• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Tuesday, December 9, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

पहिलो प्रेमलाई नत्याग्नु

by NepalChurch.com
May 15, 2013
in Articles

Resham Kumar Sunuwarपरिचय : आज हामी पहिलो प्रेमलाई याद गर्नुपर्ने कुराको विषयमा हेर्नेछौं। के प्रेम पहिलो अथवा पछिल्लो पनि हुन्छ ? भनेर तपाई भन्न सक्नुहुन्छ । वास्तवमा परमेश्वरमा हामीले देखाएको पहिलो प्रेमलाई याद गर्नु अति नै खाँचो हुन्छ। वास्तवमा हामीले परमेश्वरलाई गर्ने प्रेममा कतिको गिरावट आएको छ?

यस सम्वन्धमा हामी सतर्क रहीरहनु पर्दछ। आज हामी परमेश्वरले प्रकाशको पुस्तकमा उल्लेख गरिएको एफिससको मण्डलीललाई दिनुभएको चेतावनीको सम्वन्धमा विचार गर्न गर्नेछौं। परमेश्वरले एफिससको मण्डलीलाई तिनीहरुले आफ्नो पहिलो प्रेम गुमाएको कुरा बताउनुभएको थियो।

“तर तिम्रो विरुद्धमा मसित यो कुरा छ, कि तिमीले तिम्रो पहिलो प्रेम त्यागीदिएका छौ।” प्रकाश २:४ ।

प्रकाशको पुस्तकचाहिं यूहन्नाले पत्मोस टापुमा देखेको दर्शनको विषयमा लेखिएको थियो। यहाँ प्रकाश २:१-७ सम्ममा एफिससको मण्डलीको विषयमा भएको सकारात्मक र नकारात्मक पाटोलाई चिरफार गरिएको छ। एफिससको मण्डलीको अवस्थाको विषयमा उल्लेख गरिएको छ। यूहन्नाले देखेको दर्शन पत्मोस टापुमा रहँदा संसारको अन्त्यको दिनमा के कस्ता कुराहरु हुनेछन् भनेर दर्शन देखे। प्रकाशको पुस्तकको शुरुका अध्ययहरुमा सात मण्डलीहरुलाई लेखिएको पत्र छ। पहिलोचाहिं एफिससको मण्डलीलाई लेखिएको पत्र थियो। शुरुमा एफिससको मण्डलीको असल कामको विषयमा चर्चा गरिरएको छ। मलाइ तिमीहरुका तिम्र कामहरु थाहा छ भनेर भनिएको छ। येशूलाई ती मण्डलकिा सदस्यहरु को हुन र के गर्छन भन्ने कुरा थाहा थियो। उहाँले तिनीहरुको परिश्रम पनि थाहा थियो। उहाँले तिनीहरुको परिश्रम र कामको प्रशंसा गर्नुभयो। तर तिनीहरुको काम र परिश्रमले तिनीहरुलाई बचाउन सक्दैनथ्यो। मानिस जातिलाई त परमेश्वरको अनुग्रहद्धारा बचाईएको थियो। हामी पनि परमेश्वरकै अनुग्रहद्धारा बचाईएका हौं। हाम्रा असल कामहरुद्धारा हामी बचाईन सक्दैनौं।

परमेश्वरले एफिससको मण्डलीलाई यो कुरा बताउनुभयो कि एफिससको मण्डलीले परमेश्वरमा भएको पहिलो प्रेमलाई त्यागीदिएका थिए। परमेश्वरले हामीलाई पनि एक मण्डलीको रुपमा यही प्रश्नं. सोध्नुहुन्छ। कि हामीले हाम्रो पहिलो प्रेम त्यागी दिएका छौं या त्यागेका छैनौं। परमेश्वरले मण्डलीले पूर्णरुपमा उहाँलाई प्रेम गरेको चाहनुहुन्छ। वास्तवमा हामी सबै उहाँको मण्डली हौं। त्यसकारण हामीबाट उहाँले पहिलो प्रेम चाहनुहुन्छ।

एफिससको मण्डलीको विरुद्धमा परमेश्वरले यही कुरा बोल्नुभयो कि तिनीहरुले परमेश्वरमा भएको पहिलो प्रेम गुमाएका थिए। यो पहिलो प्रेम भनेका के हो त? “…..तेरो युवावस्थाको भक्ति, दुलहीको जस्तो तेरो प्रेमलाई म सम्झन्छु……।” यर्मिया २:२ । जब कुनै पनि व्यक्ति बिवाह वन्धनमा बाँधिदा कस्तो प्रकारको प्रेम हुन्छ। यो प्रेम अति नै गहिरो हुन्छ। यहाँ त युवा अवस्थाको भक्ति अनि दुलहीको जस्तो प्रेम भन्ने कुराले पहिलो प्रेम दिएको भन्ने बुझिन्छ। यो कस्तो प्रकारको पहिलो प्रेम हो त? सबै भन्दा पहिलो स्थान दिनु हो। परमेश्वरले यस्तै प्रकारको प्रेमको विषयमा बताउनुभएको छ।

