• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, October 18, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

ख्रीष्टमस (बडा दिन): नयाँ युगको आरम्भ

by Peter Kamaleshwar Sing
December 27, 2015
in Articles
Peter Kamaleshwar Singh
Peter Kamaleshwar Singh
M.Sc., Ph.D., M.ASCE

डा. पीटर कमलेश्वर सिंह

 

परीचय

प्रत्येक वर्ष झैं यस वर्ष पनि ख्रिष्टमस आई पुग्यो। बहुप्रचलित शब्द ‘बडा दिन’ को रूपमा मनाइने प्रभु येशू ख्रीष्टको जन्मोत्सव दिसम्बर महीनाको २५ तारिखको दिन विश्वव्यापी रूपमा प्रसिद्ध छ। यसको व्यापकता र लोकप्रियताको कारण र आधार के हुन् जसले गर्दा प्राय: सबै देशका अधिकांश समुदायले ख्रिष्टमस मनाउने गर्दछन्? धेरै देशमा त अक्टूबर महीना देखिनै ख्रिष्टमसको रमझम आरम्भ भै हाल्छ। प्रभु येशूलाई विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि ख्रिष्टमस मनाउने गरेका भेटिन्छन्! यस सम्बन्धमा विभीन्न मानिसको सोच फरक फरक हुन सक्छ तर परमेश्वरको योजनामा ख्रिष्टमसको महत्व के हो, हामी त्यसमा मात्र आफ्नो विचार केन्द्रित राख्ने छौं।

सृष्टिको लागि परमेश्वरको योजना

मानिसको रूपमा कुनै पनि काम थाल्दा हामीले पूर्ण योजनावद्ध तरिकाले गर्न चाहन्छौं ताकि हाम्रो योजना समय भित्र, बजेट भित्र र चाहे अनुरूप, त्रुटि बिना, पूर्ण हुन सकोस्। तर यत्रो ब्रह्माण्डको उत्पत्ति अकस्मात् वा संयोगले भएको हो भनेर हामीले बिभीन्न सिद्धान्त प्रतिपादित भएको देख्छौं र ती सिद्धान्तमा अधिकांशले विश्वास पनि गर्छौं। तर त्यो सत्य हैन।

सत्य के हो भने परमेश्वरले सृष्टि गर्दा सबै काम योजनाबद्ध किसीमले गर्नु भयो। बाइबल धर्मशास्त्रको ‘उत्पत्ति’ भन्ने पुस्तकमा सृष्टिको वर्णन बडो विस्तारमा गरीएको छ। त्यहाँ उल्लेख गरिए अनुसार यस पृथ्वीमा मानिसको सुख सुविधाका सबै थोक सृष्टि गरीसके पछि परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनु भयो। मानिसलाई बनाउनु भन्दा पहिले परमेश्वरले मानिसको लागि यस सन्सारमा आवश्यक पर्ने सबै थोकको सृष्टि गरी सक्नु भएको थियो। यस सम्बन्धमा बाइबल धर्मशास्त्रमा यस प्रकारले उल्लेख गरीएको छ:

 

‘फेरि परमेश्‍वरले भन्‍नुभयो, “मानिसलाई आफ्‍नै स्‍वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं। तिनीहरूले समुद्रका माछाहरू, आकाशका पन्क्षीहरू, पालिने पशुहरू र जमिनमा चलहल गर्ने सबै जन्‍तुहरूमाथि अधिकार गरून्‌।” यसैकारण परमेश्‍वरले मानिसलाई आफ्‍नै स्‍वरूपमा सृष्‍टि गर्नुभयो।

परमेश्‍वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्‍टि गर्नुभयो। नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्‍टि गर्नुभयो’ (उत्पत्ति १:२६,२७)।

