• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, December 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

फेन्जोको लेखपत्र अंकलमार्फत चर्चडटकमलाई

by Aadaan Pradaan
May 25, 2015
in Articles
Aadan Pradaan
Aadan Pradaan
आदान प्रदान

अंकल,

राजा मसिहामा जय भन्छु।

हन अंकल म त दङ्ग परे नि।अस्ति एक दिदीसँग भेट भो। छोटोमा भन्छु अंकल।  किन म यो पत्र र आर्टिकल तपाईलाई पठाइरहेछु तपाई बुझ्नुहुन्छ।एउटा इस्टेसनेरी पसलमा पुगेको थिएँ। साहुले, “फेन्जोजी के हो आजकल, धेरै भो नि।” भन्नुभो।अंकल मैले जवाफ दिनलाग्दा छेउकी ग्राहक दिदीले मलाई पुलुक्क हेर्नुभो र भन्नुभो, “तपाई फेन्जो हो?” मैले हो भनें।दिदी रातो हुनुभो।मैले भने, “दिदी, फेन्जो नाम मेरो पनि  होअरू पनि होलान्।” दिदीले मलाई एउटा कुरा सोध्नुभो, “सरी, भाइ च्वाट्ट बोलें, तपाईको आर्टिकल मैले पढें। तर तपाई त्यही फेन्जो होला, नहोला, मलाई लाजै लाग्यो।”अंकल केही बुझिनँ तर पछि बुझें।म त्यै फेन्जो परेछु दिज्यूले सोच्नुभा। गिडियनको सानो नयाँ करार, भजनसंग्रहको कुरा निकाल्नुभो, म त्यै परे।अंकलहजूरलेत मेरो कुराकानी चर्चडटकम कि के भन्नेमा छापिदिनुभा रैछ। धेरैले आशिष्पा छन् रे। उहाँले, “भाइ नयाँ आशिषको कुरा पठाउनू न” भन्दा म त छक्क परें।अंकललाई पठाउनू हामी छाप्छौं भन्नुभो। रअंकल धेरैले सुन्नपाऊन्  भनेरलेख्दैछु।अंकललाई धन्यवाद मेरो नामलाई परिचित गराइदिनु भारैछ। प्रभुको होसन्ना। तर म आफैले परिचित गराउने नाम त हाम्रो येशू राजाकै हो है अंकल।

अंकलले यसलाई केरमेट गरेर, मिलाएर ती दिज्यू कहाँ पठाइदिनूहोला।

अंकल, म जान्ने भा हैन तर बाइबललाई हेर्दैजाँदा मलाई यस्तो लाग्छ।अस्ति प्रभुले बिल्डिङ्गहरू हल्लाउनुहुँदा बिल्डिङ्गभन्दा पनि बढी मान्छेलाई हल्लाउनु खोज्नु भा हो।यो कुरा एकैचोटी ईश्वी अप्रिल२५को मध्यदिन शनिबार भाको हैन।येशूले आउँछु, फर्किआउँछु भन्नुभा छ नि हैन र अंकल। त्यो कुराको साइनहरू चिन्हहरू संसारमा र यै नेपाल खाल्डोमा पनि सुस्तरी हैन, फटाफट
पठाउनुहुँदैछ।यो भुकम्प त्यसैको सिलसिलाकोकुरा हो जस्तोलाग्छ। उहाँ आउनुकोअघि मानिसहरूलाई सचेत गराउनु भएको हो। मलाई डर लाग्छ, लाज लाग्छ अंकल। जतिको तयारीमा म बस्नपर्ने हो म त्यतिको तयारीमा कैले बाँच्ने होला भनी हैरानै पर्छु। आजलाई यति नै लेख्छु अंकल।मलाई मनमा लागेको कुरो।

 

