के गरीब iPod हो र सबैले किन्ने?

[ 9 ] July 24, 2013 |
N D Lama

एन. डी. लामा, आशा चर्च (पास्टर) लुइभील, केन्टुक्की

कतिपय मानिसहरूले इसाइ मतलाई पैसाको आरोप लगाउँछन्। “गरीबलाई बेचेर” जस्ता लान्छानाहरू लगाउँछन्। के गरीव पनि बेच्ने चीज हो र? के गरीब iPod हो र सबैले खोजी खोजी किन्ने? गरीबलाई किनेर कहाँ बेच्न जाने? वास्तव मै भन्ने हो भने गरीबलाई किन्ने बस्तुसँग दाज्न मिल्दैन। तर पनि मैले माने कि गरीब बेच्ने चीज हो, अब भन्नुहोस्  विकसित मुलुक के गरीबलाई किन्छ? विकसित मुलुकहरूले त कि पढेलेखेको बुद्धिजीविहरू किन्छन् कि काम गर्ने सक्ने बलीयाहरूलाई किन्छन्। गरीबलाई कसले किन्छ? गरीबलाई वास्ता गरेको त केवल मानवताको नाताले हो। आज पनि हिटलर र चाल्स डार्विन जिउँदै भएको भए गरीबहरूलाई स्वहा पार्थे। तर खुशीको कुरा मानिसले अझै मानवता विर्सेको छैन र ती दुईजना व्यक्तिहरू पनि हाम्रो माझमा छैनन्। त्यसैले नै विकसित मुलुकहरूले गरीब मुलुकहरूलाई हेर्न पनि छोडेका छैनन्। गौरवको गीत मात्र गाएर बसेर हाम्रा सडकहरू बनेका हुन् र? हाम्रा असपतालहरू खोलिएका हुन् र? के तपाईले नेपालका प्रारम्भिक स्कुल, असपताल, सडकहरू कसले बनाएका हुन् भनी अध्ययन गर्नुभएको छ?

गरीबको काँध चढ्नु र गरीबलाई काँध हाल्नु दुइफरक कुरा हुन्। काँध चढ्नु भनेको गरीबको पक्षमा बोलेर आफू सुःखमा पुग्नु अनि काँध हाल्नुभनेको गरीबको दुःखहरू बाँडी चुडी लिनु। के मानवताको हिसावले विकसित मुलुकहरूले आफ्नो जनताको करबाट विकासोन्मुख मुलुकलाई दान दिएको, तपाईलाई किनबेच जस्तो लाग्छ? के तपाईलाई, उनीहरूले हाम्रो दुःखहरूमा काँध हालेको जस्तो लाग्दैन? हामीले लिने विभिन्न रोग विरूद्धका खोप र क्यापसुलहरू जुटाउन ती विकसीत देश र जनतासँग पैसाको बोट छ र? के अफ्रिकाको गरीबी तथा एड्स टोनी ब्लेयरलाई काम लाग्ने भएर ती कुराहरू उनमुलनकोलागि आफ्नो पसीना र पैसा खर्च गरेका हुन् र? के रूआन्डाको गरीबलाई रिक वारेनले सहायता गरेको उनीहरूको काँध चढ्नलाई हो र? के विकसित मुलुकका चर्चहरूले पाटन असपताल, हरियो खर्क असपताल, आँपपिपल अस्पताल, आनन्दवन अस्पताल, टिम अस्पताल (अरू धेरै) खोलेको गरीबको काँधमा काँध हाल्नलाई होइन र?

गरीबी त हाम्रो साझा समस्या हो। गरीबी समाजको रोग हो। यसको उनमुलन हाम्रो उद्देश्य हो। गरीबी नभएकोभए हाम्रो बुवाहरूले आफ्नो भवीस्यको कर्णधारलाई दिइनु पर्ने अमुल्य समय साउदा गरेर अरवी मुलुक र दक्षिण कोरियामा विताउनु पर्दैन थियो। अनि गरीबी उनमुलनमा आज सबैभन्दा बढी सक्रिय भएर उभिएको संस्था चर्च हो। अनि चर्चले पुराएका योगदानलाई किनबेच भनी बुझ्नुहुन्छ?  बलिया पाखुराहरू गुफामा र डाँडाको टुप्पा तपस्या गरी बस्नुको सट्टा खनजोत गर्नमा, बाटो पुल बनाउनमा लगाए पो गरीबी हट्छ। लिङ्गको पूजा छोडेर आफ्नो सृष्टिकर्तालाई पूजा गरे पो हाम्रो दिमाग सप्रिन्छ। गरीबी उनमुलनमा हामी पछाडि पर्नु एउटा सत्यचाहिँ हाम्रो जस्तो कुन्ठित मानसिकता होइन र? जे पनि पैसासँग दाज्ने। अनि गरीबीले हाम्रो जीवनमा ल्याएका असरहरूलाई बोक्सा र बोक्सीका नामले न्वारण गर्ने? हामी अलि बढी नै मुर्ख भएनौ र?

हजुर, हाम्रो अघि हामीसँग धेरै छनौटहरू छैन कि हामीले आफैलाई मिठो बनाउन सक्छौं, कि तितो। तितो बन्न निहु (नकारात्मक कुरामा मन लगाउनु) खोज्नुपर्छ। मिठो हुन घिऊँ (सकारात्मक कुरामा मन लगाउनु) खोज्नुपर्छ। हामी अब घिऊँ खोज्न तिर लागौँ, निहुँ खोज्न होइन। हाम्रो विगत हाम्रो भवीस्य होइन। हामी विगतका तिक्तताहरूको दास भएर बस्नु पनि पर्दैन। तपाई र ममा भलो विचार पलाओस् र जगतलाई भलो देख्न सकौँ। यहाँहरूको दिन सुभ रहोस्।

Facebook Comments

Category: Socio-political