परमेश्वर अनादिकाल देखि अनन्तकाल सम्म (आरम्भ र अन्त न भएको) राज्य गर्ने परमेश्वर हुनु हुन्छ र मानिसलाई पनि उहाँले आफ्नै स्वरूपमा उहाँ जस्तै राज्य गर्नलाई बनाउनु भएको हो: पहिले यस पृथ्वीमा र पछि परमेश्वरको राज्यमा। कुनै योजनाको नक्शा बुझ्नु परेमा त्यसको डिजाइनरलाई सोध्नु पर्छ, किनभने डिजाइनरलाई त्यस योजना बारे सबै कुरा थाह हुन्छ, आफै अडकल गरेर हुँदैन। यस सृष्टिका सृष्टिकर्ताले आफ्नो योजनाको बेलि बिस्तार लक्ष्य सहित बाइबल धर्मशास्त्रमा आफ्ना दास अगमवक्ताहरू द्वारा वर्णन गर्न लगाउनु भएको छ। अब मानिसको रूपमा यो हाम्रो उत्तरदायित्व हो कि हामी आफ्नो लागि रहेको परमेश्वर को योजना थाह गरौं र त्यसमा सहभागि होऔं।

मानिसको यात्रा अविनाश तर्फ

मानिसको समस्या के हो भने हामीले परमेश्वरको योजना आफ्नै सिमीत समझ द्वारा बुझ्ने प्रयास गर्छौं, तर यो कदापि सम्भव छैन। पहिलो कारण – हाम्रो समझ समय र स्थानको बन्धनमा बाँधिएको छ, यसले अनन्तको कुरो ठम्याउन सक्दैन, जबकि परमेश्वर अनन्त हुनु हुन्छ र उहाँका योजना हरू अनन्त को लागि हुन्। दोश्रो कारण – हामीले शरीरको मृत्युलाई नै जीवनको अन्त ठान्छौं किन भने हाम्रो शरीरको आँखाले देखिने भन्दा पर (अनन्तमा) देख्न सक्दैन।

वास्तविकता के हो भने मानिस शरीर मात्र हैन, तर शरीर, प्राण र आत्माको संयुक्त (मिश्रित) व्यक्तित्व हो। यो हामीले बुझ्ने प्रयास नै न गरी आफूलाई शरीर र प्राण मात्र भएको प्राणी ठान्छौं। अर्को बिडम्बना के छ भने मानिसले आफू सित जन्मजात् पाप स्वभाव लिएर आएको छ। यो स्वभावले मानव जातिलाई पाप गर्न बाध्य पार्छ। हामी पापी मानिस भएको कारण बाध्य भएर पाप गर्छौं, पाप गरेको कारण पापी मानिस कहलिएको हैन। अब परमेश्वरको स्वरूपमा पूर्ण हुनाका लागि मानिसको अघि दुई गम्भीर समस्याहरू छन्: पहिलो- पाप बाट मुक्ति पाएर पाप स्वभाव बाट छुटकारा पाउने र दोश्रो- मृत्यु को अधीनताबाट छुटकारा पाउने। किन भने परमेश्वर पवित्र हुनु हुन्छ र परमेश्वर अनन्त या अविनाशी हुनु हुन्छ। यी दुवै समस्या बाट छुटकारा मुक्ति पाएर बल्ल मानिस परमेश्वरको स्वरुपमा पूर्ण हुन सक्छ।यो काम मानिसको आफ्नै क्षमताले नहुने भएकोले यसको लागि परमेश्वर स्वयम्ले व्यवस्था गरिदिनु भयो।

मानिस आफ्नो आमाको गर्भमा आएको समय भन्दा अघि देखिनै उसको लागि परमेश्वरको योजना अनुसारको कार्य भैरहेको हुन्छ। मानव जीवनमा कुनै घटना पनि संयोगको रुपमा घटित हुँदैन। मानिसको आमा बुवा, जन्म स्थान, सबै परिवेश र पृष्टभूमि परमेश्वरले पूर्वनिर्धारण गर्नु भए अनुसार नै हुन्छ। र गर्भधारण देखिनै मानिसको जीवन यात्रा परमेश्वरको योजना पूर्ण गर्ने उद्देश्य साथ अग्रसर हुन्छ। विश्व ईतिहासमा विभीन्न कालखण्डमा घटित विभीन्न घटनाहरू मध्ये कुनै घटना पनि परमेश्वरको अभिप्राय र योजना बिना घटित भएको हुन्दैन, कुरा यति मात्र हो कि सबै कुरा हामी बुझ्न सक्दैनौं र बुझ्न सम्भव पनि छैन।

