२ दिने तालिम सुरु

[ 0 ] February 20, 2017 |
Niroj Tolange

         Niroj Tolange

निरोज तोलाङे फागुन ९,०७३ । ललितपुर, आज

प्रसुन प्रेरितीय मण्डली ललितपुरको बागडोलमा करिब २५ जना मण्डली स्थापनाका अभियान्ताहरुको २ दिने तालिम आज देखि सुरु भएको छ । उक्त तालिम गाउँ—गाउँमा, टोल—टोलमा र घर—घरमा मण्डली स्थापना गर्नको लागि विगतका समयमा १२५ जनालाई दिएको तालिमलाई निरन्तरता दिनको लागि करिब २५ जना अगुवाहरुको तालिम टिच फर ट्रेर्नसको तालिम आयोजना गरिएको हो । सो तालिममा पुर्व मेचि देखि पश्चिम महाकाली सम्मका २५ जना मण्डली स्थापकहरु र उनीहरुको अभियानमा स्थापित भएका १२० जना मण्डली स्थापकहरुको गुणात्मक वृद्धि गर्ने गरी तालिम आयोजना गरिएको छ । उक्त तालिमले नेपालभरि मण्डली स्थापनाको काम गर्ने कुरा आयोजक समितिले हामीलाई बताउनुभयो ।

Facebook Comments

Category: News & Events