कविता शीर्षक : ए मान्छे
कविता
शीर्षक : ए मान्छे
ए मान्छे
भ्रमको पोको बोकेर
किन रुमल्ली रहन्छौं ?
बाटो बिराएर
हराएको यात्री झैं
किन अलमली रहन्छौं?
हरेक मान्छेले
आफ्नो जीवनको गन्तव्य नाप्नु नै छ
ख्रीष्टका सत्यताका आयतनहरुमा
ए मान्छे
आडम्बरी सिद्धान्तका खातहरु टेकेर
असत्यका झोलीहरु हल्लाउदै
किन हुंकार मच्चाउँछौ ?
फोस्रो घमण्ड
फोस्रो अहंम लिएर
परमेश्वरको अस्तित्वलाई
अस्वीकार गर्ने
मूर्ख मन किन लिने?
जिन्दगीका अस्पष्ट छाँयाहरुमा
किचिएर बस्नुको
कुनै अर्थ छैन
येशूको त्यो महान प्रेम
हाम्रो लागि
जीवन रुपान्तरणको
एउटा यथार्थ हो
सत्यको मार्गमा
हिड्ने प्रण
ख्रीष्टमा स्वतन्त्रताको रोजाई हो
ख्रीष्टमा अनन्त जीवनको
अनुपम प्राप्ति हो
जो हरेक मान्छेका लागि
जीवनको मार्ग हो
ए मान्छे
ओडेर भ्रमको मखुण्डो
कहाँ हुन्छ यथार्थको जिन्दगी
कहाँ हुन्छ शान्ति र आनन्दको मन
भुलेर सत्यको मार्गलाई
कहाँ पुगिन्छ जीवनको वास्ताविक गन्तव्य
ख्रीष्टको प्रेम
ख्रीष्टको शान्ति
पर्खीरहेछ तिम्रै निम्ति
स्वर्गीय प्रेमको यो उपहारलाई
हेर तिम्रा ती आत्मिक नयनले
जहाँ मान्छेका लागि
जीवन साँचिएका छन्
जहाँ मान्छेका लागि
आशा राखिएका छन् ।
–रेशम कुमार सुनुवार