khupen sunuwar

khupen sunuwar

Khupen Sunuwar is a poet, Lyricist, music composer, writer and record producer. Born on 14th of march late 1980’s in small village of Ramechhap Nepal. He’s a husband of Mrs Sharmila and father to Kairos Sunuwar forthwith his entire family in London. Presently the member of two local churches United Nepali Revival Church, Wembley and Praise Harvest Community Church, Tottenham.

Facebook

लाओडिसिया (कविता)

[ 0 ] October 20, 2020 |
लाओडिसिया (कविता)

प्रिय लाओडिसीया तिमीलाई न्यानो अभिवादन तिम्रो विगतको वैभवशाली प्राचिन इतिहास आजको वर्तमान एक्लिसिया दुरूस्त दस्तावेज भको छ तिम्रो शहरका आँखाहरूलाई तिम्रो भाईका हातहरूको दरोकार पर्दा तिम्रो शहरका शिरहरूले तिम्रो भाईका खुट्टाहरूलाई ईन्कार गरेका छन् तिम्रो शहरको सँघारमा घाम डुव्दैन तिम्रो शहरमा भोका नाँगा निमुखा हुँदैन यसैकारण हुनुपर्छ अभिमानी रथ हाँकेर तिम्रो शहर समृद्धिको बाटोमा आडम्बरले छाती फुलाउछ प्रिय लाओडिसिया..!! तिम्रो शहरको बाटो बाट बग्ने मनतातो पानी जस्तै अप्रिय, उराठ, उदास, अस्वस्थ भको छ एक्लिसीया तिम्रो शहरको व्यथा, व्यथिती र कथा जस्तै भौतीक सफलताको झुठो प्रभावमा फसेको छ एक्लिसिया तर व्यवस्था विपरीत तिम्रो विरूद्ध रहेको तमसुक त्यसका सबै सबै कानुनी दाबीहरू कलवरीको क्रुसमा किला ठोकी रद्ध गरिदिनुहुने जिवीत येशु हाम्रो ह्रदयको मुल ढोकामा उभिएर फेरी भन्‍नुहुन्छ; जिवित पानिको स्वच्छ मुहान म नै हुँ

Read More

चुपचाप एकान्तमा (गजल)

[ 0 ] September 22, 2020 |
चुपचाप एकान्तमा (गजल)

चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन जिन्दगिको सारा भुलहरू सम्झेर पछुताउनु पर्दैन चुपचाप एकान्तमा आँशु लुकाउनु पर्दैन….. धन्य हो त्यो मानिस, जो हिड्छ धार्मिकताको मार्गमा धन्य हो त्यो मानिस, जो हिड्छ परमेश्वरसित साथमा धन्य हो त्यो मानिस, जो हिड्छ निर्दोषहरूको बातमा रसिला उस्का आँखाले रातदिन पानी बगाउनु पर्दैन चुपचाप एकान्तमा आँशु […]

Read More

विलाप

[ 0 ] July 9, 2020 |
विलाप

एउटा फुल बतासले नछुई भुईमा खसेछ एउटा जुन बादललाई नसोधी नदिमा बगेछ एउटा धुन हावासँगै आकाशमा हराएछ एउटा गित सुर्यसँगै डाँडापारी अस्ताएछ आँसुको दहमा डुवे होला कँयौ सपनाका गितहरू ह्रदयको गहमा भिजे होला कँयौ विहानका शितहरू पिपलको पहेलो पातझैँ सुकिजाने जोवनको के कुरा ? मैदानको लिली फुलझैँ झरिजाने यौवनको झन के कुरा ? एक थुप्रो […]

Read More

भक्तिको स्खलन ( हाईकु शैलीमा कविता )

[ 0 ] June 23, 2020 |
भक्तिको स्खलन ( हाईकु शैलीमा कविता )

गुलियो पाप मुखैमा मृत्युले ढुकेको मुक्ती अपहरण चुनको वस्त्रले सजेका धर्म गुरूहरू मनभित्र चै कालो सुनको मुर्ती साटेर सृष्टीकर्तालाई नगर व्यविचार भोको पेटमा आकाशबाट मन्न तर आत्मा असन्तुष्ट जिवन रोटी अमुल्य मोती तर कठै सुँगुरहरू आँखामा आँशु ह्रदयमा पत्थर गोहीको पश्चाताप भेटी दशाँस नचढाउ वेदीमा घाम डुवेपछी अन्धो उपवास उपदेश मन्दिरभीत्र भिखारीलाई बेवास्ता मगजमा वचन […]

Read More

अवास्तविक अनुहार

[ 0 ] June 17, 2020 |
अवास्तविक अनुहार

म कोरीरहेको छु धमीलिदै गएको चित्र अवास्तिवक अनुहारको प्रतिविम्ब दोहोरो चरित्रको सिफारिस पत्र र झुठो हस्ताक्षर उ आफैमा भ्रमको प्रतिक हो जो नभएको जस्तो अभिनय गर्छ अरूबाट प्रशँसाको अपेक्षा राख्छ अभिमानको टुप्पा चढेर नम्रताको पाठ हाक्छ वास्तवमा उ अवास्तविक अनुहारको प्रतिविम्ब हो उ भक्तीको भेष ओडेर शक्ती र महिमाको सिँहासनमा बस्छ भित्री हर्दयमा जिजिबेलको मुर्ती […]

Read More


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4