• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, November 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

क्रिसमस विशेष – येशूको एशियाली अनुहर

by Rev. Dr. Bal Krishna Sharma
December 27, 2015
in Articles

रेभ. डा. बाल कृष्ण शर्मा

Rev. Dr. Bal Krishna Sharma
रेभ. डा. बाल कृष्ण शर्मा, पिएचडी

 

ख्रीष्टियान धर्म गोराहरुको धर्म हो भन्ने कुरा मैले मेरो सानो उमेरमा नै सुनेको थिएँ । मेरो जिल्लामा गोराहरुले संचालन गरेको एउटा अस्पताल थियो । उनीहरुले हामी औषधी गर्र्छौंर्,र् इश्वरले निको पार्नुहुन्छ भनेर भित्तामा लेखेर टाँसेका थिए । यी गोराहरुले इशुमा विश्वास गर्छन् भनेका कुराहरुलाई मैले सुनेको थिएँ । लामो समयसम्म मेरो मनमा येशू गोराहरुका देशमा जन्मेका इश्वर होलान्जस्तो लागेको थियो ।

 

प्रायजसो सबै नेपालीहरुले ख्रीष्टियान विश्वासलाई गोराहरुकै धर्म हो भनी ठानेको अवस्था छ । उनीहरुका सोचमा यो बेलायत वा अमेरीकामा शुरु भएको धर्मजस्तो लाग्छ । उनीहरुका सोचमा ख्रीष्टियान भनेकै गोराहरु हुन् । उनीहरुका विचारमा अफ्रिका कालाजातिहरु, वा चीन वा कोरियाका पहेँला जातिहरु वा भारतका जनताहरु ख्रीष्टियान हुनसक्दैनन् किनकि उनीहरु गोराहरु होइनन् । नेपालीहरु किन ख्रीष्टियान बन्छन् सो बुझन धेरै व्यक्तिहरुलाई कठिन छ । त्यसैले धेरैको भ्रम यही छ कि नेपालीहरु कित धनको प्रलोभनमा कित सुविधाको कारण ख्रीष्टियानहरु बन्छन् । त्यसैले कोही ख्रीष्टियान भयो अरे भन्ने कुरा सुनेपछि, ख्रीष्टियान भयो भनेको के हो भन्ने प्रश्नको जवाफमा, गोराहरुको धर्म लियो रे भन्ने प्रतिउत्तर सुन्न पाइन्छ । मेरो काभ्रे जिल्लामा म पहिलो ख्रीष्टियन हुँ । मैले येशूलाई विश्वास गरेपछि, मैले गोराहरुको धर्म लिएको रे भन्ने ठूलो हल्ला चलेको थियो ।

ख्रीष्टियानहरु को हुन् भन्ने बारेमा नेपालीहरुले एक अर्काबाट सुनेका यी कुराहरु सतही कुराहरु मात्र हुन् । ख्रीष्टियान हुनु के हो भन्ने कुराको वास्वविकता अलि पृथक छ । आज संसारको प्रत्येक देशमा ख्रीष्टियानहरुको उपस्थिति रहेको छ । आज गोराहरुभन्दा काला र पहेँला ख्रीष्टियानहरुको संख्या अत्याधिक रहेको छ । साम्यवादको लामो इतिहास बोकेको चीनमा ख्रीष्टियानहरुको संख्या झण्डै १० देखि १५ करोडको हाराहारीमा छ । के चिनीयाहरु पनि गोराहरु हुन् त? करीब ६ करोड भारतीहरु ख्रीष्टियानहरु छन् । के भारतीहरु पनि गोराहरु हुन् त? दक्षिण कोरियामा करीब ४० प्रतिशत मानिसहरु ख्रीष्टियानहरु छन् । के उनीहरु गोराहरु हुन् त? सिँगापुरका चिकित्सक-डाक्टरुहरुमध्ये करीब ६० प्रतिशत ख्रीष्टियान डाक्टरहरु छन् । उनीहरु प्रायजसो अन्य धर्महरुबाट ख्रीष्टियान बनेका थिए । के उनीहरु पनि गोराहरु नै हुन् त? हंकंगका ५ प्रतिशत ख्रीष्टियानहरुले देशको १५ प्रतिशत प्रशासनमा योगदान दिइरहेका छन् । के उनीहरु गोराहरु नै हुन् त ? गोराहरु मात्र ख्रीष्टियान हुन्छन् भन्ने सोच गल्ती थियो, र यो गल्ती छ र यस्तो सोच राख्ने व्यक्तिले आफ्नो विचारलाई परिवर्तन गर्नुपर्दछ ।

