इसाई गीत
इसाई गीत
हाँस्दै खेल्दै रमाओ सबै खुशी मनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले
दुःख कष्ट सबैलाई बाँच्दा संसारमा
अनन्त जीवन छ है हजूर येशू प्रभुमा
कहाँ मिल्छ मुक्ति यहाँ सम्पत्ति र धनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले
जिन्दगीको अर्थ कहाँ हिंडदा निराशामा
सबले चालौं कदम अघि ख्रीष्टको आशामा
कहाँ हुन्छ जिउनु पापमा ख्रीष्टको जनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले
किन हिंडनु लक्ष्यहीन बिराई सत्य बाटो
येशू ख्रीष्ट मरे क्रुसमा सबको पापको साटो
कहाँ मिल्छ उद्वार शान्ति जिउँदा पापी पनले
यो जीवन उज्यालो छ ख्रीष्टको प्रेमले
रेशम कुमार सुनुवार
Facebook Comments
Category: Poetry