• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Monday, March 27, 2023
NepalChurch.com
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

म तपाईकै हुँ

by Jagadish Pokhrel
November 13, 2013
in Poetry, कबीता

म यी बाटोहरुमा हिँडिरहेछु ।
मेरा खुट्टाहरु जवान मृगका जस्ता छन् ।
यसैले,
म मेरो चर्च, दगुर्दै एकैछिनमा पुग्छु ।
तर, यस्तो पनि दिन आउनेछ,
कुनै दिन यही दूरी छिचोल्न
म एकघण्टा अगाडि नै यात्रा थाल्नुपर्नेछ ।
अर्थात् म पैदल हिँड्न असमर्थ हुनेछु ।
तापनि परमेश्वर !
म तपाईलाई भूल्नेछैन ।

अहिले म सुरिलो स्वरमा गाउँछु ।
विभिन्न धुनहरुमा तपाईको प्रेमको भाका गाउँछु ।
यिनै बोलीहरुले तपाईको महानताको बयान गर्छन्,
तपाईको प्रेमको गवाही दिन्छन् ।
तर मलाई यो गलाले सधैं साथ दिनेछैन ।
एकदिन यो स्वर फाटेर जानेछ ।
आवाजहरु सुकेर जानेछन् ।
तापनि परमेश्वर !
मेरो अन्तरात्माले सधैँ तपाईको प्रेमको गीत गाउनेछ ।
तपाईको गुणगानमा यी ओठहरु चलमलाउनेछन् ।

अहिले जब म ऐना अगाडि उभिन्छु,
अनि आफैँलाई हेर्छु ।
तपाईले मलाई कति सुन्दर बनाउनुभएको !
वाह ! परमेश्वर !
यो माटोको डल्लोलाई जुन आकार दिनुभयो,
यसबाटै तपाईका प्रशंसा गर्ने थुपै्र कारणहरु छन् ।
तर कमलको फुलझैँ म सधैँ फक्रिरहनेछैन ।
गुलाबको फूलझैँ सधैँ हाँसिरहनेछैन ।
ओइलिएर जब नुहिन्छु,
मानिसहरु बूढो रुख जत्ति पनि मलाई हेर्नेछैनन् ।
जब मेरो पटुका अर्कैले कसिदिनेछ,
अनि मैले नचाहेको ठाऊँमा मलाई लगिइनेछ ।
त्यतिखेर पनि,
यसरी नै ऐनामा म आफूलाई हेर्नेछु ।
चाउरिएका छाला र फूलेको केशले मलाई पहिर्याउनुहुँदा पनि
म तपाईको हातको अद्भुद सीपको बयान गर्नेछु,
कि म तपाईको हातबाट बनिएको थिएँ ।

अहिले मेरो बाइबलको आकार सानो छ,
अनि सानै छन् यसका अक्षरहरु पनि ।
जब यी अक्षरहरुमाथि
मेरो आँखाको नानी डुल्दै जान्छ,
तपाईका वचन मेरो हृदयमा भिज्दै जान्छ ।
तर, कुनैदिन मेरो बाइबलको आकार बढ्दै जानेछन्,
अनि यसका अक्षरहरु पनि ।
जब तपाईले मेरो आँखालाई कुहिरोले ढाक्दै जानुहुन्छ ।
जब म मेरो दौडको अन्तिम फन्को मार्दै रहनेछु ।
अन्त्यमा,
तपाईका जनहरुले म मरेको घोषणा गर्नेछन् ।
तर ती आवाजहरु,
मेरो लागि अर्को सु–समाचार हुनेछ ।
मलाई कति इच्छा छ–
बरु विदा भएर ख्रीष्टको साथमा सँधै रहिरहने ।

सुमन राइ, इटहरी

Related Posts

December 15, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-२)

July 27, 2021

सेकुलर गाना सुन्‍नुहुन्छ कि हुन्‍न? (भाग-१)

July 27, 2021

धेरै ढले ढल्दै छन्

May 27, 2021

Discussion about this post

ताजा सामाग्री

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

अमेरिकी सेनाको एसिया प्यासीफिक कमाण्ड टोली काठमाडौंमा

March 26, 2023

चैत १२, २०७९, आइतबार काठमाडौंमा चैत १३ देखि १५ गतेसम्म हुने द्विपक्षीय सैन्य छलफलमा सहभागी हुन २२ सदस्यीय अमेरिकी सेनाको...

जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

जनक शिक्षाले छाप्यो कक्षा ६ देखि १० सम्मको १ करोड ३५ लाख थान पुस्तक

March 26, 2023

२०७९ चैत १२ गते जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झाले जानकारी दिए अनुसार यस वर्ष कक्षा ६ देखि...

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

नवनियुक्त आईजीपीलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै

March 26, 2023

चैत १२, २०७९ शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ३०औं आईजीपी पदमा बढुवा गरिएका बसन्तबहादुर कुँवरलाई आज दर्ज्यानी चिह्न प्रदान गरिँदै छ...

नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

नेपाललाई १ खर्ब ३८ अर्बको वैदेशिक सहायताको प्रतिबद्धता

March 26, 2023

चैत १२, २०७९ अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्ष २०७९/८० को फागुन मसान्तसम्म आठ महिनामा नेपालले विभिन्न द्विपक्षीय तथा बहुपक्षीय...

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In