• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, October 14, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

येशू कसरी आउँनु हुँनेछ ?

by NC Reporter
June 26, 2016
in Bible Study & Teaching
Dipen Lama
      Dipen Lama, Manthan

के येशू गुप्तरुपमा आउँनुहुन्छ ?

“याद राख, मैले (येशूले) तिमीहरुलाई अघिबाटै भनिदिएको छु। यदि तिनीहरुले तिमीहरुलाई ‘हेर, उनी उजाडं–स्थानमा छन्’ भनी भन्छन् भने बाहिर निस्केर नजाओ। अनि ‘हेर, उनी भित्री कोठाहरुमा छन्’ भने पनि विश्वास नगर। किनकि जसरी बिजुली पूर्वबाट चम्कँदा पश्चिमसम्मै उज्यालो हुन्छ, त्यसरी नै मानिसको पुत्रको आगमन हुनेछ।” (मत्ती 24:25-27)

बिजुलीको चमक धेरै टाडा देखि पनि देख्न सकिन्छ। येशूको दोस्रो आगमन गुप्तीमा हुने छैन अथवा काल्पानिक पनि हुने छैन। त्यसैकारणले गर्दा येशूले हामीलाई चेताउनी दिनुहुन्छ कि कसैले पनि हामीलाई धोका दिन नसकोस् – कि येशू गुप्तरुपमा आउने छन् र थोरैले मात्र देख्नेछन्।

के येशू फेरि वास्तविक मनुष्यको रुपधारण गरि आउनुहुन्छ ?

“जब तिनीहरुले (येशूका चेलाहरुले), उहाँ जाँदैगर्नुभएको एकटक आकाशतिर हेरिरहेका थिए, तब अचानक तो पोशाक लाएका दुइजना मानिस (स्वर्गदूत) तिनीहरुका नजीक खड़ा भए। तिनीहरुले भने, ‘गलीलका मानिस हो, तिमीहरु किन आकाशतिर हेर्दै उभिरहेका छौं? यही येशू, जो तिमीहरुबाट स्वर्गमा लगिनुभयो, अहिले जसरी तिमीहरुले उहाँलाई स्वर्गमा जानुभएको देख्यौ, त्यसरी नै उहाँ फेरि आउनुहुनेछ।” (प्रेरित 1:10-11)

येशू मानिसको रुपमा आउनुहुनेछ। त्यस दिन, जब येशू पृथ्वीबाट प्रस्थान गर्नुभो, दुइ स्वर्गदूतहरुले विश्वासपूर्वक चेलाहरुलाई ‘यही येशू’ फेरि आउनेछन् भन्नुभयो।

येशू, जो राजाहरुका राजा कहलाउनु हुन्छ, तिनै येशू जसले बिमारीहरुलाई निको पार्नुभो र अन्धाहरुका आँखा खोलीदिनुभो। तिनै येशू, जसले व्याभिचार भएकी स्त्री सँग नम्र भएर बोल्नुभो। तिनै येशू, जसले धेरै शोककर्ताहरुका आँसु पुछिदिनुभो अनि धेरै बालक–बालिकाहरुलाई आफ्ना काँखमा बसाउनुभो, तिनै येशू, जो कलवारीको व्रूmसमा मर्नुभो, नयाँ चिहानमा विश्राम गर्नुभो र तेस्रो दिनमा मृतकबाट पुनर्रुत्थान हुनुभो।

के येशू आउँदा, हामी उहाँलाई देख्न सक्छौ ?

स्वर्गदूतहरुले घोषणा गरेथे कि – तिनै येशू, जसरी स्वर्गरोहण हुनुभो – त्यसरी नै फेरि आउनुहुनेछ। “र पृथ्वीका सब जातिहरु विलाप गर्नेछन्, र तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठूलो महिमा साथ आइरहेको देख्नेछन्।” (मत्ती 24:30)

येशू कसरी स्वर्गरोहण हुनुभो ?

“उहाँले (येशूले) यो कुरा भन्नुभए पछि, तिनीहरुले हेर्दाहेर्दै उहाँ उँभो उचालिनु भयो, र बादलमा उहाँ तिनीहरुका दृष्टिबाट लोप हुनुभयो।” (प्रेरित 1:9)

येशूका चेलाहरुले स्पष्टरुपमा देखे कि – येशू कसरी आफ्नै गौरवपूर्वक शरीरीक ढाँचामा स्वर्गरोहण भएको। धेरैले प्रभू स्वर्गरोहण हुनुभएको देखे। उहाँ (येशू) फेरि त्यसैगरि आउनु हुनेछ, स्पष्ट रुपमा, सबैमाथि देखा पर्नु हुनेछ।

धर्मप्रचारक यूहन्ना अनुसार, कतिजना मानिसहरुले येशूको दोस्रो आगमन देख्नेछन् ?

“हेर, उहाँ बादलहरुसाथ आउँदैहुनुहुन्छ, र हरेक आँखाले उहाँलाई देख्नेछ।” (प्रकाश 1:7– पहिलो अंश) दुवै धार्मिक र पापीहरुले येशूको दोस्रो आगमन देख्नेछन्। प्रत्येक जीवित मानिसले (त्यस बेलाका) येशूको आगमन स्पष्टरुपमा देख्नेछन्।

येशू अनुसार, उहाँको दोस्रो आगमन कतिजनाले देख्नेछन् ?