यही क्रममा विश्व ईतिहासमा आज भन्दा दुई हजार वर्ष अघि परमेश्वरको योजनाको अर्को युगको आरम्भ गर्दै मानिसको रुप धारण गरेर प्रभु येशु यस सन्सारमा उद्धारकर्ताको रुपमा जन्म लिनु भयो। उहाँको जन्म संगै अनुग्रहको युग या मण्डलीको युग आरम्भ भयो। परमेश्वरको योजना अनुसारनै प्रभु येशु मानिस जातिको उद्धारको लागि क्रूसमा मर्नु भयो। यसले गर्दा अब मानिसले आफ्नो मुक्तिको लागि आफ्नो वा अरू कसैको वा कुनै पशुको बलि चढाउनु पर्दैन, प्रभु येशुले गर्नु भएको बलिदानले सम्पूर्ण मानव जातिको सबै पाप सधैंको लागि क्षमा गर्न सक्षम छ।

उद्धारको बहुआयामी प्रभाव

उद्धार वा मुक्ति भन्नाले आफ्नो पाप बाट क्षमा पाएर स्वर्ग जाने योग्यको हुनु मात्रै हैन। मुक्तिको यो एउटा महत्त्वपूर्ण फल हो तर यसको संग संगै मुक्तिले मानिसलाई उसको पाप स्वभावलाई निर्मूल पार्न पनि शक्ति दिन्छ। यसैकारण मानिसको लागि यस संसारमा तोकिएको उमेर सम्म जीवन यापन गर्न आवश्यक छ। पाप क्षमा प्रभु येशूमा विश्वास गर्दा एकै क्षिणमा प्रप्त हुन्छ भने पाप स्वभावलाई निर्मूल पार्न सम्पूर्ण जीवन को समय, समर्पण र आग्याकारिता अवश्यक पर्छ।

ईतिहासमा प्रभु येशूको आगमन भए जस्तै मानिसको व्यक्तिगत जीवनमा पनि विश्वास द्वारा मानिसको हृदय भित्र येशूको आगमन आवश्क छ। यो घटना द्वारा र यसको साथ साथै मानिसको आत्मिक यात्रा आरम्भ हुन्छ। विश्वासले उद्धार प्राप्त गरे पछि समर्पण र आग्याकारिता द्वारा परमेश्वर द्वारा निर्धारित योजना पूर्ण गर्ने दिशामा मानिस अग्रसर हुन्छ।

शरीर, प्राण र आत्माको संयुक्त मिश्रण भएको मानिस प्रभु येशूमा विश्वास गर्दा पाप बाट मुक्ति या उद्धार प्राप्त गर्छ। यसको फलस्वरुप त्रिएक व्यक्तित्व मध्ये बाट मानिसको आत्माले पाप को बन्धन बाट स्वतन्त्रता पाउँछ। व्यक्तित्वको दोश्रो भाग अर्थात् मानिसको प्राणको उद्धारको प्रकृया जीवन पर्यन्त चली रहन्छ जुन उद्धार प्राप्ति पछिको पवित्र जीवन शैली, येशूको स्वभावको विकाश अर्थात् पवित्र आत्माका फलहरू फलाउने प्रयास, प्रार्थना, सङ्गति, शिक्षा र प्रभु भोजमा नियमिततामा निर्भर गर्छ। यो बाइबल को भाषामा परमेश्वरको योजना अनुसार येशूको स्वरूपमा परिवर्तन हुँदै जाने हो। अन्तमा समय पूर्ण भए पछि माटो को शरीर माटोमा जाने हो, तर विश्वास द्वारा अनन्त जीवन प्राप्त व्यक्तिको जीवन मृत्यु पारि पुग्छ, मृत्यु संगै समाप्ति हुँदैन।