 

प्रभु येशू ख्रीष्ट र उहाँको जीवनकथालाई नियालेर हर्ने  बुभझ्ने हो भने, उहाँको जीवनशैली र व्यवहार एशिएनहरुकोजस्तै छ । उहाँ संसारको बीचमा अर्थात् इस्राएलमा जन्मनु भयो । उहाँले यस पृथ्वीमा जन्म लिनुभन्दा हजारौँ वर्षपहिले नै उहाँको बारेमा अगमवाणी भएको थियो । उहाँ अलौकिक किसिमले कन्या मरियमको कोखबाट जन्मनुभयो । उहाँ बालकको रुपमा वृद्धि हुनुभयो र तीस वर्षो उमेरमा पानी र पवित्र आत्माको बप्तिस्मा पछि उहाँले जनसमुहमा आफ्नो सेवा शुरु गर्नुभयो । उहाँले यसरी घोषणा गर्नुभयो:

 

परमप्रभुका आत्मा ममाथि छ । किनभने गरीबहरूलाई सुसमाचार सुनाउनका निम्ति उहाँले मलाई अभिषिक्त गर्नुभएको छ । कैदीहरूलाई छुटकाराको घोषणा गर्न । उहाँले मलाई पठाउनुभएको छ । अन्धाहरूलाई दृष्टि दिन र थिचोमिचोमा परेकाहरूलाई अमलेख गराउनको निम्ति र परमप्रभुका प्रसन्नताको वर्ष, अर्थात् मसीहको आगमन, इस्राएलका सान्त्वना घोषणा गर्नलाई

यी उद्देश्यहरु लिएर येशू ख्रीष्ट यस संसारमा आउनुभयो । उहाँको आगमन धर्मका विधिहरुसँगभन्दा पनि जीवन परिवर्तनसँग सम्बन्धित छ । पवित्र आत्माको शक्तिद्वरा येशू परिचालन हुनुभयो ।

 

१.उहाँको उद्देश्य आत्मा र शरीरमा गरीब भएकाहरुलाई सुसमाचार सुनाउनु हो । मानवलाई दुवै आत्मिक र आवश्यकीय भौतिक कुराको आवश्यकता छ । जीवित परमेश्वरको अनुभव विना मानिस जहिले पनि रित्तो हुन्छ । पापको कारण परमेश्वरबाट अलग भएपछि मानव परमेश्वरको विरुद्धमा, एक अर्काको विरुद्धमा र आफ्नै विरुद्धमा खडा भयो । पापी मानव आत्मा निष्कृय भएको हुनाले उसले परमेश्वरको आवाज सुन्न सक्दैन । उसको आत्मा गरीब छ । त्यही गरीब आत्मालाई जीवन्त पार्नका लागि नै येशू यस पृथ्वीमा आउनुभयो । आज ख्रीष्टमसको अवसरमा येशूले दिनुभएको शुभ सन्देश यही हो कि मानवजाति अब आत्मा र शरीरमा अनिकालमा जिउनु पर्दैन । उसको लागि जीवनको र्सार्थकता छ ।

 

२. येशू ख्रीष्ट यस संसारमा जन्म लिई आउनुको अर्को कारण कैदीहरुलाई छुटकारा दिनका लागि हो । मानवजाति विभिन्न कुराहरुको कैदी भई बाँचिरहेको छ । ऊ पापको कैदी छ । दुष्ट वा शैतानले उसलाई कैदी बनाएको छ । आफूले जानेर वा नजानेर ऊ गलत आदत वा जीवनशैलीको कैदी भएको छ । ऊ कैदीको जीवन ढाँचामा थुनिएर बसेको छ । ऊ स्वतन्त्र छु भनी ठान्छ तर ऊ बन्धनमा वा कैदमा छ । आज यस मानवलाई छुटकारा चाहिएको छ । यस किसिमको छुटकारा एउटा मानवले जुलुस गरेर, नारा लगाएर, तोडफोड गरेर, हिँसात्मक क्रियाकलाप गरेर, भाषण गरेर, सामाजिक सेवा गरेर, दानपुण्य गरेर, राजनीतिक प्रतिबद्धता जारी गरेर, धन कमाएर, शिक्षा आर्जन गरेर, प्रख्यात वा कुख्यात भएर, वा अन्य कुनै पनि मानवीय प्रयासबाट प्राप्त गर्न सक्दैन । मानवको साँचो छुरकारा येशू ख्रीष्टबाट मात्र आउँछ ।