माओवादी युद्ध एउटा संकेत हो। मान्छेलाई अस्थिर बनाउने, तितरवितर पार्ने एउटा तरकिब थियो। गाउँ र समाज भनेर मस्त गाना गाइराका, कम्मर भाँचेर यो पर्व त्यो चाँड भनेर पितापूर्खाको थाँतथलो भनी तिघ्रा पडकाइरा मान्छेहरूलाई माओवादी लाएर लगार्नुभो धेरैलाई काठमाडौ पठाउनुभो, गल्फतिर, अमेरिका, अस्टेलियातिर आदि। जतिजनाले गाउँ छोडे उनीहरूलाई स्पष्ट पार्नुभो, यो दुनिया मेरो घर होइन, यो पूर्खा र सूर्खा केही हैन बाहिरीभन्दा पनि मेरो भित्री जीवनphenjo 02, मेरो भित्री ठाउँ पक्का हुनुपर्छ, जहाँ पुगे पनि मभित्रको म, मसँगै जानुपर्छ। पूर्खाको चौबन्दीचोली –अर्थात एउटा हैन चारचार ठाउँमा बन्धन भाको चोलीआजके भो अंकल? त्योचारचार बन्दी चोलीबाट बढुवा हो कि घटुवा होआज त उध्रेको चोलीमा पो पुगे त पूर्खा कि पूर्खाभनेर घाँटी  सुकाउनेको हालत। शरम लाग्छ अंकल हजूरसँग यो सब बताउँदा।

मेरो पूर्खा मसँग छैन तर म त मसँग छु।आजको समयलाई मैले पढ्नु पर्छ।अनि अंकल बाइबल पढ्दा मलाई यो कुरा झनै सफा भयो। सारा दुनिया प्रभु येशूको आगन हो, पाउदान हो। म जहाँ गए, जहाँ भएनि मलाई ठीकै छ।

पृथ्वी र त्यसमा भएका जो जति छन् सबै परमप्रभुका हुन्। संसारमा त्यसमा वास गर्ने सबै उहाँकै हुन् (भजन२४ः१ं)।
म 
परमप्रभुको घरमा सदासर्वदा वास गर्नेछु (भजन२३ः१))

 

माओवाद पछि नेपालको दोस्रो धक्का राजा वीरेन्द्रर परिवारको संहार। एकरातमा अनि सिर्फ २० मिनेटभित्र अंकल।धक्का जब लाग्छ त्यसभित्रको
सन्देश पढ्नैपर्छ जस्तो लाग्छ मलाई अंकल, हजूरलाई कस्तो लाग्छ कुन्नि। कतिपय मृत्यु, हत्याआदिलाई त्यतिमा सीमित राख्नु मिल्दैन। यसले मलाई के भन्दैछ, समयलाई के भन्न चाहन्छ?भनी सोच्नै पर्छ। राजा नै यो देशमा सेफ छैन, सुरक्षित छैन भने तिमीहरूले आफूलाई कसरी सेफ बनाउन सक्छौ? के? कत्रो? कसरी? कहाँ? तिमीहरू सुरक्षित?भन्ने प्रश्न त्यहाँ उठेको थियो। अंकल, सारै बाठे भइस्  नी मलाई नभन्नू है।म सिक्दैछु।

तेस्रो धक्काबाट प्रभु येशूले संसारसँग बोल्नुभो।ओसामा बिन लादेनलाई उहाँले प्रयोग गर्नुभो।अमेरिकालाई चारओटा प्लेनको एटेक भयो।निउयोर्कको अल्गा भवन ट्विनटावर ठहरै पारेर सबको नजरअघि भत्काइदिए ती मध्ये दुइटा प्लेनले। भुकम्प, आँधी जति रेक्टरको आए पनि नडग्ने अल्गाटावर, धूलोपिठो।“जाग्हैअमेरिका” भनेर ठूलै घन्टी बजाउनुभो हाम्रा प्रभुले। जाग्यो जागेन हामीलाई थाहा छैन।

