• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Saturday, June 7, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

सफल जोडी

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

”यसैकारण मानिसले आफ्ना आमाबाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।”
उत्पत्ति २:२४


सफल जोडी

विवाह के हो ?

एउटा पुस्तकमा मैले कथा पढेको थिएँ। एउटा गाउँमा सुंगुरको गोठ थियो त्यो गोठको बीचमा बार थियो बार भित्र विवाहीत सुंगुरहरू थिए र बाहिर अविवाहीत सुंगुरहरू थिए। विवाहीत सुंगुरहरू सबै बाहिर निस्कन कोसिस गर्दै थिए भने अविवाहीत सुंगुरहरू भित्र पस्ने इच्छा गरिरहेका थिए।

”यसैकारण मानिसले आफ्ना आमाबाबुलाई छोड्छ र आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र तिनीहरू एउटै शरीर हुन्छन्।”
उत्पत्ति २:२४
परमेश्वरले एउटा परिवारको लागि र एउटा जोडीको लागि दिनुभएको सिद्धान्त यही हो।

छोड्नु
मिल्नु
एउटै शरीर हुनु

परमेश्वरले बनाउनुभएको सुन्दर परिवारीक चित्र उत्पत्ति ३ अध्यायमा पाप प्रवेशसँगै नष्ट भएको यो र माथिको सुंगुरको कथा बनेको थियो। तर प्रभु येशू स्वयं र प्रेरितहरूले पुन यही सिद्धान्तलाई स्थापित गर्नुभएको छ।
तर उहाँले भन्नुभयो,”के तिमीहरूले पढेका छैनौ, कि सृष्टिकर्ताले तिनीहरूलाई शुरुमा नै नर र नारी बनाउनुभयो, र भन्नुभयो, यसैकारण मानिसले आफ्ना बाबु र आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र ती दुइजना एउटै शरीर हुनेछन्।ती अब दुइ होइनन्, तर एउटै शरीर हुन्छन्। यसकारण परमेश्वरले जसलाई एकसाथ जोर्नुभएको छ, त्यसलाई कुनै मानिसले नछुट्टयाओस्।” तिनीहरूले उहाँलाई भने, ”मोशाले किन विवाहविच्छेदको त्यागपत्र दिएर पत्नीलाई त्याग्ने आज्ञा दिए?” उहाँले तिनीहरूलाई भन्नुभयो, ”तिमीहरूका हृदयको कठोरताले गर्दा नै मोशाले पत्नीलाई त्याग गर्ने अनुमति तिमीहरूलाई दिएका हुन्। तर शुरुदेखि यस्तो थिएन।”
मत्ती १९:४–८

”यसकारण मानिसले आफ्ना बाबु आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्।”
एफिसी ५:३१

हरेक जोडीको जीवनमा परमेश्वरको यस सुन्दर योजना पूरा गर्नकोलागि पति र पत्नी दुबैलाई परमेश्वरले विशेष् जिम्मेवारीहरू दिनुभएको छ।

