तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न

[ 0 ] September 12, 2018 |

प्रकाश बिसी,
ललितपुर- २५ भदौ। प्रयास नेपालको आयोजनामा तीन दिने आर्थिक व्यवस्थापन तालिम सम्पन्न भएको छ ।
ललितपुरको नख्खुमा भदौ २४ गतेबाट शुरु भएको तीन दिने आर्थिक व्यवस्थापन र मण्डलीको लेखा सम्बन्धी तालिम आज(मंगलबार) सम्पन्न भएको हो । तीन दिने आर्थिक व्यवस्थापन सम्बन्धी आधारभूत तालिममा प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान नेपाली र एल्डर सुरज शाक्यले सहजिकरण गर्नुभएको थियो ।
पास्टर चन्द्रमान नेपालीले सम्रग व्यवस्थापन र आर्थिक व्यवस्थापन सम्बन्धी बाइबलीय सिद्धान्तकाबारे सिकाउनु भएको थियो । यसका अलावा आफूलाई बाइबल अनुसार कसरी व्यवस्थित बनाउने, आफ्नो धनको व्यवस्थापनबारे बाइबलीय दृष्टिकोणबारे शिक्षा दिनुभएको थियो ।
एल्डर सुरज शाक्यले आर्थिक व्यवस्थापन र यसको आवश्यकता बारे सिकाउनुभएको थियो । मण्डली वा संस्थामा लेखाको आवश्यकता र महत्व, आर्थिक नियमावलीको निमार्ण कसरी गर्ने, लेखा राखने तरिका, बजेट निमार्ण, बजेट तयार गर्ने तरिका, आर्थिक प्रतिवेदनको तयारी तीन दिने तालिमको मूख्य आकर्षण थियो ।
तालिममा आय व्यय भौचर÷विवरण तयार गर्ने तरिका, लेजरमा काम गर्ने तरिका लगायत हिसाव किताब कसरी व्यवस्थीत र पारदर्शी तरिकाले राख्नेबारे प्रयोगात्मक कक्षा समेत सञ्चालन गरिएको थियो ।
नेपाली मण्डलीहरुमा देखिएको आर्थिक व्यवस्थापनको कमजोरीलाई मध्यनजर गर्दै उक्त आधारमुत तालिमको आयोजना गरिएको प्रयास नेपालका संस्थापक निर्देशक पास्टर चन्द्रमान नेपालीले बताउनुभयो । तालिममा विभिन्न चर्चबाट १२ जना प्रशिक्षार्थीहरु सहभागि थिए । प्रशिक्षार्थीहरुलाई संस्थाकी अध्यक्ष विणा थुलुङले प्रमाण–पत्र हस्तान्तरण गर्नुभयो ।

Facebook Comments

Category: News & Events