सुमान बयलकोटी, कास्कीकोट
पोखरेली ख्रीस्टिय समुदायको सामाजिक संस्था असल छिमेकी नेपालले कास्कीकोट ५ मौलामा “छिमेकी समूह” मार्फत विभिन्न सामाजिक कार्यहरु गदै आएको छ । सुक्खा समयमा पानीको अत्याधिक समस्या हुने उक्त स्थानमा समूह र असल छिमेकी नेपालको सहकार्यमा आकाशे पानी संकलनका लागि प्रति सदस्य एक हजार लिटर क्षमताको टंकी हस्ताण्तरण कार्य यही भदौ ७ गते सम्पन्न भएको छ । समूहमा २४ जना सदस्य छन् । समूहकी अध्यक्ष राम माया वि क को अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि असल छिमेकी नेपालका अध्क्षय भरत बहादुर गुरुङले ब्यानर खोली मैनवत्ती वालेर उद्घाटन गरेका थिए । सहकार्य मार्फत धेरै परिवर्तनका काम गर्न सकिने धारणा संस्थाका कार्यकारी निर्देशक राजेन्द्र कुमार अधिकारीको थियो भने सचिव प्रकाश भुजेलले पानीको महत्व तथा आवश्यकताबारे बोलेका थिए । समूहकी अध्यक्षले असल छिमेकी नेपाललाई मायाको चिनो दिदै धन्यवाद व्यक्त गरेकी थिइन् । संस्थाको ७५ प्रतिशत र समूहका सदस्यहरुको २५ प्रतिशत सहभागितामा सो कार्यक्रम सम्पन्न गरिएको संस्थाका प्राविधिक संयोजक सुमन वयलकोटीले जानकारी गराए ।
Discussion about this post