”ख्रीष्टको श्रद्धामा एउटा अर्काको अधीनमा बस। पत्नी हो, प्रभुको अधीनमा रहेजस्तै आ-आफ्ना पतिको अधीनमा बस। किनकि पति पत्नीको शिर हो, जसरी ख्रीष्ट मण्डलीको शिर हुनुहुन्छ, जुन मण्डली उहाँको शरीर हो, र उहाँ स्वयम् त्यसको मुक्तिदाता हुनुहुन्छ। जसरी मण्डली ख्रीष्टको अधिनमा छ, त्यसरी नै पत्नीहरू पनि हरेक कुरामा पतिहरूका अधीनमा रहून्।
पति हो, आफ्ना पत्नीहरूलाई प्रेम गर, जसरी ख्रीष्टले पनि मण्डलीलाई प्रेम गर्नुभयो, र त्यसको निम्ति आफूलाई अर्पण गर्नुभयो, यस हेतुले कि उहाँले त्यसलाई पानीले धोएर वचनद्वारा पवित्र पार्न सकून्, र उहाँले दाग वा चाउरी नभएको, अथवा यस्ता कुनै कुरा नभएको तेजस्वी मण्डली आफैकहाँ प्रस्तुत गर्न सकून्, र त्योचाहिँ पवित्र र निष्खोट होस्। त्यसरी नै पतिहरूले पनि आ-आफ्ना पत्नीलाई आफ्नै शरीरलाई झैं प्रेम गर्नुपर्छ। आफ्नी पत्नीलाई प्रेम गर्नेले आफैलाई प्रेम गर्छ। किनकि कुनै मानिसले कहिल्यै आफ्नो शरीरलाई घृणा गर्दैन, तर त्यसको कदर गरेर पालनपोषण गर्दछ, जसरी ख्रीष्टले पनि आफ्नो मण्डलीको निम्ति गर्नुहुन्छ, किनभने हामी उहाँका शरीरको अङ्ग हौं। यसकारण मानिसले आफ्ना बाबु-आमालाई छोडेर आफ्नी स्वास्नीसँग मिलिरहन्छ, र ती दुवै एउटै शरीर हुनेछन्। यो एउटा गम्भीर रहस्य हो, अनि यो कुरा म ख्रीष्ट र मण्डलीको सम्बन्धमा बोल्दछु।

जे भएपनि तिमीहरू हरेकले आफ्नी पत्नीलाई आफैलाई झैं प्रेम गर, र पत्नीले पनि आफ्ना पतिको आदर गरोस्।”
एफिसी ५:२१-३३

पतिको कर्तव्य –प्रेम
पत्नीको कर्तव्य – अधिनमा बस्ने

आउनुहोस् यी दुई कर्तव्यहरूलाई विस्तृतरुपमा हेरौ।

पतिको कर्तव्य -प्रेम


एउटा विरुवा रोपेपछि त्यसलाई पानी दिनुपर्छ । पानी पाएन भने विस्तारै विरुवा ओइलाउँछ र अन्तमा मर्छ। प्रेम गर्ने मुख्य जिम्मा बाइबलले पतिलाई दिएको छ। तर परिवारको सबै सदस्य एक आपसमा प्रेममा बाँधिनुपर्छ। एउटा मालीले झैं पति/पिताले आफ्नो परिवारलाई सधैं प्रेमले सेचन गरीराख्नुपर्छ। प्रेम भन्ने बितिकै फरक फरक विचार हाम्रो मनमा आउँछन्।

प्रेम धेरै प्रकारका हुन्छन्:
शारीरिक प्रेम -यौन सम्बन्ध
पारिवारीक प्रेम – परिवार तथा नातेदार बीचको प्रेम
साथी प्रेम – साधारण साथीहरूको बीचमा हुने प्रेम
तर बाइबलले यहाँ पतिले पत्नीलाई गर्नु भनेको प्रेम फरक प्रेम हो। यो प्रेम इश्वरीय प्रेम हो। जुन प्रेमले कहिल्यै आफ्नो लागि प्रेम गर्दैन तर अरुको लागि प्रेम गर्छ। स्वास्नी भनेको यौन इच्छा पूर्ति गर्ने माध्यम हो। बच्चा जन्माउने साधन हो र घरको सबै काम गर्ने नोकर हो भन्ने भावना र चलन हामीमा छ। हाम्रो समाजमा महिलालाई दोस्रो दर्जामा राखीन्छ। बाइबलले हामीलाई त्यसको विपरीतगर्न सिकाउँछ। सबैभन्दा पहिला पतिले पत्नीलाई सर्वोत्कृष्ट प्रेमले प्रेम गर्नुपर्छ जसद्वारा पत्नीले पनी आफू पति समान भएको महशुस गर्न सकुन्।

