कविता शीर्षकःजीवन एउटा यात्रा

[ 0 ] July 2, 2014 |
Resham Kumar Sunuwar

Resham Kumar Sunuwar

कविता

शीर्षकःजीवन एउटा यात्रा

जब म चिन्ताले पिरोलिन्छु
जब म फिक्रीले दबिन्छु
जिन्दगीको प्रतिकूल
अनगिन्ती अवस्थाहरुमा
जब पुकार्छु ख्रीष्टलाई
प्रार्थनाका सुस्केराहरुमा
मलाई ख्रीष्टले ढाड्स दिनुहुन्छ
मलाई ख्रीष्टले आनन्द दिनुहुन्छ
आशिषको झरी ममा खन्याउनुहुन्छ

अनुत्तरित प्रश्नंहरुको साङ्लाहरुमा
बाँधिन्छन् मन कतिचोटी
बाटो विराएर
मूलबाटो छोडी
कतै हराएको यात्री जस्तो
रनभुल्लमा छटपटिदाँ
पानीविनाको माछा जस्तो
छटपटिदै यता उता दौडिदाँ
यो मनभरी शान्ति दिई
येशूले उत्साह दिनुहुन्छ
अनुत्तरित मेरा प्रश्नंहरुको उत्तर दिनुहुन्छ
उहाँको वचनको प्रकाशद्धारा
बाटो र सत्य देखाउनुहुन्छ
यो मनभरी खुशीले भर्नुहुन्छ

जीवनको यात्रामा
कति चढिन्छ सफलताका चुचुरोहरु
कति झरिन्छ असफलताको बेंसीहरु
उतार चढावको
नियमित ज्वार भाटाको चंगुलमा
वाध्यतावश पुरिदाँ
दुःखका पलहरु छिचोल्दै
नदीका किनारै किनार
दौडीरहेको अनाम सपनाहरु जस्तो
नफुल्दै झर्न लागेको कोपिला जस्तो
चुँडिनै लागेको सपनाको खातमा
येशू आउनुहुन्छ
र भन्नुहुन्छ
दुःख र सुःखमा पनि
म तिम्रो साथमा छुँ
जगतको अन्यसममै तिम्रो साथमा छुँ
तिम्रा अधुरा सपनाहरुको
सफलताका शिखर चुमाउने
जीवित परमेश्वर म नै हुँ
उहाँ मेरो मनभरी शीतल मलहम घस्नुहुन्छ
सत्य परमेश्वर येशू
हाम्रै हृदयमा बस्नुहुन्छ

प्रशस्ततामा रमाउँदाको पलहरु
अभावमा रोएका यादहरु
भीरमा पैmलिएर गएका लहरा जस्तै छन्
खुशी बोकेर हिंड्दा
कति रमायौ हामी
दुःख बोकेर हिंड्दा कति रुयौं पनि
दोष दियौं कति मान्छेहरुलाई
अपजस लगायौं हाम्रो समय र परिस्थतिहरुलाई
जितको माला पहिरिएर
विजयको उन्मादमा
कति डुब्यौ हर्षोल्लासको तलाउमा
हारको उदासी चेहेरा बोकेर
फुङ्ग रङ्ग उडेको अनुहार लिएर
कति हरायौ बेखुशी समयको गुफाहरुमा
निश्चय पनि
जीवन एउटा यात्रा हो
हिंड्नुपर्छ सबैले यो
जीवनका उकालीहरुमा
येशू मेरो हात समाउनु हुन्छ
र मसँग उक्लनु हुन्छ
जीवनका ओरालीहरुमा
मेरो काँधमा अंगालो हालेर
मसँग झर्नु हुन्छ
मर्न लागेको मेरो आशालाई
फेरी जागृत बनाउनु हुन्छ
मलाई जीवनको अर्थ बताएर
हरेक विहानी
ख्रीष्टमा नयाँ तुल्याउनु हुन्छ…..
– रेशम कुमार सुनुवार

 

Facebook Comments

Category: Poetry, कबीता


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4