• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, June 20, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

मन्त्रीज्यू बालगृहमा धर्म परिवर्तन होइन, बरु सोच विचार परिवर्तन भयो होला

by NC Admin
July 11, 2016
in Articles

kumar JPGकुमारसिंहविष्ट, यसै साता शुक्रबारका दिन अन लाइन मिडिया र मुलधारका मिडियाले उपप्रधान एवं महिला, बालबालिका तथा समाज कल्याणमन्त्री सिपी मैनालीले बालगृहमा धर्म परिवर्तन भयो भन्ने कुराले साहृै चर्चा पायो र उनले बालगृहमा धर्म परिवर्तन गराउनका लागि लागि जिल्लास्थित प्रमुख अधिकारीको हात रहयो भन्ने भन्ने कुरालाई जोड दिए।
मन्त्रीका यि र यस्तै अभिव्यक्तिले बालबालिकाको धर्म परिवर्तन कानुनको उल्लघंन हो भन्ने समाचार प्राथमिकताका साथ नेपाली मिडियामा प्रकाशन र प्रसारण भए। उनले यही असार२३ गते विहिबारका दिन राजधानीमा आयोजीत सार्वजनिक कार्यक्रममा बालबालिकाको धर्म परिवर्तन गराउन केही बालगृह संचालकहरु सक्रिय रहेको अभिव्यक्ति दिएका थिए। समाचारमा आयो बालबालिका तथा समाज कल्याणमन्त्रीलाई बालगृहमा भएको धर्म परिवर्तनका कारणले निकै चिन्तित भएको खबर। मिडियाका अनुसार त्यस्ता बालगृहमा भएको अत्याधिक धर्म परिवर्तन यथाशिघ्र रोक्न समेत जिल्ला प्रशासन कार्यालयलाई ति नै मन्त्रीले विशेष अनुरोध समेत गरे रे।
कस्ता मन्त्री हुन यी। जसलाई अहिलेसम्म मानिसको धर्म कहिल्यै पनि परिवर्तन हुँदैन र यो गर्न सकिन्न भन्ने कुरा थाहा नै रहेनछ। के मानिसको धर्म परिवर्तन हुन्छ र ? के कसैले मानिसको धर्म परिवर्तन गराएर परिवर्तन हुन सक्छ र ? धर्म भनेको परकोपकारी गर्नु, असहायलाई सहायता गनुृ होइन, अरुको भलार्इृ गर्नु, कसैको नविर्गानु, कसैमाथि अन्याय नर्गनु धर्म होइन अथवा पापकर्मतिर नलाग्नु सामान्य भाषामा धर्म होइन र भन्या।
मन्त्रीज्यू तपाईले बालगृहमा अत्याधिक धर्म परिवर्तन भयो भनेर भन्नुभयो तर कुन धर्मका बालगृहका संचालकहरुले धर्म परिवर्तन गराए भन्ने कुरालाई किटानका साथ भन्न सक्नु भएन नी। तपाईको यही कुरालाई संचार माध्यममा प्रकाशन तथा प्रशारण भएका समाचारको म्यासेजलाई मनन गर्ने हो भने ततपाईले इसाईहरुले संचालन गरेका बालगृहमा धर्म परिवर्तन भयो भनेर सौकेतिकरुपमा भन्न खोज्नु भयो जस्तो लाग्यो।
कुरा घुमाउरो नगरिकन नै सिधैं इसाईहरुले संचालन गरेका बालगृहमा धर्म परिवर्तन भयो भनेर भन्नु न। के को डर छ तपाईलाई यसो भन्न। बालगृहमा धर्म परिवर्तन भयो भनिहाल्नु भयो इसाईहरुले संचालन गरेको बालगृहमा धर्म परिवर्तन भयो भनेर किन उद्घोष गर्न डराउनु भयो त्यसो भए ? मन्त्री हुनु भा को मान्छे, नेपालमा त कानुन त छ तर कानुनी शासन छैन, मन्त्री हुनुभाको मान्छे तपाई। देशको कानुन तपाईको आफ्नो हातमा छ, किटान गरेर नै इसाईहरुले बालगृहमा धर्म परिवर्तन गरे भनेर भन्या भए भइ हाल्थ्यो नी। किन त्यसो भन्नचाहिँ डराइहाल्नु भयो होला ?
