विश्वमा ३१ करोड इसाईहरू उत्पीडित: ओपन डोर्स इन्टरनेसनल

[ 0 ] January 20, 2020 |

विश्वमा ३१ करोड इसाईहरू उत्पीडित

विश्वका सबैभन्दा बढी सतावटा र हिंसा हुने ५० राष्ट्रमा २६ करोड क्रिश्चियनहरू प्रताडित छन्, भने बाँकी २३ वटा राष्ट्रमा समेत सतावटमा परेकाहरूको संख्या जोड्दा यो ३१ करोड हुन आउँछ । यसरी इतिहासमै सबैभन्दा बढी संख्यामा इसाईहरू सतावटको सामना गरिरहेको तथ्य ओपन डोर्स इन्टरनेसनलले भर्खरै सार्वजनिक गरेको छ ।

यस सूचीमा लगातार १९ वर्षदेखि उ. कोरिया शीर्षस्थानमा रहिआएको छ । अगिल्लो सालको सूचीमै रहेका राष्ट्रहरू नै यसपटक पनि यो सूचीमा रहेका छन् ।

ओपन डोर्सले ६ वटा क्षेत्रमा विस्तृत रूपमा धरातलीय यथार्थमा अध्ययन अनुसन्धान गरी यो सूची तयार पर्ने गर्दछ । ती क्षेत्र भनेकाः निजी जीवन, पारिवारिक जीवन, सामुदायिक जीवन, राष्ट्रिय जीवन, र चर्चमा इसाईहरूलाई आफ्नो विश्वासअनुसार जिउन कत्तिको स्वतन्त्रता छ, अनि हिंसाको सन्दर्भमा केकस्तो वा कुन तीव्रता गम्भीरताको स्तरमा हिंसा आक्रमण, सीमान्तकरण छ भन्ने हुन् ।
यसका अनुसन्धानका विधि र परिणामहरूलाई International Institute for Religious Freedom (IIRF) द्वारा स्वतन्त्र रूपमा परीक्षण र प्रमाणित गरिन्छ, यसकारण यसको विश्वसनीयता अत्यन्तै भरपर्दो हुनाले अमेरिकी विदेश विभागद्वारा धार्मिक स्वतन्त्रताको अनुगमन गर्न यही तथ्यांकलाई प्रयोग गरिन्छ ।
थप समाचारका लागि, कृपया यहाँ थिच्नुहोस्ः https://adhikpost.com/2020/01/20

Facebook Comments

Category: Religious Freedom, world


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4