परमप्रभुमा भरोसा र आशा राख्नु

[ 0 ] May 29, 2014 |

परमप्रभुमा भरोसा र आशा राख्नु

Resham Kumar Sunuwar

Resham Kumar Sunuwar

सायद जीवनमा धेरैचोटी धन्यको नबनेको अर्थात आशिषित नभएको समयहरु कति होलान् । खुशी नभएको क्षणहरु कति होलान् । यसको कारणहरु पनि हामीले खाजी गरेनौ होला । हामीले सही ठाउँमा भरोसा नराखेकोले कतिपटक जीवनमा असफलता र निराशा आए होलान् । हामी यसको लागि अरुलाई दोष दियौं होला । हामीले जीवनमा आशा गुमायौ पनि होला । यर्मियाले भन्दछन् कि परमप्रभुमा भरोसा राख्ने र आशा राख्ने मानिस धन्यको हो ।

“तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्दछ, जसको आशा परमप्रभु हुनुहुन्छ ।” यर्मिया १७:७

यहाँ यर्मिया अगमवक्ताले घोषणा गरेका छन् कि त्यो मानिस धन्यको हो जसले परमप्रभुमा भरोसा राख्दछ । अनि जसको आशा परमप्रभु हुनुहुन्छ । यहाँ हरेक प्रभुका जनहरुमाथि चुनौतीका कुरा यर्मियाले राखेका छन् । परमप्रभुमा भरोसा गर्नु पर्ने कुरामा जोड दिएका छन् । उहाँमा आशा राख्नु पर्ने कुराको पनि उठान गरेका छन् ।

यर्मिया भन्छन् तर त्यो मानिस धन्यको हो । यहाँ धन्यको अर्थात आशिषित मानिस भनेर भनिएको छ । यो धन्यको भन्ने कुरा नै आशिषित मानिस भनेर जोड दिईएको छ । निश्चय पनि हामी सबै जना धन्यको अथवा अशिषित मानिस भएको चाहन्छौं । आशिषित नभएको अनि श्रापित जीवन निश्चय पनि जिउ हामी चाहदैनौ । किनकि परमेश्वरक हरेक जनहरु श्रापबाट मुक्त हुनै पर्छ । आशिषित अनि धन्यको जीवन जिउनै पर्छ । ग्रीक भाषामा धन्यको खास अर्थ खुश अथवा प्रसन्न हो । नयाँ करार अनि पुरानो करारको बाइबलका पुस्तकहरुमा धन्यको शब्द थुप्रै पटक चलाईएको छ । यर्मियाले पनि यहाँ त्यो मानिस धन्यको भनेर भनेका छन् । धन्यको खास अर्थ खुश अथवा प्रसन्न हो । आज हामी हरेक जना परमेश्वरको जनहरु खुश अथवा प्रशन्नता हुनु आवश्यक छ । किन हामी दुःख अनि उदासी बनेर जिउने? किन जीवनमा नैराश्यता अनि पिंडा बोकेर हिंड्ने? परमेश्वरमा खुश अनि प्रसन्नता बनेर जिउनु पर्दछ ।

कस्तो मानिस धन्यको बन्न सक्दछ? हामीले धन्यको भनेको आशिषित मानिस भनेर बुझ्दछौ । हामीले धन्यको भनेर खुश अथवा प्रसन्न मानिस बुभ्mदछौं । कस्तो अवस्थामा हामी धन्यको हुन सक्दछौं त ? यर्मियाले बताएका छन् कि तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्दछ । हामी देख्न सक्छौं कि त्यो मानिस धन्यको हो । त्यो मानिस आशिषित, खुश अथवा प्रसन्न व्यक्ति हो जसले परमप्रभुमा भरोसा राख्दछ । हाम्रो विश्वास, भरोसा जब हामी परमेश्वरमा राख्दछौं तब हामी धन्यका अनि आशिषित मानिस बन्न सक्दछौं । हामी खुशी मानिस अनि प्रसन्नताले भरिएको मानिस बन्न सक्दछौं । किनकि परमेश्वर यी सबै कुराको स्रोत हुनु हुन्छ ।

हाम्रो जीवनमा भोली के होला भन्ने कुराको फिक्रीमा डुबी रहेका हुन्छौं । हाम्रो भविष्यका दिनहरु कस्तो हुन्छन् होला भनेर फिक्री गरीरहेका हुन्छौं । किनकि भविष्य र भोलीका कुराहरु अनिश्चित छन् । कतिचोटी हामीले भरोसा गर्नु पर्ने खास ठाउँमा पनि भरोसा राखीरहेका हुँदैनौ । तर यर्मियाले यहाँ जोड दिएका छन् कि हामी चाहिं परमप्रभुमा भरोसा राख्नु पर्दछ । हरेक अनिश्चयताका बीच पनि परमेश्वरमा भरोसा राख्दै अघि बढ्नु पर्दछ । कालो बादलको बीचमा चाँदीको घेरा देखिन्छ भने जस्तै हाम्रो जीवनका कठिनाईहरुका वावजूद परमप्रभुमा आशा राख्न सक्यौं भने उहाँमा भरोसा राख्न सक्यौं भने हामी खुशी बन्न सक्छौं । हामी अशिषित हुन्छौं । हामी प्रसन्न हुन्छौं ।