मन्त्रीज्यू तपाईले भने जस्तै यदी बालगृहमा धर्म परिवर्तन भयो भन्ने तपाईसँग प्रयाप्त प्रमाण छन् र ती बालबालिकाले त्यो कुरा स्वीकार गर्छन भने त्यस्ता बालगृह संचालकहरुलाई कारवाहीको दायरामा ल्याउनुहोस् न ? यदी बालगृहमा धर्म परिवर्तन नै भएकै हो भन्ने तपाईलाई लागेको छ भने कारवाही गरे भइ हाल्यो नी त्यस्ता बालगृह संचालकहरुलााई। उनीहरुको दर्ता खारेजी गरी हाले भयो नी।त्यस्ता बालगृहक संचालकहरुलाई कारवाही गरेर अउनीहरुका बालगृहमा भएका अनाथ तथा असहाय बालबालिकाहरुलाई तपाईको सरकारले पालनपोषण गर्ने जिम्मेवारी लिए भइ हाल्यो नी यदी तपाईलाई त्यस्तो गाहृो भएको छ भने। ल आँट गर्नुहोस् न यस्तो परोपकारी काम गर्न।
संभवतः नेपालमा धेरै बालगृह संचालन गर्ने नै इसाईहरुको स्वामित्वमा वढि छ। यी सवै बालगृहमा धर्म परिवर्तन भयो भनेर कारवाही गरेर त्यहाँ भएका हजारौ बालबालिकाहरुलाई नेपाल सरकारले धर्म परिवर्तन नगरि राखे भइहाल्यो । लौ त मैनाली मन्त्रीज्यू यो शुभ कार्य तपाई मन्त्री भा कै वेलामा होस् त खै। यस्तो आँट गर्नु न। अनी पो नेपाली जनताको वाहवाह पाउनु होला र तपाईको लोकप्रियता नेपाली जनमानसमा हवात्तै वढ्ला नी ।
अझ नेपाल सरकारको त कुरै नगरौ अहिले। तपाई पनि त नेपाली हो नी, तपाईको पनि त दायित्व छ नी, तपाईका वरपर भएका अनाथ तथा असहाय बालबालिकाहरुको पालनपोषण गर्ने र उनीहरुलाई देशको असल नागरिक बनाउने। अहिलेसम्मको तपाईको राजनीतिक जिवनमा ख्रीष्टियनहरुले आफ्नै घरमा आफैसँग राखेर अनाथ बालबालिकाहरुलाई शिक्षा दिक्षा प्रदान गरेजस्तै कहिल्यै यस्ता अनाथ बालबालिकालाई आफैसँग आफ्नो घरमा राखेर, काखी च्यापेर उनीहरुको पालनपोषण गर्नुभएको छ ? उनीहरुलाई शिक्षा दिक्षा दिने प्रयत्न गर्नुभएको छ ? अँ हंँ संभवतः छैन होला।
मन्त्री जी तपाईले भनेजस्तै बालगृहमा बालबालिकाको धर्म परिवर्तन भएकै हो भने के अपराध भयो र यो ? तपाई राजनीतिकवालाहरुले चुनावताका ती नै बालबालिकाहरुलाई आफ्नो दलको प्रचारप्रसारका लागि उनीहरुका काँधमा पार्टीको झण्डा जर्वजस्त थमाउनचाहिँ हुने। बालगृहका संचालकहरुले सड्कका पेटीमा सुस्ताइरहेका र बुबाआमाको न्यानो माया पाउनबाट वन्चित भएका अनाथ बालबालिकाहरुलाई घरमा ल्याएर उनीहरुको स्याहारसुसार गरेर धार्मिक्ताको वारेमा सिकाउन नहुने ? कस्तो अवुझ कुरा र बाल अधिकार हनन् हुने कुरा तपाई गर्दै हुनुहुन्छ मन्त्रीज्यू ?
बालगृहका संचालक के इसाई वा गैह इसाई नै किन नहुन बालगृहमा बालबालिकालाई बम र बारुद बनाउन र अपराध गर्न र गराउने काममा पो अभिप्रेरीत गराउनु भएन तर धर्मको कुरा सिकाएर उनीहरुलाई धार्मिकताको बाटोमा हिड्न सिकाउनु यो कसरी र के कारणले अपराध भयो र ? अझ तपाई भन्दैहुनुहुन्छ धर्म परिवर्तत गराउने बालगृहलाई कारवाहीको दायरामा ल्याउनु पर्छ भनेर।