हरेक जहाजको कप्तान, जहाजमा यात्रा गर्नेहरू, नाविकहरू र सामुद्रिक व्यापारीहरू टाढै उभिएर त्यो महानगरी जलेर निस्केको धूवाँ देखेर यसो भनी कराए, “त्यो महा नगरीजस्तो कुन शहर थियो? आफ्नोआफ्नो टाउकामा धूलो हालेर रुँदै र विलौना गर्दै यसो भनेर कराए, हाय, हाय, त्यो महानगरी, सबैजना त्यसको सम्पत्तिले धनी भएका थिए, एकैछिनमा त्यो नष्ट भएकोछ (प्रकाश१८ः१६–२०)।

phenjo 03

अंकल त्यो नेपालचर्चडटकम भन्ने के हो र तेस्मा भएको कुरा कतिजनाले पढ्छन् सबै त मैले बुझिसकेको छुइनँ तर म प्रार्थना गरेरै यो लेख्दैछु। मान्छेको मन प्रभुले छोऊन्। बाइबलतिर तानिऊ्न। मान्छेमाथिको भरोसा हामीले टुटाउनै पर्छ। प्रभु  हुनुहुन्छ स्वर्गको सिंहासनमा हामीले भुल्नै हुन्न। दुईचोटीको निर्वाचन र कथित संविधान लेखन फेल भएको सर्वविदित छ हामीलाई। मान्छेमाथि भर नपर भनेर बाइबल कराइरहेछ। मान्छेको मुहार, मान्छेको दौरा सुरुवाल, मान्छेको काला सिसेगाडीहरू म सबैको नजरअघि एकपलमा बेकार बनाइदिन्छु, भन्नुभा जस्तो लाग्छ हाम्रा प्रभुले। सिलिन्डरको हाहाकारको बेला संविधानको भूत भागेको देख्नुभो नि अंकलले पनि, हा, हाहा। एउटोकुरो, अंकल हजूर सबैलाई भन्दिनुहोला,

आफ्नो भरोसा संसारका शासकहरूमाथि नराख, मरणशील मानिसमाथि, जसले बचाउन सक्दैनन्।जब तिनीहरूको आत्मा निस्कन्छ, तिनीहरू माटोमा मिलिहाल्छन्।त्यही दिन तिनीहरूकोयोजनाहरू पनि नष्ट हुन्छन्, (भजन१४६ः३,४)

अंकल, म फतफतेको यो पत्र लामो भइसक्यो। भुकम्पलाई अलिकता छुन्छु है अंकल? अनिशेष।प्रभुको धक्काइ श्वी २५ अप्रिल अनि १६मईको दिन निर्धक्क बज्रियो विभिन्न मध्यमाञ्चल जिल्लाहरूमा। हामी जिल्ल पर्‍यौ‌। बोल्न सकिएन। बाँच्नेहरू भित्रभित्र मरे।सब ठहरै भयौं। हाम्रो विचार शक्तिमा नै अर्ध विराम, पूर्ण विराम लागेजस्तो भो। प्रकृतिभन्दा सुन्दर भवन बनाउने, पहाडभन्दा अल्गो भवन ठडाउने साहु, महाजनहरूलाई कस्तो भयो होला अंकल।उनीहरूको शान र सपना आस्मानदेखि ढलेर धरतीको इटा डङ्गुर, धुले चिहान बन्दा। महान साहुदेखि अझ महान हत्यारा  बन्दा कस्तो लाग्यो होला उनीहरूलाई, र नक्सा पास गर्ने नगरपालिकका
हत्यारहरूलाई अनि सरकार जो हत्याको शिरपेच लाएर पहिले देखिनै मुस्कुराइरहेको थियो (सडकहत्या, बसहत्या, आगलागिहत्या, बाढी हत्या कति भनूँ अंकल लिस्ट लामो छ) साहु र सरकार भन्ने हत्यारहरूलाई नरमाइलै लाग्यो होला हगि अंकल यस पटक – सायद।