जब हामी परमेश्वरमा भरोसा राख्दछौं । उहाँले हामीलाई हाम्रा मार्गहरुमा निर्देश गर्नुहुन्छ । उहाँले हाम्रा जीवनको यात्राको निश्चित गन्तव्यमा पु¥याउनु हुन्छ । हामी परमेश्वरमा भरोसा राख्छौं भने उहाँले हामीलाई कहिल्यै पनि गलत बाटोमा डोराउनु हुन्न । हामी परमेश्वरमा भरोसा राख्ने मानिस हुनु जरुरी छ ।  परमेश्वरमा भर पर्नु आवश्यक छ ।  प्रभु मलाई तपाईंको निदेशनको खाँचो छ भनेर भन्नु परेयो। मलाई तपाईंको खाँचो भनेर उहाँमा भरोसा गर्नु प¥यो । उहाँमा पूर्ण रूपमा भरोसा गर्नु हरेक विश्वासीको दायित्व हो । हाम्रो सम्पूर्ण हृदयले उहाँमा भरोसा गर्नु आवश्यक छ । सत्य कुराचाहिं यही हो कि हामी कि परमेश्वरमा भरोसा गर्छौ कि आप्mनै शक्तिमा भरोसा गर्छौ  । धेरै जना आज परमेश्वरमा भरोसा नगरेको कारण दुःखी छन् । निराशा छन् । असफलतामा डुबेका छन् । हार अनि निराशामा जिईरहेका छन् । के हामी पनि परमेश्वरमा भरोसा नगरी यस्तै अवस्थामा जिईरहेका छौं कि? निश्चय पनि परमेश्वरमा भरोसा राख्नु अति आवश्यक छ । हामी कति जनाले परमप्रभुमा भरोसा राखेका छौं त ? हामी विश्वासी भएको नाताले परमेश्वरमा भरोसा राख्ने कुरा सिक्नु जरुरी हुन्छ । आज परमेश्वरमा विश्वास गरेर मण्डली आउने विश्वासीहरु धेरै नै हुन्छन् । तर उहाँमा भरोसा राख्नेहरु कम हुन्छन् । के हामी उहाँमा साँच्चिकै भरोसा राख्न सक्दछौं? परमेश्वरमा भरोसा गर्नु भनेको उहाँमा भर पर्नु हो । उहाँमा पुर्ण रूपमा भर पर्नु हो । तपाईंको हरेक क्षेत्रमा परमेश्वरमा भर पर्नु हो । किनकि उहाँ नै सबै कुराको स्रोत हुनुहुन्छ ।

जब हामी परमेश्वरमा भरोसा गर्दछौं तब उहाँको आशिष हामीमा आउँदछ । मानिसको धन सम्पत्तिमा भरोसा गर्छन् । मानिसहरु रथ र घोडाचढीमा भरोसा गर्छन् । मानिसहरु विभिन्न उपाय र जुक्तिमा भर पर्छन् । तर परमेश्वरमा भर पर्दैनन् । परमेश्वरमा भरोसा गदैनन् । बाइबलमा पनि धेरै यस्ता मानिसहरु थिए  जोहरु पमेश्वरमा भरोसा गरेनन् । उनीहरु असफल बने । आप्mनो धन सम्पत्तिमा भरोसा राखेर परमेश्वरमा भरोसा राखेनन् । आप्mनो शत्ति, आप्mनो खुबीमा होईन तर परमेश्वरमा भरोसा गर्नु पर्दछ । यर्मियाले भनेका छन् कि परमेश्वरमा भरोसा राख्ने मानिस धन्यको हो । आशिषित हो । खुशी र प्रसन्न वयक्ति हो ।

यर्मियाले त्यो मानिस धन्यको हो जसको आशा परमप्रभु हुनुहुन्छ भनेर भनेका छन् । आशाचाहिं मानिसको निम्ति आवश्यक कुरा हो । मानिसको जीवनमा आशा भएन भने जीवन जिउनलाई पनि चुनौती हुन्छ । आशा भएन भने जिवनमा कठिनाई हुन्छ । सास हुन्जेल आश हुन्छ भनिन्छ । हाम्रो आशा के मा छ? निश्चय पनि हाम्रो आशा परमप्रभु हुनु पर्दछ ।