बाल्य अवस्थामा बालबालिकाहरुलाई धर्मको कुरा सिकाउनु झन पो असल कुरा हो। किनकि धार्मिक्ताले पो बालबालिकाहरुलाई (मावनलाई) अनुशासनमा राख्न सहयोग गर्छ। मानिस जती धार्मिक वन्दै गयो त्यती नै उसमा दया, माया भाव सृजना हुन्छ। धार्मिक्ताले नै मानिसलाई नैतिकवान वनाउँछ भने अब भन्नुहोस् किन धर्मको कुरा बालगृहमा नसिकाउने त्यसो भए बालबालिकाहरुलाई।
ए बाबा तपाईजस्ता नास्तिकवान नेताहरुले सडकदेखि सदनसम्म ईश्वर छैन भनेर ढोल पिट्न मिल्छ भने बालगृहका संचालकहरुले आफ्ना बालबालिकाहरुलाई ईश्वरमा आस्था राख भन्न नमिल्ने । तपाईका कम्युनिष्ट दर्शनका नेता कार्ल माक्र्सले “धर्म अफिम हो” भनेर दुष्प्रचार गरे जस्तै। तपाई जस्ता कम्युनिष्ट नेताहरुले यो संसारमा ईश्वरको अस्तित्व नै छैन ईश्वरविनाको यो संसार सृष्टि भयो भनेर बायाख्य गर्नु भो भन्दैमा अनाथ बालबालिकाहरुले पनि ईश्वरको वारमा त्यस्तै वुझनुपर्छ भन्ने ग्यारेण्टी छ र भन्या ?
ए बाबा बालगृहमा बालबालिकाहरुलाई देश र समाजको दृष्टिमा भएको अपराधजन्य कुराहरु पो सिकाउनु भएन तर देश, समाज र अन्तराष्ट्रिय जगतको नजरमा भएको असल कुरा बालगृहका संचालक त के, जो सुकैले जसलाई पनि धर्मका कुरा सिकाउन मिल्छ नी।असल कुरा सिकाउन देशको कानुन वाधक वन्छ भने त्यस्तो वेला त्यो देशका कानुन देश र जनताको पक्षमा छ की छैन भनेर अन्तराष्ट्रिय अभ्यास, सन्धी र सम्झौता कोट्याएर हेर्नु आवश्यक हुन सक्छ।
के मन्दिरमा, के चर्चमा, के मस्जिदमा, के बालगृहमा, के गुम्बामा, के स्कूलमा धर्म सम्वन्धि पाठ पढाउँदा र सिकाउदा के अपराध हुन्छ र ? धार्मिकताको बाटोमा हिड्नु भनेको अहिंसाको बाटो अप्नाउनु र रोज्नु होइन र ? तपाईलाई थाहा छ धर्म मान्नु भनेको देशभक्ति हुनु पनि हो। धर्म अप्नाउनु भनेको सवै पापकर्महरु जस्तैः अन्याय, अत्याचार,व्यभिचार, हिंसा, झुट, झैझगडा, डाहा गर्ने जस्ता आनीवानीहरुलाई त्यागेर धार्मिक्ताको मार्गमा लम्कनु पनि हो।
देशलाई विकासको गतिमा अघि लैजानको लागि त धार्मिक्ताले मात्र देश अघि वढ्न सक्छ। यस्को विकल्प छैन्। नपत्याए दक्षिण कोरियाको विकासको इतिहास सुने पुग्छ। धार्मिक्ताको कारणले नै त्यो देश आज विश्व उदयमान राष्ट्रको रुपमा स्थापित बनेको छ।जब मानिसको जीवनमा यस्ता कुराहरुको अवलम्बन हुन्छ तब मानिस दिर्घजिवी वन्न सक्छ।
