‘क्रिसमस डे’ र ‘जनवरी १’ किन महत्त्वपूर्ण?

[ 0 ] January 2, 2020 |

क्रिसमस तथा नयाँ वर्ष २०२० को हार्दिक शुभकामना !

आज हामी इस्वी संवत् २०१९ को अन्तिम दिन अर्थात् ३१ डिसेम्बरको रातको समयमा छौँ, जसलाई हामी New Year Eve भन्दछौँ र भोलिबाट ग्रेगोरियन क्यालेन्डरअनुसार नयाँ वर्ष २०२० सुरु हुने छ । इस्वी सम्वत्अनुसार हरेक वर्ष डिसेम्बर २५ लाई “क्रिसमस डे” र जनवरी १ लाई नयाँ वर्ष भन्ने र मान्ने प्रचलन छ । यी दुवै दिनलाई संसारभरि विशेष दिनको रूपमा मान्यता दिई एक उत्सवको रूपमा मनाउने गरिन्छ । “सन् अर्थात् इस्वी संवत्” को आफ्नै लामो इतिहास छ, जसअनुसार संसारका अधिकांश देशहरू चल्दछन् । संसारका केही देशहरू जस्तै : अफगानस्थान र इरानमा ‘सोलार हिजरी क्यालेन्डर’, इथियोपियामा ‘इथिओपियन क्यालेन्डर’ र नेपालमा ‘विक्रम संवत्’ को प्रचलन छन् भने अन्य देशहरूमा इस्वी संवत् चलनचल्तीमा रहेको पाइन्छ ।
“विक्रम संवत्”, “इस्वी संवत्” भन्दा जेठो संवत् हो । यो तत्कालीन राजस्थानी शासक विक्रम आदित्यले इ.पू. ५७ मा सुरु गरेका थिए । नेपालमा राणा शासकहरूले इस्वी संवत् १९००१ मा “विक्रम संवत्” लाई तत्कालीन सरकारको “आधिकारिक संवत्” का रूपमा लागू गरेका थिए ।

केही देशहरूमा ग्रेगोरियन क्यालेन्डरका अतिरिक्त आफ्नै देशका क्यालेन्डरहरू पनि चलनचल्तीमा छन्, ती देश तथा क्यालेन्डरहरू हुन् – बङ्गलादेशमा ‘बङ्ला क्यालेन्डर’, भारतमा ‘भारतीय राष्ट्रिय क्यालेन्डर’ र इस्राएलमा ‘हिब्रु क्यालेन्डर’ । कति देशहरू जस्तै : ताइवानमा ‘मिङ्गुअ क्यालेन्डर’, थाइल्यान्डमा ‘थाई सोलार क्यालेन्डर’, उत्तर कोरियामा ‘उत्तर कोरियन क्यालेन्डर’ र जापानमा ‘जापनी क्यालेन्डर’ चलनचल्तीमा छन् तर यी क्यालेन्डरहरू ग्रेगोरियन क्यालेन्डरका संशोधित रूपहरू हुन् । एउटा अचम्म लाग्दो कुरा, इस्वी संवत् अर्थात् A. D. (Anno Domini) लाई ल्याटिन भाषामा हाम्रा परमप्रभुको वर्ष भनेर बुझिन्छ । अर्को अचम्म लाग्दो कुरा, क्रिसमस जुन वारमा पर्छ, नयाँ वर्ष पनि त्यही वारमा पर्दछ । अहिले हामी यी दुई विशेष उत्सवको सुखद क्षणमा छौँ र सम्पूर्ण क्रिश्चियन समुदाय लगायत सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई ख्रीष्टजन्मोत्सव २०१९ तथा नया“ वर्ष २०२० हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पास्टर शेर ए.सी. तथा परिवार
इमाडोल, ललितपुर, नेपाल ।

Facebook Comments

Category: Articles


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4