शरीरको उद्धार

परमेश्वरको अनन्त योजनामा सहभागि हुनका लागि मानिसले आफ्नो तर्फ बाट गर्नुपर्ने योगदानको धेरै महत्व छ। प्रभु येशूले क्रूसको मृत्यु द्वारा मानिसको उद्धारको काम पूर्ण गरिदिनु भएको छ तर मानिसले आफ्नो पाप बाट पश्चाताप गरेर प्रभु येशूमाथि विश्वास गरेर उहाँलाई आफ्नो उद्धारकर्ता स्वीकार गर्दा उद्धार पाउँछ। यो उद्धार आत्माको हुन्छ। जीवन पर्यन्त पवित्र आत्माको भरपूरीमा शिक्षा, सङ्गति, प्रभु भोज र प्रार्थना मा विश्वास योग्य जीवन यापन गर्दा प्रभु येशूको स्वरूपमा परिवर्तन हुँदै प्राणको उद्धारको प्रकृया न जानिंदो किसीमले बढ्दै गैरहेको हुन्छ। यस क्रममा व्यक्तिगत समर्पण र आग्याकारिताले अत्यन्त महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ।

शरीरको मृत्यु मानव जीवनको अन्त हैन। यो त परमेश्वरको योजनाको नजीकै पुगेको आभास मात्रै हो। मृत्युमा के हुन्छ त? यस शरीरको मृत्यु यसको सृष्टिकर्तालेनै निधारण गर्नु भएको छ। यसको आधारभूत कारण के हो भने परमेश्वरको स्वरूपमा बानाइएको मानिसको त्रिएक व्यक्तित्वमा उद्धार प्राप्त गरे पछि आत्माले पवित्र आत्मा (परमेश्वर) सित वार्तालाप गर्न सक्छ, प्राणले अनुशासित आत्मिक जीवनको अभ्यास द्वारा पवित्र आत्माका फलहरू वा येशूको स्वभावको प्रदर्शनमा अग्रसर हुँदै उहाँको स्वरुपमा बनिंदै गएको हुन्छ। बाकी रहेको शरीर मात्र आफ्नो कमजोर अवस्थाले गर्दा परमेश्वरको उपस्थितिको महिमित तेज सह्न सक्दैन। यसकारण मानिसको लागि परमेश्वरको उपस्थितिमा रह्नको लागि अर्कै शरीर – अविनाशी अथवा स्वर्गीय शरीरको व्यवस्था गरीएकोछ। यसको वर्णन गर्दै लेखिएको छ,

 

“अब भाइ हो, म तिमीहरूलाई यो भन्‍दछु, मासु र रगत स्‍वर्गका राज्‍यको हकदार हुन सक्‍दैन, न त विनाश अविनाशको हकदार हुन सक्‍छ। हेर, म तिमीहरूलाई एउटा रहस्‍य भन्‍दछु, हामी सबै सुत्‍दैनौं, तर हामी सबैको परिवर्तन हुनेछ, एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको आखिरी आवाजमा। किनभने, तुरही बज्‍नेछ, र मृतकहरू अविनाशी भएर जीवित हुनेछन्‌। अनि हाम्रोचाहिँ परिवर्तन हुनेछ। किनकि यस विनाशी स्‍वभावले अविनाशी, र यस मरणशील शरीरले अमरत्‍व धारण गर्नुपर्छ। जब विनाशीले अविनाशी र मरणशीलले अमरत्‍व धारण गर्छ, तब लेखिएको त्‍यो वचन पूरा हुनेछ, “मृत्‍यु विजयमा निलिएको छ।(१कोरिन्थी १५:५०-५४)”