बालगृह संचालकहरुले आफ्ना बालगृहका बालबालिकाहरुलाई तिमीहरुले कसैको अन्याय गर्नु हुँदैन, कसैमाथि अत्याचार गर्नु हुँदैन, धर्मावलम्वीहरुवीच धार्मिक सहिष्णुता कायम राख्नुपर्छ, समाजमा सवैसँग मिलेर वस्नुपर्छ, छिमेकीलाई प्रेम गर्नुपर्छ र देशको लागि केही वन्नुपर्छ जस्ता कुराहरु सिकाउनु अपराध हो र ? हो भने कसरी ? कुन देशमा अहिलेसम्म यस्ता कुराको विपक्षमा ऐन र कानुन बनेको छ हँ मन्त्रीज्यू ? यदी बालगृहमा बालबालिकाको धर्म परिवर्तन गराइएको हो भने तपाईले भनेजस्तै बालगृहका संचालकहरुले ती बालबालिकाहरुलाई मैले माथि भनेजस्तै असल कुराहरुमा अभिप्रेरिरत गर्न खोजेका हुनुपर्छ। देश र समाजको नजरमा सही भएका यस्ता कुराहरुलाई मन्त्रीजीले धर्म परिवर्तन भयो भनेर भन्नु भयो जस्तो छ।
त्यसैले मन्त्रीजी बालगृहमा मात्रै होइन बरु सक्नुहुन्छ भने तपाईका संसद भवनमा/ मन्त्री परिष्द भित्र पनि धार्मिक्ताको कुरा सिकाउनु र अभ्यास गराउनु आवश्यक छ। किनकि धार्मिक्ताले मात्र देशलाई उचाल्छ। यस्ता कुराहरु सवै सांसदलाई सिकाइयो भने सवै नेपाली र नेपालको विकास तिव्र गतिमा हुन सक्छ। देशमा व्याप्त भ्रष्टाचार, अन्याय, हत्या र हिंसा हट्न सक्छ। देशले कोल्टे फेर्न सक्छ अनी पो नेपाली जनताले चाहेको र अहिलेसम्मको खोजेको नेता तपाई वन्न सक्नुहोला नी। त्यतातिर ध्यान केन्द्रित गर्नुहोस् तपाईका भाषणहरुलाई।
हेर्नुहोस् अमेरिका यूरोपका राष्ट्रहरुले यही धर्म परिवर्तन गरेको भरमा देशलाई विकासमा कता माथिस्मम पु¥याइसके । तपाई जस्ता नेताभने बालबालिकाले धर्म परिवर्तन गरे भन्ने सामान्य कुरामा समय खर्चेर समयलाई बर्बाद पार्दै हुनुहुन्छ। देशका मन्त्री नै यस्तै झिनामसिना कुराहरुमा लागेर इसाईहरुको खेदो गर्नमा नै लाग्नु हुन्छ भने तपाईका कार्ल माक्र्सले भने जस्तै हो, साँच्चै हो, धर्म अफिम नै हो। इसाई धर्म कसैले नफैलाए पनि अफिम झैं आफै फैलिन्छ। यो धर्म परिवर्तन कदापी होइन। यो त जीवन र आत्माको परिवर्तन हो। नेपालमा भएका इसाईहरुलाई निस्तेज पार्न अब यो देशको कुनै पनि शक्ति र संविधान र नयाँनयाँ एैन कानुन बने र ल्याइए पनि यो अफिम वनिसक्यो, झन फैलिन्छ देशैभरी धर्म परिवर्नतको लहर। किन फैलिदैन र सत्य कुरा ? सत्य कुरा त कसैले लुकाउन खोजे पनि सधैभरलाई लुक्न सक्दैन एकदिन सत्य कुराको उजागार भएरै छोड्छ।यो आफै फैलिन्छ।
नेपालमा बालगृहमा, के स्कूलमा, के विश्वविधालयमा, के सरकारी कार्यालयमा, के न्यायलयमा, के कम्युनिष्टहरुको ह्दयमा, गाउँगाउँ, वस्तीवस्ती, शहरवजार, पाहाड कन्दराहरुमा भएका हरेक मानिसहरुमा उनीहरुको धर्म होइन तर सोच र विचार परिवर्तन हुन आवश्यक छ।
देशका नेताहरु किन भष्ट्र भए थाहा छ तपाईलाई ? यो देशमा किन विकास हुन सकेन थाहा छ तपाईलाई ? यो देशका नेता तथा सांसद किन मावन वेचविखन र तस्करीमा लागेका छन् थाहा छ तपाईलाई ?