आज हामी परमेश्वरमा जागृत हुन्छौं। अनि परमेश्वरको निम्ति हामी हाम्रो प्रेमको जोश प्रदर्शन गर्र्छौ अनि समयको अन्तरालमा हामीले हाम्रो परमेश्वरप्रतिको प्रेममा सेलाएर जान्छौं। हामी कति जना मानिसहरु यस्तै देख्छौं, पमेश्वरमा आउँछन्, निको हुन्छन्, शान्ति पाउँछन्, अनि परमेश्वरमा नयाँ जीवन पाउँछन्। विस्तारै फेरी परमेश्वरबाट टाढा जान्छन्। तिनीहरुको परमेश्वरप्रतिको प्रेम त्यागीदिन्छन्। परमेश्वरमा भएको जोश सेलाएर जान्छन्। आज हाम्रो अवस्था कस्तो छ त?

प्रकाश २:१-५ मा उल्लेख गरिएको एफिससको मण्डलीको विषयमा कुरा गर्दा हामी प्रेरित १९ अध्ययमा हेर्‍यौ भने पनि यसको शुरुको अवस्थालाई अझ राम्ररी बुझ्न सक्दछौं। एफिसको मण्डलीमा पहिलो जागृतिको कुराको अनुभव गरेका थिए। एफिससमा एक झुण्डको चेलाहरु पवित्र आत्माको वाप्तिस्माले भरिएका थिए। त्यहाँ असाधरण प्रकारको अचम्मको काम पनि पावलद्धारा भएको थियो। त्यहाँ धेरै मानिसहरु विश्वास गरेर प्रभुमा आएका थिए। तन्त्र-मन्त्र र जादू, टुनामुनाका ५० हजार चाँदीको मोल पर्ने कितावहरु जलाईएका थिए। सम्पूर्ण एशिया क्षेत्रमा परमेश्वरको वचन सुन्ने काम भयो। प्रेरितको १९ अध्ययको कुरालाई हेर्दा एफिससको मण्डलीमा अचम्मका काम भएका थिए। एफिससको मण्डलीका विश्वासीहरु प्रभुमा एकदम जोशिला थिए। परमेश्वरमा उनीहरु आत्मिक रुपमा पूर्णरुपमा बलिया थिए।

प्रकाशको २:१-५ को कुरालाई हेर्दा शुरुमा एफिससको मण्डलीका सकारात्मक पक्षको कुरालाई उल्लेख गरेको पाईन्छ। एफिससको मण्डलीको सबै कुरा राम्र देखिन्छन्। तिनीहरुको मण्डलीमा धेरै विश्वासीहरु थिए। तिनीहरुको थुप्रै कार्यक्रम, क्रियाकलापहरु भएका थिए। तर यी सबै कुराको बावजूद पनि परमेश्वरले जब यिनीहरुको मूल्याङ्कन गर्नुभयो केही गम्भीर प्रकारको गल्ती भेट्टाउनु भयो। तिनीहरु परमेश्वरमा भएको पहिला प्रेमलाई त्यागीदिएका थिए। एफिससको मण्डलीका विश्वासीहरु तिनीहरु परमेश्वरको जागृतिको नदीबाट अलग भएका थिए।  किनकि परमेश्वरमा भएको तिनीहरुको पहिलो प्रेमबाट अलग भएका थिए। परमेश्वरको प्रेमबाट सुस्ताएका थिए। परमेश्वरको महान जागृतिलाई गुमाएर आत्मिकरुपमा सेलाएको अवस्था थियो। तिनीहरुको काम, संगति, कार्यक्रमहरु हेर्दा राम्रो जस्तो देखिए तापनि यो औपचारिक मात्र थियो। खास कुराचाहिं तिनीहरुले गुमाएका थिए।

प्रकाश २:५ मा तिम्रो पहिलो प्रेमलाई त्यागीदिएका छौ भनेर भनिएको छ। त्यगीदिएको भन्ने शव्दचाहिं कुनै श्रीमानले आफ्नो श्रीमतीलाई छोडपत्र गरेको जस्तो हो। यहाँ एफिसस्को मण्डलीका विश्वासीहरुचाहिं दुलहासँग छोडपत्र गरेको जस्तो अवस्था थियो। मण्डली दुलही र ख्रीष्टचाहिं दूलहाको रुपमा वाइवलमा प्रस्तुत गरिएको छ। त्यस अर्थमा एफिससको मण्डलीले आफ्नो पहिलो प्रेमलाई त्यागीदिएको अवस्थामा परमेश्वरले तिनीहरुलाई सचेत गर्राईहनुभएको थियो। तिमीहरुले सवै राम्रा काम गरे तापिन तिमीहरुले जसरी पहिले प्रेम गरेका थियौ त्यसरी प्रेम गरेका छैनौं।

