कविता शीर्षक : महान आशा

[ 0 ] August 28, 2014 |

कविता
शीर्षक : महान आशा
अकासमा उडीरहेको वेला
तीब्र हावाको झोक्काले
चटक्क चुँडिएर धागो
हावाको वेगसँगै झरेर
कतै रुखको हाङ्गामा अल्झिएको
वेनामे घायल चङ्गा जस्तो
एउटा गुमनाम वस्तीमा
सपना चुँडिएर
निराश जीवन बाँचीरहन्छन्
ख्रीष्ट येशूविना
कैयन सपना चुँडिएका मान्छेहरु….

छुन चाहे पनि
त्यो अग्लो सगरमाथा
केवल चाहनाको एउटा तरङ्ग बन्दा
हरेस खानुको विकल्प
देख्न सक्दैनन् मान्छेहरु
यो संसार प्रश्नै प्रश्नं.को जालोले
बेरिएका झाडी जस्तो
जहाँ मान्छे अनुत्तरित प्रश्नं.हरु बोकेर
विवश छन् आशाविहीन बाँच्न
आत्मिक रहस्यको गहिराईमा डुब्न सके पो
जोडिन सकिन्छ
तोडिएका सपनका डोरीहरु
आशा र भरोसा राख्न सके पो ख्रीष्टमा
उम्रिन सक्छ
आशाको मुनाहरु
मनको बाँझो बारीमा…..

आफ्नो हिडीरहेको मार्गबाट
अनायसै खाएको ठक्करले
किनारमा उछिट्टिएर लडेका
अनगिन्ती सपना र आशाहरु
राख्न सके आशा ख्रीष्टमा
गर्न सके विश्वास येशूमा
उदाउनेछ विहानीको घाम जस्तै
जिन्दगीमा आशाका किरणहरु
कठिनाईको पहाडको उकालो
चढीरहेको यात्रीहरु
सुस्ताउँछन् पिंडाले
चिच्याउँछन् अशान्तिको अँयारोमा
अनि घृणा र वदलाको मन
युद्ध र आन्दोलनका प्रहारहरुमा
आफू-आफू मार्न मर्न तम्सीरहन्छन्
आउन सके क्रुसको चौतारीमा
विसाउन सके ख्रीष्टको छहारीमा
पाउन सकिन्छ
आत्मामा विश्राम
पाउन सकिन्छ मनमा शान्ति
मन दुखाएर बस्नु हुन्न
क्रुसको चौतारीमा
ख्रीष्टको प्रेम र शान्तिको
शीतल हावा बगीरहेछ
ख्रीष्टको छहारीमा
मुक्तिको अनुपम स्पर्श छचल्कीरहेछ
मन भड्किएर
वेवारिस जीवन
निराशाको भारी बोकेर
उद्धेश्यहीन यात्रामा हराउनु हुन्न
ख्रीष्टमा आशा छ
जहाँ जीवनको अर्थ
पर्खी रहेछ सबैको निम्ति
युद्धमा
आन्दोलनमा
आतङ्कमा
हत्या र हिंसामा
किन खोज्छ मान्छे समाधानको बाटो ?
अनेक पापको जंजाल बुनेर
पाउन सकिन्न मुक्ति र शान्ति
भेट्टाउन सकिन्न जीवनको आशा
बाटो, सत्य र जीवन येशू
सबैको लागि महान आशा
पर्खीरहेछन् येशू सबलाई
जसमा मन रमाउन सक्छ
जसमा दिल खुशी मनाउन सक्छ
निराशामा आशा पलाउन सक्छ……।
– रेशम कुमार सुनुवार

 

 

 

 

 

 

Facebook Comments

Category: Literature, News & Events, Poetry, कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4