उनीहरुलाई बाल्य अवस्थामा धार्मिकताको कुरा नसिकाएर हाम्रा नेता तथा सांसद अहिले आएर वढि लोभी, पापी, भष्ट्राचारी, व्याभीचारी, इष्र्यालु, चुनावताका जनतालाई खोक्रो सपनामात्र वाँड्ने प्रवृतीका भए। तर यिनीहरुलाई वेलैमा बाल्यकालमा धार्मिक्ताको पाठ र अभ्यास गराएको भए (अहिले तपाईले भने जस्तै धर्म परिवर्तन गराएको भए) सायद उनीहरु (हाम्रा नेता तथा सांसदहरु) यस्ता कदापी बन्ने थिएनन्। उनीहरुलाई बाल्यअवस्थामै धार्मिक्ताको कुरा सिकाइएको भए उनीहरु कससेकम देशलाई माया गर्ने र देशको लागि केही गर्न नसके पनि प्रार्थना गर्ने देशका असल नागरिक त वन्थे यार।
मन्त्री मैनालीज्यू बालगृहमा धर्म परिवर्तन भयो भनेर धेरै चिन्ता नलिनुहोस् यस बिसयमा धेरै समय बर्बाद नगर्नुहोस् वरु बालगृहमा किन धर्म परिवर्तन भएन भनेर त्यसको लागि चिन्ता मान्नुभयो भने देश तब मत्र नयाँ वन्न सक्ला।
13650481_1225713174114006_1614665943_nयो पनि जानी राख्नुहोस् बालबालिकालाई उनीहरुको बाल्यकालमा हामीले जे सिकायौ त्यो कुरा उनीहरुले वृद्ध अवस्थासम्म पनि लिइ राख्छन्। त्यसैले पनि बालबालिकाहरुलाई उनीहरुको बाल्यवस्थामा नै धार्मिकता र असल कुरा सिकाउनु पर्छ तबमात्र उनीहरुले त्यो कुरालाई पछिसम्म पक्रि रहन्छन्। त्यसैले मन्त्रीज्यू तपाईले भने जस्तै बालगृहमा धर्म परिवर्तन भएको होइन होला बरु उनीहरुको सोच र विचार परिवर्तन भएको होला। धर्म परिवर्तन गरेपछि वरु उनीहरुमा झन देशप्रतिको दायित्व र मोह वढेको हुनुपर्छ।
मन्त्रीज्यू बरु सकिन्छ भने बालगृहका संचालकहरुले आफ्ना बालगृहमा अन्तराष्ट्रिय स्तरको शिक्षादिक्षा प्रदान गरेकी गरेनन यदी गर्न सकेनन् भने त्यस्को पक्षमा अन्तराष्ट्रिय दाताहरुसँग लबिङ गरेको भए तपाईले नै नेपाली जनताहरुबाट झन वढि सकारात्मक चर्चा पाउँनुहुन्थ्यो कि ।
मन्त्रीज्यू हेर्नुहोस् धर्म परिवर्तनको लहर अब नेपाल देशैभरी तपाईको कल्पनाभन्दा वाहिर पुगेर फैलिन्छ र फैलिएको पनि छ। तपाईजस्ता नेताहरुले नेपाली जनताहरुलाई सधैभरि आफ्नो ख्रोक्रो भाषणमा लठ्ठाइरहन मिल्यो। तपाईहरुले अहिलेसम्म सोझासाझा नेपाली जनतालाई सधैं झुटो सपनाको वरिपरि घुमाइरहनु भयो।
नेपाली जनताले खोजेको जननेता यो देशमा अहिलेसम्म जन्मन सकेन। त्यसो भए खोइ त नेपाली जनताले अहिलेसम्म नेल्सन मण्डेला, अब्राहाम लिंकन र गान्धीजस्ता राजनेता यो देशमा देख्न पाएका ? बालबालिकाहरुलाई धार्मिक्ताको पथमा हिड्न प्रेरित गर्दा धर्म परिवर्तन भयो भनेर कानुनको दायरामा ल्याउन खोज्ने हो भने यो देशमा कसरी मण्डेला, लिंकन र गान्धीजस्ता जनताका महान नेताको जन्म हुन सक्छ र ? अँ हँ हुन सक्दैन। तपाई नेताहरु सत्तामा वसेर कुसंस्कार र कुरीतिको संस्कार वसाउन मिल्ने, आखिर नेपाली इसाईहरुले सत्य ईश्वरको महानताका वारेमा किन नेपाली बालगृहका बालबालिकाहरुलाई वाँड्न नमिल्ने ? कस्तो विडम्ना हो यो यार।