हरेक पतिले आफ्नी पत्नीलाई ख्रीष्टले मण्डलीलाई प्रेम गरे झैं प्रेम गर्नुपर्छ। अर्थात जसरी परमेश्वरले तपाईंलाई प्रेम गर्नुभएको छ। त्यसरी नै आफ्नी पत्नीलाई तपाईंले प्रेम गर्नुपर्छ।
परमेश्वरले गर्नुभएको प्रेम सस्तो र सजिलो छैन। हामी पापी छँदै उहाँले हामीलाई प्रेम गर्नुभयो। त्यसको लागि उहाँले आफ्नो प्राणसम्म अर्पण गर्नुभयो। हामीबाट प्रेम नपाउँदा पनि उहाँले हामीलाई प्रेम गरीनै रहनुभयो।
”किनकि हामी दुर्बल हुँदा नै ख्रीष्ट अधर्मीहरूका निम्ति ठीक समयमा मर्नुभयो। धार्मिक मानिसको निम्ति मर्न तयार हुने कोही बिरलै पाइएला, कतै असल मानिसको निम्ति कसैले मर्ने आँट गरी पनि हाल्ला। तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो। यसकारण उहाँको रगतद्वारा धर्मी ठहरिएका हुनाले झन् बढी हामी परमेश्वरको क्रोधबाट उहाँद्वारा बचाइनेछौं।”
रोमी ५:६-११

”परमेश्वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि पुत्रद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्चित हुनका निम्ति आफ्ना पुत्र पठाउनुभयो। प्रिय हो, यदि परमेश्वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कालाई प्रेम गर्नुपर्छ।”
१यूहन्ना ४:९-११

ख्रीष्टले मण्डलीलाई गरेजस्तो गरी आफ्नी पत्नीलाई प्रेम गर्न हरेक पति पहीला ख्रीष्टमा समर्पित हुनुपर्दछ। दास्रो कुरा आफ्नी पत्नीलाई आफैलाई जस्तै प्रेम गर्नुपर्छ। तपाईंले आफ्नो शरीरको जसरी वास्ता गर्नुहुन्छ त्यसरी नै पत्नीको शरीरको पनि वास्ता गर्नुपर्छ। खाना, लाउने कपडा, बस्ने ठाउँ, घुम्न जाने, मनोरोञ्जन गर्ने, यी सबै कुरामा पतिले पत्नीलाई वास्ता गर्नुपर्दछ। वास्तवमा यसरी पत्नीलाई प्रेम गर्दा तपाईंले आफैलाई प्रेम गरीरहेको हुनुहुन्छ।
”मानिसहरूले तिमीहरूसँग जस्तो व्यवहार गरून् भन्ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूसँग त्यस्तै व्यवहार गर, किनभने यही नै व्यवस्था र अगमवक्ताका शिक्षाको सारांश हो।” मत्ती ७:१२
यो सुन्दर नियम सबैभन्दा पहिला पति पत्नीको बीचमा लगाउनुपर्छ।

एउटा भनाई छ, ”यदि तपाई आफ्नी पत्नीले तपाईलाई राजा बनाएको चाहनुहुन्छ भने, पहिला पत्नीलाई रानी बनाउनुहोस्। यसो गर्दा समाजले तपाईंलाई जोइटिङ्ग्रे, हुती नभएको, मुर्ख आदि नाम दिन सक्छ तर ख्रीष्टले तपाईंलाई यसै गर्न भन्नुहुन्छ।

अब पत्नीको कर्तव्य – अधिनमा बस्ने
कतिपय मानिसहरूले यो कुरा मन पराउँदैनन्। विशेष गरी महिला हकहितका कुरा गर्नेले यसलाई नकार्न कोशिष् गरेका छन्। उनिहरूको विचारमा अधिनमा बस्नुको अर्थ चाहिँ दासजस्तै हुनु हो। तर बाइबलले सिकाउन खोजेको कुरा त्यो होइन बरु अधिनमा बसेर पतिप्रति समर्पित भएर पत्नीले आफ्नै सुरक्षा गर्छिन् र परमेश्वरले उनकोलागि राखीदिएको स्थानमा रहन्छिन्। बाइबलले कहिल्यै पनि महिलालाई दोस्रो दर्जामा राखेको छैन बरु जहाँ जहाँ बाइबलको शिक्षा पुगेको छ त्यहाँ महिलाहरूको उन्नति भएको छ।

