सारा मानव जातिको पाप पखाल्नका निम्ति बलिदान हुनुभएका हाम्रा प्रभु येशू ख्रीष्टको शुभजन्मोत्सव अर्थात ख्रीष्टमस हाम्रो नजिकै आइसकेको छ। संसारभरि नै हर्षोल्लासका साथ् मनाइने यस उत्सवले यहाँहरुमा प्रभुबाटको खुशी, आनन्द र भाइचारा ल्याओस भन्ने शुभकामना दिन चाहन्छु।
यस उत्सवका अवशरमा आफन्त, परिवार, छरछिमेक तथा साथीसंगी संग खुसियाली मनाउने कुराहरुको साथमा हाम्रा प्रभु येशुलाइ अझ नजिकबाट चिन्नै र चिनाउने मौका हामी सबैलाई प्राप्त होस्।
पहिलो संबिधानसभाले संबिधान दिन नसकेपछि देशले दोस्रो संबिधानसभाको निर्वाचन मार्फत नयाँ जनादेश प्राप्त गरेको छ । अब गठन हुने संबिधानसभाले उचित समयमा सबैलाई मान्य हुने संबिधान ल्याउन सकोस् । देशका सबै उच्चपदस्थ ब्यक्तिहरुलाई प्रभु ज्ञानबुद्दि प्राप्त होस् र राष्ट्रको सर्वाङ्गिण बिकाशका लागि सबैबाट उचित पहल हुन सकोस् भन्ने प्रार्थना तथा शुभकामना छ। साथमा नयाँ बर्ष २०१४ को अवशरमा पनि धेरै धेरै शुभकामना!
प्रभुको अनुग्रह यहाँहरु सबैमा रहोस् ।
Discussion about this post