चीनमा जुलाई १९७६को भुकम्पमा आठ लाख मानिस मरेका थिए भन्छन्। जनवरी ०१० सालमा फेरि दुइ लाख खतम। त्यो चैं हेइटीमा(हाइटीहोइनहोला)।जम्म ७ नम्बरको गाको अरे।अझ भयानक भुकम्पहरू नौला ठाउँहरूमा जानेछन् भनी भूगर्भविदहरू भन्दैछन्। तर अंकल जहाँ जे भएनि मेरो लाटो मन चैं बाइबलमा नै झुन्डिन्छ।नयाँ करार बाइबलमा त सफागरी बताइएकोछ। येशूवा राजा संसारमा फर्किनुहुने बेलाको अघि कतिपय चिन्हहरू सम्झेर सचेत हुनुपर्छ, सबै कुराको हिसाब किताब मिलाएर,  थन्काएर आफूलाई हरबखत तयार, जागा राख्नुपर्छ भनेको छ बाइबलमा।

जातिको विरुद्धमा जाति, राज्यको विरुद्धमा राज्यउठ्नेछ, ठाउँठाउँमा अनिकाल र भूकम्प हुनेछन्। तर ती सब त प्रसववेदनाको सुरु मात्र हो। (मत्ती२४ः७)

अंकल बाइबल बोलिसक्यो म अयोग्य चुप लाग्छु। जे लेखेकोछ, तेस्तै नै भइरहेछ। हामी किन बोल्नुपर्छ? हामी त जागा रहने र तयार रहने हो।अंकल अझ एउटा अनुमति।इराक, इरान, पाकिस्तान, भारत, सिरियाहरूमा हाम्रा ख्रीष्ट विश्वासी बच्चा, जवान, बूढा, पुरुष र महिलाहरूलाई पिट्ने, छिनाउने, पडकाउने, रेट्ने काम भइ रहेकोछ।त्यो सब हामीलाई सन्देश हो र शिक्षा नै हो कारण बाइबलमा नबताएको घटना संसारमा घट्न सक्दैन नि अंकल।

अनि यो कुरा प्रभुले आफू संसारमा फर्किनुहुने सन्दर्भमा नै बताउनुभएको हो।निर्दिष्ट घटनाक्रमको समय अर्थात राजा मसिहाको पुनःआगमनको समय।

तिनीहरूले तिमीहरूलाई सङ्कष्टकोलागि सुम्पिदिनेछन् र तिमीहरूलाई मार्नेछन् र मेरो नाउँको खातिर सबैजातिहरूले तिमीहरूलाई घृणा गर्नेछन्।त्यस बेला यस्तो सङ्कष्ट हुनेछ, जो जगतको सुरुदेखि अहिलेसम्म भएकोछैन, नता फेरि कहिल्यै हुनेछ। ती दिन नघटाइएको भए कोही मानिस बाँच्न सक्ने थिएन, तर चुनिएकाहरूको निम्ति ती दिन घटाइनेछन्। (मत्ती२४ः९,२१,२२)

प्रभु मसिहा राजा आउनुहुनेछ अनि उहाँले त्यसबेलाको एउटा भयानक घटनालाई यसरीव्याख्यागर्नुभएको रहेछ अंकल, म त लकलक काँपेको छु कतापट्टि परिने हो भन्ने डरमा।यो पद बाइबलमा नहुनु नि जस्तो लागेको मलाई त।येशूवा प्रभुको वाणी,

(दुष्टहरू, अर्थात् भोजन नभाको, वस्त्र नभाको, वास नपाको, विरामी र झ्याल खानमा पर्नेहरूलाई वास्ता नगर्ने दुष्टहरू) अनन्त दण्डको भागी हुनेछन्, तर (तिनै दुखी गरिबहरूलाई याद गर्ने)धर्मीजनहरू अनन्त जीवनमा प्रवेशग र्नेछन्, (मत्ती२५ः४६)।

अंकल काँपीरहेछु म चाहिँ अनन्त दण्डको भागी कि अनन्त जीवनमा प्रवेश? चर्चडटकमका सबैप्रियहरूलाई र ती दिदीलाई पनि मेरो अभिवादन भन्दिनू है अंकल।धन्यवाद।

 

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In