 

येशू ख्रीष्ट कुनै एउटा नयाँ धर्म वा सिद्धान्त दिनका लागि नभई मानवहरुको जीवन परिवर्तनका लागि आउनुभयो । उहाँको उद्देश्य सानो झुसिलकीरालाई ठूलो झुसिलकीरा बनाउनुजस्तो नभई झुसिलकीरालाई पुतली बनाउनेजस्तो मानवलाई परिवर्तन गर्ने कार्यको लागि उहाँ आउनुभयो । यसको अर्थ उहाँले मानवलाई पुर्ण परिवर्तन गर्न चाहनुहुन्छ र त्यसको लागि नै उहाँ आउनुभयो । विगतदेखि अहिलेसम्म र भविष्यमा पनि येशू ख्रीष्टले परिवर्तन गर्ने सेवा गरिरहनुहुनेछ । आजको विश्व चर्च इतिहासले पनि यस कुरालाई पुष्टि गरिरहेको छ ।

 

३. अन्धाहरुलाई दृष्टि दिनका लागि पनि येशू यस पृथ्वीमा आउनुभयो । शरीरमा, शरीर र आत्मामा, र आत्मामा मानिसहरु अन्धा हुनसक्छन् । येशूको सेवामा भौतिक आँखादेखि आत्मिक आँखा खोल्ने कार्य समावेश भएको छ । आँखा खोलिने कुरा देख्नसक्ने कुरासँग सम्बन्धित छ । परमेश्वरका पवित्र आत्मालाई आफ्नो आँखा खोल्न नदिउन्जेलसम्म एक व्यक्तिले परमेश्वरका कुराहरुलाई देख्न वा जान्न सक्दैन । मानिसहरुले जीवित परमेश्वरलाई चिन्न नसकून् भनेर यस संसारको दुष्टले तिनीहरुका आँखा छोपिदिएको छ । येशूले शारीरिक र आत्मिक रुपमा मानिसहरुका आँखा खोल्ने कार्य गरिरहनुभएको छ ।

 

४. थिचोमिचोमा परेकाहरुलाई अमलेख गराउन येशू आउनुभयो । येशूले सबैको भलाइमा काम गर्नुभयो । मानिसहरुमाथि भएको आत्मिक र शारीरिक थिचोमिचोबाट उनीहरुलाई छुटकारा दिनुभयो । उहाँले मानिसहरुका रोगी शरीरलाई निको पार्नुभयो र उनीहरुका पीडित आत्मालाई छुटकारा दिनुभयो । उहाँबाट हुने यस छुटकाराको कार्य उहाँले निरन्तर रुपमा अहिले पनि गरिरहनुभएको छ । अहिले पनि उहाँले निको पार्नुहुन्छ र मानिसलाई छुटकारा दिनुहुन्छ ।

५. परमप्रभुको प्रसन्नताको वर्षो घोषणा गर्नका लागि येशू ख्रीष्ट आउनुभयो । नेपाली भाषामा लेखिएको प्रसन्नताको वर्षह्रि्रु भाषाको जुबिली शब्दबाट आएको हो । जुबिलीलाई नेपालमा महोत्सवको रुपमा बुझ्ने गरिन्छ । उदाहरणको लागि २५ वर्षो उत्सवलाई रजत महोत्सव भनिन्छ भने, ५० वर्षो उत्सवलाई सुवर्णमहोत्सव भनिन्छ । इस्राएलीहरुले प्रत्येक ५० वर्षा जुबिली मनाउनेगर्थे । यस वर्षा उनीहरुले ५० वर्षभत्र बेचेर गुमाएका सबै पैतृक सम्पत्ति सित्तैंमा फिर्ता पाउँथे । यसरी गुमाएको कुरालाई फिर्ता पाउने आनन्दको बारेमा येशूले घोषणा गर्नुभयो । हामीले हाम्रा पापका कारण गुमाएको सम्बन्धलाई येशूले फिर्ता दिलाउनुभयो र अब परमेश्वरसँग पुनः हाम्रो सम्बन्ध गाँसिएको छ । हामीले गुमाएको अधिकार हामीले पुनः प्राप्त गरेका छौं । अब हामीले यो खुशीको सुमाचार सबैलाई सुनाउनुपर्छ । येशू ख्रीष्टको समयबाट नै यो शुभ सन्देश घोषणा गर्ने कार्य निरन्तररुपमा भइरहेको छ । मण्डली वा चर्चले पवित्र आत्माको शक्तिमा सुसमाचारको सेवालाई निरन्तरता दिइरहेको छ र ख्रीष्टको दोस्रो आगमनसम्म यो अभियान चलिनैरहनेछ ।