पंचायतकालमा नेपालमा भएको धर्म परिवर्तनको लहरलाई रोक्न विभिन्न कानुन वनाईए तर इतिहासलाई हेर्ने हो भने अन्ततःत्यही पंचायतकालमा नै देशमा इसाई आस्थामा झन वृद्धि भएको तथ्याँकले देखाइदिएको छ। अब भन्नुहोस् के तपाईले यस विरुद्ध भाषण दिदाँ धर्म परिवर्तनको लहर रोकिएला भन्ठान्नुहुन्छ र ? धर्म परिवर्तनको लहर अब देशको पूर्वमेचीदेखि पश्चिममहाकालीसम्म अकल्पनिय तवरले फैलिदंछ र फैलिनेछ। यो परिवर्तनको उभारलाई न मन्त्रीका भाषण, न त संविधानको कुनै धारा/उपाधारा वा एैनले रोक्न सक्नेछ। नेपालमा मात्र होइन संसाभरमा धर्म परिवर्तनको यो लहरलाई रोक्न खोज्नु भनेको सूर्यको प्रकाशलाई हत्केलाले छेक्न सक्छु भन्ने दुष्प्रयास गर्नु सरह हो।
अब यो परिवर्तनको लहर तपाईका यी भाषणले रोकिन्न। धर्म परिवर्तन यो त संसारको काम पनि होइन। धर्म परिवर्तन भनेको परमेश्वरको राज्यको कुरा हो। यो सारा संसार त उहाँबाट नै सृजना भयो भने तपाइैहामी त यो भुगोलमा हराईरहेका सानासाना प्राणि मात्र हौ। स्वर्ग र पृथ्वीका परमेश्वरले नै बालबालिकाहरुले आस्था परिवर्तन गरेको चाहानुहुन्छ भने तपाई को हो यो परिवर्तनको उभारलाई रोक्ने चेष्ठा गर्ने ? यो रोकिन्न र संसारको कुनै शक्तिले रोक्न पनि सक्दैन।यो फैलिसकेको छ। यसलाई रोक्न खोजिए अफिम जस्तै लाग्छ झन। संसारभरि नै फैलिन्छ।
वरु तपाईले भनेको धर्म परिवर्तन भनेको आस्था परिवर्तनको पहिलो विन्दु हुन सक्छ। त्यसैले बालगृहमा आस्था परिवर्तन भयो होला जसलाई तपाईले धर्म परिवर्तनको संज्ञा दिनुभयो। किनकि यो त सत्य ईश्वरको पछि लाग्नु हो। सत्य ईश्वरको अस्तित्वलाई स्वीकार्नु हो। यो धर्म परिवर्तन होइन बरु मन र आत्माको परिवर्तन हो। धर्म परिवर्तन कदापी होइन। धर्मलाई परिवर्तन गर्न सकिन्न। यो अपरिवर्तनशिल छ।

Related Posts

Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025
Exam System Comparison: Efficiency vs. Burden

Exam System Comparison: Efficiency vs. Burden

March 18, 2025

मेरो उद्धारकर्ता जीवित हुनुहुन्छ

December 11, 2024

Discussion about this post

ताजा सामाग्री

Vacancy at ECTC

June 16, 2025

Elijah Counselling and Training Centre (ECTC) is a non-profit organisation focused on Mental Health Counselling and Training, which works in...

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Recent Posts

  • Vacancy at ECTC
  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In