जब तपाईले येशूलाई प्रेम गर्नुहुन्छ, के हुन्छ त? तपाईले उहाँको विषयमा सोच्नुहुन्छ। तपाईले उहाँबाट सुन्न चाहनुहुन्छ। तपाईलाई बचन पढ्न मन लाग्छ। तपाईले परमेश्वरको विषयमा कुरा गर्नुहुन्छ। तपाई परमेश्वरसँगै समय बिताउने अनि उहाँसँगै आत्मिक जीवनमा हिड्नुहुन्छ। जब तपाईको प्रेम सेलाएर जान्छ यी सबै कुराहरुको महत्वपूर्णता घटेर गईरहेको हुन्छ। जब तपाईले परमेश्वरप्रतिको पहिलो प्रेम गुमाउनुहुन्छ तब परमेश्वर तपाईको जीवनमा कम महत्वको व्यक्ति बनाउदै जानुहुन्छ। तपाईको जीवनमा सेवा संगति केवल रीति रिवाज जस्तो मात्रै हुनेछन्। बाइबलको वचन बेवास्ता गरिन्छन्। प्रार्थना गर्ने कुरा केवल विधि पूरा गर्ने काम जस्तो मात्रै हुन पुग्दछ।
कसरी पहिलो प्रेम त्यागिएको छ त? परमेश्वरको बचन पढ्ने, प्रार्थना गर्ने अनि अज्ञापालन गर्ने काममा अनि परमेश्वरसँग संगति गर्ने कुरामा बेवास्ता गरीरहेका छौं भने हामीले पहिलो  प्रेम त्यागीदिएका हुन्छौं। आत्मिकी घमण्ड जस्ता कुराहरु यी कुराहरुको बाधक हुन्छन्। यदि हाम्रो परमेश्वरप्रति त्यति चासो र वास्ता हुन्न भने हामीले परमेश्वरप्रतिको पहिलो प्रेम गुमाएका हुन सक्छौं। जब हामी परमेश्वरको बचन पढ्ने अनि परमेश्वरको वचन संगति र प्रार्थनामा त्यति चाह छैन भने पनि हामीले पररमेश्वरको पहिलो प्रेम गुमाएका हुन्छौं। जब हामी यस संसारका क्षणिक कुराहरुमा बढी मन लगाउछौं, भने परमेश्वरको पलिो प्रेम गुमाईरहेका अवस्था हुन्छ।

निष्कर्षतपाईको वितेका ती दिनलाई याद गर्नुहोस्। कुन समयदेखि तपाईको पहिलो प्रेम गुमाएको महसुस गर्नुभएको छ? तपाईको पहिलो प्रेम पुन फेरी ताजा बनाउनुहोस्। किन तपाईको प्रेम परमेश्वरप्रति कमी भएर आयो त? उहाँले आफ्नो जीवन नै तपाईको निम्ति दिनुभयो। उहाँले यति धेरै प्रेम गनुभयो। “कि उहाँले संसारलाई यति धेरै प्रेम गर्नुभयो, उहाँले आफ्नो एकलौटे पुत्रलाई दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही नाश नहोस्, त्यसले अनन्त जीवन पाओस्।” यूहन्ना ३:१६ । तपाईको परमेश्वरप्रतिको प्रेम कहिलेदेखि सेलाएको हो? कहिलेदेखि परमेश्वरलाई गरिएको पहिलो प्रेम त्याग्नु भएको छ? उहाँ तपाईलाई पर्खीरहनुभएको छ।

रेशम कुमार सुनुवार

Republished in new layout 15-May-2013

Previous comment

written by Birendra Rai , January 28, 2012

jmc..Resham dai, how is great holy words..really i appreciate i tought great thing. yes this is challenging words for us. i have to do right now real repentenc..i am feeling my fals. thanks god.

Related Posts

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025
नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025
निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025
मण्डली व्यवस्थापन

मण्डली व्यवस्थापन

July 10, 2025

Discussion about this post

ताजा सामाग्री

मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण

November 7, 2025

मुरारी पाण्डे सत्यजित दुई विशाल परम्परा—हिन्दू धर्म र ख्रीष्टियन विश्वासले मानव जीवनको अन्तिम गन्तव्य र दुःखबाट...

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू

November 4, 2025

मुरारी पाण्डे सत्यजित नेतृत्वको निरन्तरता, विभेद र गुटबन्दीले NCFN, NCS र FNCN जस्ता संस्थामाथि गम्भीर प्रश्न...

Vacancy at CarnetNepal

November 4, 2025

position. Vacancy code: 01_82/83 Children At Risk Network Nepal (CarNetNepal) is an NGO registered at District Administration office, Lalitpur and...

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न

November 3, 2025

इसाई जगत्‌मा निरन्‍तर सोधिने बाइबलीय तथा ईश्‍वरशास्‍त्रीय प्रश्‍नोत्तरहरू समावेश भएको, विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक डा....

Recent Posts

  • मोक्ष र मुक्ति: हिन्दु र ख्रीष्टियन अवधारणाको तुलनात्मक विश्लेषण
  • नेपाली इसाई छाता संगठनहरू: उद्देश्य, चुनौती र अवसरहरू
  • Vacancy at CarnetNepal
  • विजय लुङ्गेली मगरद्वारा लिखित “मैले खोजेका उत्तरहरू” नामक पुस्तक विमोचन कार्यक्रम सम्‍पन्‍न
  • Vacancy at ECTC

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In