 

विश्वमा पहिलो चर्चको जन्म यरुशलेममा भएको थियो जुन इस्राएल देशमा पर्दछ । येशू ख्रीष्टका चेलाहरु एशियाका विभिन्न ठाउँहरुमा ख्रीष्टको सुुसमाचार लिएर पुगेका थिए । येशू ख्रीष्ट आउनुभएको शताब्दीमा नै ख्रीष्टको सुसमाचार भारतसम्म आइपुगेको इतिहास हामीसँग छ । येशू ख्रीष्टको समयपछिका केही शताब्दीहरुमा चर्च एशिया महादेशका थुप्रै देशहरुमा स्थापित भएका थिए । ख्रीष्टको सुसमाचार भारत, चीन, तिब्बत, इन्डोनेसियासम्म फैलिएको थियो । पहिलो शताब्दीमा प्रेरित थोमाको सेवाबाट दक्षिण भारतमा मण्डली वा चर्चहरु शुरु भएका थिए । येशूको ज्योतिलाई युरोप वा अमेरिकाले अनुभव गर्नुभन्दा पहिले एशियाले गहिरोरुपमा अनुभव गरेको थियो ।

 

बिसौं र यस एक्काइसौं शताब्दीमा एशिया र अफ्रिकामा मण्डली वा चर्च तीब्र रुपमा वृद्धि भइरहेको छ । एकपल्ट साम्यवादको शिक्षाले प्रभावित पुर्वी युरोप र सोभियत संघबाट छुटि्टएका मुलुकहरुमा पनि चर्च तीब्ररुपमा वृद्धि भइरहेको छ । साम्यवादको सिद्धान्तलाई जोड दिई नास्तिकवादलाई मानव मगजमा फैलाउने रुसले अहिले बाइबल वितरण गर्ने अभियानलाई विशेष स्थान दिएको छ । उनीहरुले यही निष्कर्षनिकाले कि बाइबलले धर्मका कुराहरु मात्र नभएर मानव कसरी समाजमा एक अर्कासँगको मिलापमा जिउनुपर्छ र एक अर्कालाई कसरी क्षमा दिनुपर्छ भन्ने कुरालाई पनि प्रबलरुपमा सिकाउँछ । त्यसैले नैतिकरुपमा खस्केको रुसलाई बाइबलीय शिक्षाले आशा दिलाएको छ ।

यस्तै घटना चीन र दक्षिण कोरियासँग पनि छ । अहिले चीनमा सबैभन्दा ठूलो र धेरै बाइबल छाप्ने छापाखाना सञ्चालनमा छ । त्यस छापाखानामा ७५ भाषामा वर्षा १ करोड २० लाख बाइबलहरु छापिन्छन् । चीनमा दिनप्रतिदिन मण्डली वृद्धि भइरहेको छ । दक्षिण कोरियामा एउटा छापाखानामा हरेक दिन बीस हजारभन्दा बढी बाइबलहरु छापिन्छन् । बाइबलको माग दिन प्रतिदिन बढिरहेको छ । संसारका विभिन्न देशहरुमा बाइबललाई विधुतिय प्रणाली सहित विभिन्न तरीकाहरु प्रयोग गरी मानिसहरुकहाँ पुराउने प्रयास भइरहेको छ ।

 

यी सबै कुरा गर्नुको उद्देश्य सधैझैं आज पनि मानवजातिलाई मागदर्शन चाहिएको छ । जीवनमा व्यावहारिक मार्गदर्शन परमेश्वरको जीवित वचन बाइबलले मात्र दिनसक्छ । यो एक व्यावहारिक पुस्तक हो । यस ख्रीष्टमसको शुभ अवसरमा सम्पुर्ण मानवजातिलाई र विशेष गरी नेपाली दाजु भाइ तथा दिदी बहिनीहरुलाई मेरो विनम्र आग्रह छ कि बुद्धि प्राप्त गर्नका लागि र परिवारमा, समाजमा, र देशमा ठूलो मान्छे होइन तर असल मान्छे भएर कसरी जिउनु पर्ने हो भनी जान्न र व्यवहारमा लगाउनका लागि बाइबल पढ्नुहोस् । यसले तपाईंलाई जीवनको उद्देश्य बुझ्न र यसको महत्व थाहागरी र्सार्थक जीवन जिउनका लागि मद्दत गर्नेछ । येशूलाई विश्वास गर्न पाउनु भनेको हामीले गुमाएको अधिकारलाई पाउनु हो । हरेक मानवजाति परमेश्वरसँगको मिलापमा आएको उहाँ चाहनुहुन्छ । कुनै पनि मानवले आफ्नो कोशिशबाट मुक्ति पाउन सक्दैन, र उसलाई परमेश्वरबाटको दान चाहिन्छ र येशूले त्यो पूरा गर्नु भएको छ ।