“तब मानिसको पुत्रको (येशूको) चिन्ह आकाशमा देखा पर्नेछ, र पृथ्वीका सब जातिहरु विलाप गर्नेछन् र तिनीहरुले मानिसको पुत्रलाई आकाशका बादलहरुमा शक्ति र ठूलो महिमासाथ आईरहेको देख्नेछन्।” (मत्ती 24:30)

संसारका प्रत्येक निवासीहरुले येशूको दोस्रो आगमन स्पष्टरुपमा देख्नेछन्। उपग्रहले (satellite) प्रदर्शित गरेका स्पष्ट नक्साहरु जस्तै देखिने छन्, ओेलिम्पिक खेलको (Olympic Game) बिदाई समारोह जस्तै आनन्दयुक्त भई लाखौं मानिसले देख्नेछन् – येशूको दोस्रो आगमन। विश्वका सबै घटी सकेका घटनाहरु भन्दा प्रभावशाली हुनेछ।

येशूले अरु कस्ता प्रकारले आफ्नो आगमन घोषणा गर्नुभयो ?

“किनकि प्रभु स्वयम् हुकुमको गर्जनसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरका तुरहीको सोरसित स्वर्गबाट ओर्लिनुहुनेछ र ख्रीष्टमा मरेकाहरु चाहिँ पहिले बौरिउठ्नेछन्।” (1 थेसलोनिकी 4:16) येशू बादलहरुमा ‘शक्ति र ठूलो महिमासाथ’, ‘बिजुलीको चमक र उज्यालो’ (मत्ती 24:30,37)

अनि परमेश्वरको चर्किलो तुरहीको आवाज दिंदै आउनु हुनेछ।

येशूको आगमनमा उहाँसँग अरु को–को आउनुहुनेछ ?

“जब मानिसको पुत्र (येशू) सारा स्वर्गदूतहरुसँग आफ्नो महिमामा आउनेछ, तब उहाँ (येशू) आफ्नो महिमामय सिंहासनमा बस्नेछ।” (मत्ती 25:31)

येशूको पुनर्रुत्थानको बेला, एउटा स्वर्गदूत मात्र देखेर, रोमी पहरादारहरु डरले थरथर काँपे। (मत्ती 28:2-4) कल्पना गर्नुहोस् – जब येशू वरिपरि स्वर्गदूतहरुसँग आउनेछन्, त्यो दृश्य हेर्नमा कति

सन्तुष्टि अनुभव गर्नेछौं।

के हामी येशूको दोस्रो आगमनको यथार्थ दिन वा घड़ी भविष्यवाणी गर्न सक्छौं ?

“तर त्यस दिन र घड़ीको विषयमा पिताबाहेक कसैले जान्दैन, नत स्वर्गदूतहरुले, न पुत्रले। यसकारण तिमीहरु पनि तैयार रहो, किनकि मानिसको पुत्र (येशू) तिमीहरुले नचिताएको बेलामा आउनेछ।” (मत्ती 24:36,44)

सबैजनाले उहाँको आगमन देखे या सुनेता पनि, धेरैजना तैयारी भई बसेका हुँदैनन्। के तपाईं स्वयंम् येशूको आगमनको निम्ति तैयार हुनुहुन्छ ?

येशू आगमन भई के गर्नुहुन्छ ?

येशूले उहाँलाई प्रतिक्षा गर्नेहरुलाई उद्धार गर्नु हुनेछन्।

“त्यसरी ख्रीष्ट पनि धेरैजनाका पाप बोक्नलाई एकै पल्ट देखा पर्नुहुनेछ, पाप बोक्नका निम्ति होइन, तर उत्सुक्तापूर्वक उहाँको प्रतिक्षा गर्नेहरुका उद्धारको निम्ति।” (हिब्रू 9:28)

“उहाँले आफ्ना स्वर्गदूतहरुलाई तुरहीको ठूलो आवाजको साथ पठाउनेछ, र तिमीहरुले आकाशको एक छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट उहाँको चुनिएकाहरुलाई भेला गर्नेछन्।” (मत्ती 24:31)

यदि तपाईंले पवित्र बाइबलका सबै आज्ञाहरु पालन गर्नु भएको छ भने – नडराउनु होस्, किनकि तपाईं अवश्यै येशूसँग, उहाँको प्यारो बालक बनि स्वर्गमा विराजमान हुनुहुनेछ।

उहाँलाई अधिकतम मात्रामा हामीहरुले मुरी–मुरी प्रशंसा र महिमा गरौं। आमिन।

दिपेन लामा

 

Related Posts

New life in Christ

New life in Christ

July 9, 2025
सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

सबिता राना मगर एएनएफए महिला लिगको सबैभन्दा मूल्यवान खेलाडी घोषित

January 30, 2025

रित्तो चिहान-१

January 18, 2024
“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

“विश्‍वासीहरूका निम्‍ति पवित्र बाइबलको टिप्‍पणी” को App सार्वजनिक

January 17, 2023

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In