• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Wednesday, January 7, 2026
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

  मेरो इच्छा, मेरो खुशी, मेरो योजना कि ….?

by Aadaan Pradaan
June 8, 2015
in Articles

 

प्रभुको चाहना आदानहामीलाई असल राम्रो सिद्ध इच्छातिर डोर्‍याउनु नै हो । विना आशा, विना उद्देश्य उहाँका कुनै छोरी र छोरो अधमरो अवस्थामा यो संसारमा बाँच्नु पर्दैन । म राजाहरूका राजा, महान राजा मसिहाको सन्तान हुँ भन्ने विचारमा हामी विहान उठ्नुपर्छ, बेलुकी ढल्कनुपर्छ र दिनभरि तेसरी बाँच्नुपर्छ। तर हामी पनि यस संसारको ढाँचामा चल्न चाहन्छौं भने त के फरक पर्‍यो ?

 

“आ–आफ्ना शरीरलाई जिउँदो बलिको रूपमा अर्पण गर । यस संसारको ढाँचामा नचल तर आफ्नो मनमा नयाँ भई पूर्ण रूपले परिवर्तित होओ, र परमेश्वरका असल ग्रहणयोग्य र सिद्ध इच्छा के हो त्यो तिमीहरूले जाँच्न सक ।” रोमी १२:१,२

बाइबल किनेको, बाइबल बोकेको, बाइबल पढेको, बाइबल सुनेको के फाइदा भो ? विचारको ढाँचा, बोलीको ढाँचा, अन्धविश्वासको नकल, ज्योतिषि हेराउने, पत्याउने, हात देखाउने, राशी फलबाट फल खोज्ने ? यी सबबाट धेरै माथि उच्च स्थान, स्वर्गीय स्थानमा येशू तपाई र मलाई बोलाउनुहुन्छ । पर्खनुहुन्छ । यस संसारको ढाँचा होइन ।

“माथिका कुराहरूको खोजी गर, जहाँ ख्रीष्ट हुनुहुन्छ, माथिका कुराहरूमा मन लगाओ (कलस्सी ३:१,२)।” यो सब शरीरबाट सुरु हुन्छ । शरीरलाई जिउँदो बलिदानमा चढाउनुपर्छ ।
“बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दैछु ….”
यशैया ४३:१८,१९ बाट प्रभुको पवित्रात्मा हामीसँग बोल्न चाहनुहुन्छ । हामीहरू बितेका परिस्थिति, पुरानो घटना, नौलो दूर्घटनामा नै वास बस्यौं, विचार र विवेकलाई तेसकै वरिपरि घुमाइरहन चाहन्छौं भने आफैलाई नोक्सानी गर्छौं । यो सब शरीरबाट सुरु हुन्छ ।

गिरेको, लडेको, तहसनहस भएकोलाई मुसार्नु र कोट्याउनु, कुरा झिक्नु र कथा बताउनु किन सजिलो छ ? किन भने त्यो हाम्रो निम्ति परिचित कुरो हो, भोगेको र जानेको, परिचित ।  तर परमप्रभु भन्नुहुन्छ, “म एउटा नयाँ कुरा गर्दैछु” । मैले छान्नुपर्छ अनि तपाईले पनि पक्का निर्णय गर्नुपर्छ, पछि फर्केर हेरौं र त्यसैमा डुबिरहूँ कि नौलो आशिष र नयाँ घुम्तितिर उहाँलाई विश्वास गरेर अघिल्तिर बढूँ । यो सब शरीरबाट सुरु हुन्छ ।

“परमप्रभुको प्रतीक्षा गर । बलिया होऊ, र तिम्रो हृदय साहसिलो होस् र परमप्रभुकै प्रतीक्षा गर । भजन २७:१४ ।”

म केको प्रतीक्षा गर्छु ? कसको प्रतीक्षा गर्छु ? कसको मेल ? एसएमएस ? मेसेज पर्खन्छु ? धर्नाढुक लाएर कुर्छु र त्यो आइपुग्दा आकाश हुँइकेर रमाउँछु, फुरुक्क हुन्छु । त्यही मेसेजले तपाई र मलाई विस्तार, विस्तार मेसेजजस्तै बनाउँछ र आइपुग्ने सन्देशजस्तै र ती प्रिय सेन्डरजस्तै बनाउँछ । उसको आत्मा र मेरो आत्मा एक हुँदैजान्छ। अरू कुनै कुरो महत्वको रहँदैन । यो सब शरीरबाट सुरु हुन्छ ।

डिजिटल युग र वर्तमान प्रविधिको देन हाम्रो जीवनमा त्यै हो । परमप्रभु कै प्रतीक्षा गर्नु ? किन? उहाँजस्तै हुनु ? कसरी ? बाइबल हेरेर, पढेर तेसमा घोत्लेर अनि खुशी बनेर । प्रभुको एसएमएस र मेसेज हेर्ने बानी बसाल्दै जाऔं है मित्र हो ।  कुन बेला उहाँको कल आउँछ हामी जान्दैनौं।

तपाईले थाहा गर्नुभएको छ ? जुन कुरो हानिकारक छ त्यो मनोरन्जनले, सुन्दर डिजाइनले सजिएको हुन्छ । ड्रमको बिट र बेस गिटारको ढुकढुकीले सघाइरहेको हुनसक्छ त्यो हानिकारकलाई । अनि त किन म तालसे ताल मिला भनेर नाँच्दिनँ । तर हानिकारक त हो नै । ड्यामेज त हुन्छ । अघि वा पछि । यो सब शरीरबाट सुरु हुन्छ ।

होशियार । त्यही मेसेज र च्याटभित्र पनि प्रभुको चर्चा र बाइबलको भर्सहरूले आदर र स्थान आउजाउ पायो भने राम्रो हो धेरै, धेरै राम्रो र हानिको उल्टो फाइदा हो ।

“परमप्रभुलाई मानिसको मार्ग मन पर्‍यो भने उहाँले त्यसका पाइला दह्रिला पार्नुहुन्छ । भजन ३७:२३ ।”

यो लेखका लेखकको सुरक्षाको लागि र यो लेख पढ्नुहुने हाम्रा मित्रहरूका सुरक्षाको लागि प्रार्थना गरिदिनुहोला । धन्यवाद । विदा ।

 

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

Vacancy at Mukti Foundation

Vacancy at Mukti Foundation

January 1, 2026

Vacancy at UMN

Vacancy at UMN

December 31, 2025

Application form

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Recent Posts

  • Vacancy at Mukti Foundation
  • Vacancy at UMN
  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In