कविता शीर्षक :ख्रीष्टिय जीवन
कविता
शीर्षक :ख्रीष्टिय जीवन
जिन्दगी एउटा
सुःख दुःखको पहाड हो
त्यही पहाड चढदै
त्यही पहाड झर्दै
निरन्तर चलीरहेछ यात्रा
यद्यपि कुनै दुःख मनाउ छैन
ख्रीष्टको महान आशामा
बाँचीरहेछु यो जीवन
जिन्दगीका अनेक घुम्तीहरु
अनि मेटिन लागेको
किरिङ मिरिङ धर्साहरु
कतै स्वर्णिम इतिहास बनीरहेछन्
कतै काला इतिहास बनीरहेछन्
इतिहासका माखेसाङ्लोमा
जेलिएर जीवन ख्रीष्टमा बाँचेकै छु
स्वर्गीय महान आशामा
जीवनको उकाली चढीरहेकै छु
ओ¥हाली पनि झरीरहेकै छु
कहिले प्रशसस्ताको
आशिषमय जीवन
प्रफुल्लित बनेर हिडिएको छ
कहिले अभावमा जेलिएर
चरम संघर्षको छालहरुमा छचल्किएकै छ
कुनै साल नानीहरुका जन्मदिन
मनाउन नसकेर
अर्को साल मनाईदिने प्रतिज्ञा गरेर
फकाएको याद पनि ताजै छ
समय क्रममा जीवन
घुमीरहन्छ घडीको सुई जस्तै फनफन्ती
घुम्दा घुम्दै
कहिले ठोकिन्छ जिन्दगी दुःखको पहाडमा
कहिले बिसाउँछ जिन्दगी
सुःखको शीतल चौतारीमा
यस्तै जिन्दगीको उतार चढावमा
यात्रा हिडिएकै छ
ख्रीष्टको महान आशा लिएर
यो जिन्दगी बाँचिएकै छ
कति सजिला
कति असजिला
सेवाको यात्रा ख्रीष्ट येशूमा
कतै प्रशंसा
कतै बिरोधका प्रहार आउँछ
जिउँदा प्रभुमा
कहिले प्रशस्त
कहिले अभावले जेलिन्छ
यो जीवनको यात्रामा
र पनि चुनौतीका यी गगनचुम्बी
अकास छुने पहाड छिचोल्दै
गरिएकै छ येशूको सेवा
गरिएकै छ ख्रीष्टको प्रशंसा
ठिकै छ
म प्रभुको प्रेमको गहिराईमा डुबेर
बिर्सीरहेछु दुःख अभावको जीवन
र गरीरहेछु ख्रीष्टको सेवा
ठिकै छ
कति ठोकिन्छ
जिन्दगी चुनौतीको पहाडमा
कति जेलिन्छ
जिन्दगी संघर्षको जालोमा
अनवरत ख्रीष्टकै सेवामा लागिन्छ
ख्रीष्टमा आशाको जीवन बाँचिन्छ
आनन्दमा अटटहास हासिन्छ
– रेशम कुमार सुनुवार
Category: कबीता