नेपाल देशको वर्तमान् अवस्था दिनानुदिन विकराल हुँदै गएको छ र यस देशमा मिलाप र शान्तिको अपेक्षा सबैले गरिरहेका छन् । हालसाल भइरहेको नाकाबन्दीले नेपाल देशलाई घाएल बनाएको छ । यस किसिमको अवस्था घरिघरि आइरहन्छ र हामीले सामना गर्नुपर्ने हुन्छ । तर साँचो शान्ति र मिलाप जीवनको आन्तरिक परिवर्तनबाटमात्र आउँछ । त्यो साँचो आन्तरिक परिवर्तन परमेश्वरको शान्तिको सन्देशबाटबाहेक अरु कुनै पनि कुराबाट आउनसक्दैन । आज हाम्रो देश नेपाल निको हुनुपरेको छ । बदलाको भावनाबाट मुक्त भई क्षमा र स्वीकारको नदी बग्नुपर्छ । दुःख दिने व्यक्तिहरुलाई पनि क्षमा दिनुपर्छ । सबैको भलाई गर्नुपर्छ । इमान्दारिताको जीवन जिउनुपर्छ । सबै पर्वाग्रहहरुलाई त्यागी मिलापमा आउनुपर्छ । यसो गर्नसक्नका लागि मार्गदर्शन चाहिन्छ, अनि त्यो मार्गदर्शन परमेश्वरको जीवित वचन बाइबल नै हो । यस ख्रीष्टमसको अमुल्य उपहार तपाईंका लागि बाइबल ।

 

अन्त्यमा, येशू ख्रीष्ट गोराहरुका मात्र परमेश्वर हुनुहुन्न । गोराहरु बस्ने देशमा उहाँको प्रचार हुनुभन्दा पहिल्यै एशियाका देशहरुमा उहाँको प्रचार भई चर्चहरु शुरु भएका थिए । उहाँ एशियाली मुलका हुनुहुन्छ र उहाँ सारा विश्वका प्रभु हुनुहुन्छ । उहाँलाई र उहाँका सत्यताहरुलाई तपाईले स्वीकार गर्नुहुँदा तपाईंलाई कहिल्यै कुनै हानी हुनेछैन । आँट गर्नुहोस् । परमेश्वरको अनुग्रह तपाईंका लागि प्रशस्त छ । सन् २०१५ को ख्रीष्टमसको शुभकामना र साथै सन् २०१६ तपाईंका लागि आशिषमय र फलदायक बनोस् ।

 

 

(रेभ.डा.बाल कृष्ण शर्माले विभिन्‍न सेवाहरू प्रदान गर्दै आउनुभएको छ । उहाँले त्रिभुवन विश्‍वविद्यालयबाट अंग्रजी साहित्यमा एमए गर्नुभएको छ । उहाँले संयुक्त अधिराज्य बेलायतको वेल्स युनिभर्सिटीबाट सन् २०१० मा नेपालमा मृत्युसंस्कारः दहन, दफन, र ख्रीष्‍टियन पहिचान विषयमा विद्यावारिधि गर्नुभएको छ । उहाँले नेपालका प्रथम सम्माननीय राष्‍ट्रपति डा. रामवरण यादब ज्युका बाहुलीबाट सन् २०११ को सेप्टेम्बर महिनामा उहाँको विद्यावारिधि वा पिएचडी उपाधिको निम्ति सम्मानजनक शिक्षापदक र प्रमाणपत्र प्राप्‍त गर्नुभएको छ । उहाँ नेपाल पिएचडी एशोशियसनका आजीवन सदस्य हुनुहुन्छ र हाल उहाँ नेपाल थियोलोजिकल कलेजका प्रिन्सिपल हुनुहुन्छ । उहाँसँग यस लेख सम्बन्धि र अन्य विषयमा परमर्श, छलफल गर्नुपरेमा उहाँको इमेलमा सम्पर्क राख्‍नुहुन विनम्र अनुरोध गरिन्छ । उहाँको इमेल यस प्रकार छः balkrishnasharma60@gmail.com)

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In