केही दुःख भयो भने कस्तो लाग्छ?
त्यसले त्यो सम्बन्ध र व्यवहारमा कस्तो असर पार्छ?
उनले तपाईंलाई क्षमा दिनुभयो कि भने कुराले तपाईंलाई कतिको प्रभाव पार्छ?
उनले क्षमा दिनुहुँदा तपाईंले के महसुस गर्नुहुन्छ र त्यसले सम्बन्धमा कस्तो फरक ल्याउँछ?
येशूसँगको हाम्रो सम्बन्धमा पनि पापले यसरी प्रभाव पार्छ।
विचार गर्नुहोस्:
यहि येशू तपाईसँग सधै हुने भए तपाईंको जीवनशैली तथा आचरणमा के कस्तो फरक हुन्छ?
उहाँलाई दुःखित नपार्नको निम्ति तपाईंको सोच र आचरणमा के के गर्नुहुन्न थियो?
येशू सधै हामीसँग हुनुहुने (ह्रि्रू १३:५) भएकाले तपाईंको पाप र संघर्षहरुले उहाँसँगको तपाईंको सम्बन्धलाई प्रभाव पार्दछ।
१ यूहन्ना १:५-२:२ पढ्नुहोस् र निम्न प्रश्नहरुको उत्तर खोज्नुहोस्।
झूठो शिक्षाबाट अल्मलिएका विश्वासीहरुलाई पाप र पापक्षमाको बारेमा तिनीहरुले सिकाएका कुराहरुलाई सच्च्याउने प्रयास गर्दैछन्। परमेश्वर को हुनुहुन्छ र उहासँगको जीवन कस्तो हुन्छ भने आधारमा नै उनले लेखेका छन्।
पद १:५ आधारका कुराहरुः
परमेश्वर ज्योति हुनुहुन्छ भन्नुको तार्त्पर्य के हो?
दैनिक जीवनमा ज्योतिले के काम गर्छ?
परमेश्वरको स्वभावले त्यस्तो काम कसरी पूरा गर्छ?
पद १:६ मा झूठो दावी र पद १:७ मा त्यसप्रतिको प्रतिक्रिया
परमेश्वरसँगको ठीक सम्बन्धमा जिउँदा हाम्रो पापलाई के असर पर्छ?
पद १:८ मा झूठो दावी र पद १:९ मा त्यसप्रतिको प्रतिक्रिया
हामीले हाम्रो पापको बारेमा के गर्नुपर्छ? पाप स्वीकार गर्नुको अर्थ के हो?
हामीले पाप स्वीकार गर्दा परमेश्वरले के गर्नुहुन्छ?
पद १:१० मा झूठो दावी र पद २:१,२ मा त्यसप्रतिको प्रतिक्रिया
हामीले पापको बारेमा के गर्ने प्रयास गर्नुपर्छ?
हाम्रो पापको निम्ति अन्तिम उपाय के हो?
तीन गलत सोचाइहरु:
पाप त त्यति ठूलो समस्या होइन।म त ठीकै छु।मैले केही गलत गरिराखेको छैन।
तीन ठीक प्रतिक्रियाहरु:
परमेश्वर को हुनुहून्छ भने त्यतामा जिउनु। आफ्नो पाप परमेश्वर सामु स्वीकार्नु। पापलाई इनकार गर्नु।
विचार गर्नुहोस्: पापको बारेमा मेरो प्रतिक्रिया के कस्तो हो?
जब मैले येशूलाई मुीक्तदाताको रुपमा ग्रहण गरे, मेरो जीवनको अवस्था के थियो? त्यस वेला मेरो कति पापहरुको क्षमा भए? १ यूहन्ना १:७ अनुसार के मैले गाद नगर्ने पाप र कमजोरीहरुको बारेमा पनि परमेश्वरले केही गर्नुहुन्छ?
१ यूहन्ना १:९ अनुसार अट्टेरी भई पाप गर्दा र परमेश्वरको अनाज्ञाकारी हुन मैले के गर्नुपर्छ?
हाम्रो वास्तविक अवस्था परमेश्वरसँग मानि लिनु नै पाप स्वीकार हो। यसमा तीन कदमहरु हुन्छन्।
पाप गरेको कुरा मान्नु, उहाले हामीलाई क्षमा गर्नुहुन्छ भनी स्वीकार्नु, पापबाट अलग हुनु।
परमेश्वरको जीवन यात्रामा जसरी हामी अगी बढेछौ, हामीमा पापको बारेमा सचेतता बढ्दै जान्छौं। किन? १ यूहन्ना २:१,२ अनुसार पापका बारेमा हाम्रो सोच र भावना के हुनपर्दछ? किन?
ज्योतिमा जिउनु भनेको:
परमेश्वरको स्वभावको ज्योतिमा र सम्बन्धमा जिउनु,
आफ्नो पापको बारेमा परमेश्वरको सामु खुलस्त रुपमा स्वीकार्नु र
परमेश्वरलाई मन नपर्ने कुरा के हो भने कुरा सचेत भई पापलाई इनकार गर्नु हो।
Discussion about this post