कविता शीर्षकः चित्रे गाउँको ठूलीमाया

[ 0 ] July 7, 2014 |

कविता

शीर्षकः चित्रे गाउँको ठूलीमाया

धेरै जीवन संघर्षका यात्रामा
कति आँसु पिईन्
चित्रे गाउँकी ठूलीमाया
रोगले थलिएका
जिर्ण शरीर
उपचारका अनेक विधिले नछुँदा
माया मारेकै हुन् सबैले
जब उनकै काकीले
सुनाईदिईन् येशूको
शदाब्दीदेखि भनिदै आएको महान कथा
अनि फेरियो उनको जीवनको रङ्ग
मेटियो उनका आँसुका
नुनिला पिलपिले नदी
उनका रोगी जिर्ण शरीर
भरिएर आयो चंगाईको अद्धितीय येशूको शक्तिले
एउटा अचम्म भो
उदेकलाग्दो भो
छक्क पर्थे सबै मान्छे
चित्रे गाउँको ठूलीमाया
जीवनको अचम्मको परिवर्तन देखेर

खुशीका फोहोरा फुटीरहन्छन्
निराशाका ती पलहरु
आशाको शिखरमा उक्लीरहन्छन्
एउटा अनुपम जोश
एउटा अवर्णनीय जाँगर
चित्रे गाउँको
ठूलीमायाको दिलको कुना कुनामा दौडीरहन्छन्
समय रेखाहरु
माकुरे जालो झैं बेरिदै जान्छन्
उस्तै गतिमा
चित्रे गाउँको ठूलीमाया
ख्रीष्टको वचन बाँडी रहन्छन्
ख्रीष्टको भजन गाईरहन्छन्
एउटा छुट्टै महोल जम्छ चित्रे गाउँमा
गान, भजन र प्रवचनका
गगनभेदी आवाज घनकिन्छन्
मान्छेको हृदयमा
स्वर्गीय खुशीका छालहरु उर्लिन्छन्
चित्रे गाउँको ठूलीमायाको अनुहारमा
झल्कीरहेछ आनन्द
प्रज्जवलित प्रकाशका चम्किला किरणहरु

भर्खरै मात्र
एउटा कठिनाईको पलबाट
साहसीको पहाड उक्लेकी हुन्
एक हुल मान्छे
चित्रे गाउँको ठूली मायाको घरमा देखिए
कहाँ छे ठूलीमाया
क्रोधले जलेका आवाजहरु
चर्का चर्का नाराहरु गुन्जिए
ठूलीमाया मूर्दावाद
कुट्ने र मार्ने धम्की
मिथ्य आरोपका अनगिन्ती सङ्गीन तीरले
हानिए ठूलीमाया
उनका लागि यी चेतवानी
ख्रीष्टमा अघि बढ्ने
एउटा पाटो बन्यो
एउटा अठोट थियो ठूलीमायाको
मर्नु परे म ख्रीष्टको निम्ति मर्छु
हुनु परे म
म ख्रीष्टको निम्ति शहिद हुन्छु
मेरो ख्रीष्टमाथिको आस्थालाई
कसैले तोड्न सक्दैन
कसैले भाँच्न सक्दैन
किनकि ख्रीष्टको प्रेमले
म बाँचेको मान्छे हुँ
ख्रीष्टको दयाले
हाँसेको मान्छु हुँ
हो पनि, हल्लाउन सकेनन्
खीष्ट बिरोधीहरुले
चित्रे गाउँको ठूली मायाको
ख्रीष्टमा गरेको विश्वासलाई
किनकि ख्रीष्टविना जीवनदेखि हार्नेहरु
निरन्तर हारीरहन्छन्
चित्रे गाउँको ठूलीमाया जस्तै
अनगिन्ती ख्रीष्टभक्त
ख्रीष्टमा विजयी जीवन निरन्तर जितीरहन्छन्
जीवनमा नौलो विहानी
अनवरत उदाईरहन्छन्….
–रेशम कुमार सुनुवार

 

 

 

 

 

 

 

 

Facebook Comments

Category: Poetry, कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4