आदर गर्नु भनेको आफ्नो इच्छालाई अर्काको इच्छा अगाडि सानो पार्नु हो। वास्तवमा प्रेम जस्तै परिवारका हरेक सदस्य एक अर्काप्रति समर्पित हुनुपर्छ। तर पत्नीको पतिप्रति चाहिँ यो कर्तव्य विशेष हुन आउँछ। आदर गर्नु निस्वार्थ हुनु हो। पति पत्नी बीच सम्बन्ध विकास गर्न यो एकदमै महत्वपूर्ण छ। पत्नी र पति बराबर हुँदाहुँदै जब पत्नी पतिको अधिनमा बस्छीन् तब त्यहाँ प्रेम र सम्बन्धको विकास हुन्छ। अधिनमा बस्नुको अर्थ पतिलाई आफ्नो अगुवा बनाउनु र उनको निर्णयलाई मान्नु र सहयता गर्नु हो।

पत्नी किन अधिनमा बस्नुपर्छ त। बाइबलले यो कुरा स्पष्टरुपमा व्याख्या गरेको छ। जसरी मण्डलीको अगुवा/शिर हुन परमेश्वरले ख्रीष्टलाई तोक्नुभयो त्यसरी नै उहाँले परिवारको शिर हुन पतिलाई तोक्नुभएको छ। त्यसैले परमेश्वरले स्थापना गर्नुभएको यस व्यवस्था पालन गर्न पत्नी पतिको अधिनमा रहनुपर्दछ।

एउटा परिवारमा दुईवटा शिर हुन सक्दैन। यदि त्यसो भयो भने परिवार भताभुङ्ग हुन्छ।यो समर्पण (अधिन रहनु) स्वेच्छिक हुनुपर्दछ। परमेश्वरले हामीलाई स्वतन्त्र राख्नुभएको छ। जसरी ख्रीष्टलाई चुन्न हामी स्वतन्त्र छौ त्यसरी नै पत्नीले पतिको अधिनमा रहन पनि स्वतन्त्र छिन्।
त्यसैले हरेक पत्नी खुसीसाथ आफ्नै इच्छाले पतिप्रति समर्पित हुनुपर्छ र पतिले आफ्नी पत्नीलाई स्वेच्छाले आफैलाई जस्तै प्रेम गर्नुपर्दछ। यही आदर र प्रेमले पति पत्नीलाई मिलीरहने सहायता गर्छ।

यसरी एक जोडी सफल जोडी बन्न सक्छ ।

Republished in new layout on 8/5/2013

Previous Comment

Excellent sermon
written by Hari Budhathoki , February 03, 2009Dear Ps. Subedi,!!
Jayamasiha.

Thank you for your wonderfull God’s word. Actually I am not married but when I read this sermon, it is very-very important for our sociaty, where people don’t know about Gods Love. All the Best. GOD BLESS

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

Discussion about this post

ताजा सामाग्री

Vacancy at Tiny Hands Nepal

Vacancy at Tiny Hands Nepal

June 6, 2025

  “To Apply Please Complete Our Online Application Form: Visit the following Link:http://bit.ly/TinyHandsNepal  

Vacancies at ARISE AND SHINE NEPAL

Vacancies at ARISE AND SHINE NEPAL

May 30, 2025

VACANCIES AT ARISE AND SHINE NEPAL FOR DHARAN AND LALITPUR  

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ

May 18, 2025

निरोज तोलाङे, काठमाण्डौँ । नेपाली ख्रीष्टियनहरुको एकमात्र ठूलो छाता संस्था नेपाल राष्ट्रिय मण्डली संगतिका केन्द्रीय अध्यक्ष तथा आराधना मण्डलीका वरिष्ठ...

Vacancy at INF NEPAL

Vacancy at INF NEPAL

May 15, 2025

Recent Posts

  • Vacancy at Tiny Hands Nepal
  • Vacancies at ARISE AND SHINE NEPAL
  • नेपाली चर्चको जिम्मेवारी अब युवा पुस्ताको काँधमा छ : वरिष्ठ पास्टर हनोक तामाङ
  • Vacancy at INF NEPAL
  • Job Vacancy Announcement

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In