योजनाको पूर्णता

कुनै पनि योजना जुन लक्ष्य प्राप्तिको लागि आरम्भ गरीएको हुन्छ, त्यो प्राप्त भए पछि त्यसको समाप्ति पनि हुन्छ। यस सृष्टिको अवस्था पनि त्यस्तै छ। यसको लक्ष्य या उद्देश्य मानिसलाई परमेश्वरको स्वरूपमा बनाउनेहो। वर्तमान् मा त्यो काम प्रगतिमा छ। येशूको आगमन् संगै यस योजनामा नयाँ अध्याय आरम्भ भएको छ। अब येशूमा विश्वास गरेर मानव जातिले पाप बाट मुक्ति पाई येशूको स्वरूप सम्म पुग्न सम्भव भएको छ।

अब अर्को अध्याय आरम्भको बाटो सृष्टिले पर्खी रहेको छ। त्यो अध्याय हो यस पृथ्वीमा परमेश्वरको राज्यको आरम्भ। येशूको पहिलो आगमनले अनुग्रहको युग आरम्भ गरेको जस्तै उहाँको दोश्रो आगमनले परमेश्वरको राज्यको युग आरम्भ हुने छ। यो एक हजार वर्ष सम्मको हुने छ र यसमा येशूमा विश्वास गरी उद्धार पाएका र उनको स्वरूपमा पूर्ण भएका हरेकले राज्य गर्ने छन्।

त्यो एक हजार वर्षको राज्य धार्मिकताको राज्य हुनेछ। त्यसको समाप्तिको केही वर्ष पछि यस योजना अर्थात् सृष्टिको अन्त वा समाप्ति हुनेछ। किन भने परमेश्वरले अर्कै स्वर्ग र अर्कै पृथ्वी स्थापित गर्नु हुनेछ। दुष्ट, दुष्टता र मृत्यु सबैको अन्त हुनेछ। परमेश्वरको योजनाको पूर्णता हुनेछ र हामी सबै सधैंभरिको लागि उहाँ संग रहने छौं। यस सम्बन्धमा बाइबल धर्मशास्त्रले भन्छ, ‘तब तिनले मलाई स्‍फटिकजस्‍तै चहकिलो जीवनका पानीको नदी देखाए। त्‍यो नदी परमेश्‍वरको र थुमाको सिंहासनबाट निस्‍की त्‍यस सहरका सड़कको बीचबाट बगिरहेको थियो। त्‍यस नदीका किनारमा जीवनको वृक्ष थियो, जसले हरेक महिना बाह्रै किसिमका फलहरू दिइरहन्‍थ्‍यो। त्‍यसका पातहरूचाहिँ जाति-जातिहरूलाई निको पार्नका निम्‍ति थिए। अबदेखि उसो त्‍यहाँ कहिल्‍यै सराप हुनेछैन। परमेश्‍वर र थुमाको सिंहासन त्‍यहाँ हुनेछ, र उहाँका दासहरूले उहाँको आराधना गर्नेछन्‌। तिनीहरूले उहाँको मुहार देख्‍नेछन्‌, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ। त्‍यहाँ फेरि रात हुनेछैन, तिनीहरूलाई बत्ती वा घामको उज्‍यालो चाहिनेछैन, किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूको उज्‍यालो हुनुहुनेछ, र तिनीहरूले सदासर्वदै राज्‍य गर्नेछन्‌ (प्रकाश २२:१-५)।‘

विश्व ईतिहासमा ख्रीष्टमस परमेश्वरको योजना पूरा गर्ने क्रममा अतिनै महत्वपूर्ण घटना भएको कारणले पनि यस लाई बडा दिन वा महान् दिन भनिन्छ। मेरो हार्दिक कामना यही छ कि प्रत्येक पाठकले सत्यलाई खोज्ने र भेट्टाउने प्रेरणा पाउनु हुनेछ।

 

 

Related Posts

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025
Dr. B P Khanal

चर्चका लागि स्थापना गरिने गुठीः निजी कि सार्वजनिक?

May 14, 2025
Dr. B P Khanal

राष्ट्रिय राजनीतिमा नयाँ बिहानी: जनअपेक्षा, चुनौती र सम्भावनाहरू

April 13, 2025

Discussion about this post

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

October 13, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In