आशा भनेको के हो? आशा भनेको जीवनमा घट्ने घटनाहरु र विभिन्न परिस्थितिहरुबाट सकारत्मक नतीजा या परिणाम आउँछ भन्ने कुराको विश्वास नै आशा हो । आशाले मानिसलाई लगनशीलता बनाउँदछ । सोचेको भन्दा विपरित अवस्था हुँदा पनि सकारत्मक नतीजा आउने सम्भवानाको कुरा नै आशा हो भनेर भनिएको छ । एउटा खराब कुरा भनेको एउटा विश्वासीले आशा गुमाउनु हो । आशाले जहिले पनि सकारत्मक नतीजाको विश्वस लिएको हुन्छ । हिब्रुको ११:१ मा विश्वासचाहिं आशा राखिएको कुराको निश्चयता हो भनेर भनिएको छ । परमेश्वरको प्रतिज्ञाहरु जो हाम्रा निम्ति राखिएका छन् ती कुराको आशामा हामी जिईरहेका छौं ।

के कुराको कारण मानिस कठिनाईमा पनि धैर्य धारण गरीरहेको छन्? के कारण मानिसहरु कष्ट पिंडामा पनि पर्खन सकेका छन् । किनकि मानिसको जीवनमा भएको आशाकै कारण मानिसहरु पर्खीरहेका छन् । धैर्य गरीरहेका छन् । हाम्रो आशालाई गुमाउनु हुदैन । आशाविहीन जस्तो देखिए पनि हाम्रो आशालाई जीवित राख्नु पर्दछ । आशाले धैर्यसाथ पर्खदछ । हाम्रा शत्रुहरुले हामीलाई दुःख दिने कोशिस गरे तापनि हामीले हाम्रो आशालाई कायम राख्नु पर्दछ किनकि आशाविना हामी जीवन जिउन सक्दैनौं । परमेश्वर जिउँदो हुनुहुन्छ । उहाँको प्रतिज्ञाहरु मेरो निम्ति छन् । यसो हो भने म परमेश्वरमा आशा राख्नु पर्दछ । यदि म परमेश्वरमा आशा राख्छु भने म धन्यको बन्दछु । किनकि धन्यको भनेको आशिषित भएको हो । खुशी या प्रसन्न भएको हो ।

आशा भएन भने मानिसको जीवनमा तानव अनि आशाविहिनता आउँदछ । जीवन व्यर्थ भन्ने सोंच ल्याउँदछ । तर हामीले आशा हराउनु हुँदैन । हाम्रो आशालाई जिउँदो राख्नु पर्दछ । आत्मिक रुपमा आशाबादी भएर आशाबादी मानिसहरुसँग संगत गर्नु अनि प्रार्थनामा रहीरहनु हाम्रो दायित्व हो । किन बाइबल पढछौं? किन प्रार्थना गर्दछौं? किनकि परमेश्वरलाई पुकार्दछौं? किनकि उहाँमा आशा छ । उहाँमा आशा भएकोले हामी उहाँमा आप्mनो जीवन लगाएका छौं ।

के तपाई परमेवरमा धन्यको बन्न चाहनुहुन्छ? उहाँमा खुशी मानिस, आशिषित मानिस अनि प्रसन्नता भएको मानिस बन्न चाहनुहुन्छ? निश्चय पनि परमेश्वरमा भरोसा राख्नुहोस् । सम्पूर्ण रूपमा तपाईं परमेश्वरमा भर पर्नुहोस् । के तपाईंको जीवनमा भएको आशा गुुमाउनु भएको छ? के आशाविहिन भएर जीवनमा निराशा भएर हिंड्नु भएको छ? याद गर्नुहोस् तपाईंको जीवन मूल्यवान छ किनकि ख्रीष्ट जीवित हुनुहुन्छ । उहाँमा आशा छ । तपाईंको जीवनमा शायाद अन्धकार अनि अनिश्चयता देखिन्छ तपाईंको आशालाई कायम राख्नुहोस् । जब तपाईको कमजोरी तपाईको बलियो पक्ष भन्दा बढी हुन्छन् आशालाई नगुमाउनुहोस् । शायद जीवनमा विभिन्न चुनौतीहरु आई लागेका होलान् । तर परमेश्वरमा हामीले हाम्रो भरोसा अनि हाम्रो आशा गुमाउनु हुदैन ।

“तर त्यो मानिस धन्यको हो, जसले परमप्रभुमा भरोसा राख्दछ, जसको आशा परमप्रभु हुनुहुन्छ ।” यर्मिया १७:७

 

Facebook Comments

Category: Articles


Warning: Use of undefined constant Ihrss - assumed 'Ihrss' (this will throw an Error in a future version of PHP) in /home/nepalchu/public_html/wp-content/themes/nc_theme/footer.php on line 4