• Home
  • About Us
    • Statement of Faith
  • Advertisement
  • Contact Us
Friday, October 10, 2025
NepalChurch.com
Advertisement
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing
No Result
View All Result
NepalChurch.com
No Result
View All Result

खुशीको घोषणा

by Tanka Subedi
August 5, 2013
in Sermons/Teachings

 खुशीको घोषणा, मत्ती ५:१-११

भीडलाई देखेर उहाँ डाँडामा उक्लनुभयो, र उहाँ बस्नुभएपछि चेलाहरू उहाँकहाँ आए। उहाँले मुख खोल्नुभयो र तिनीहरूलाई शिक्षा दिन लाग्नुभयो: “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। धन्य शोक गर्नेहरू, किनभने तिनीहरूले सान्त्वना पाउनेछन्।

धन्य नम्रहरू, किनभने तिनीहरूले पृथ्वीको अधिकार पाउनेछन्। धन्य धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू, किनभने तिनीहरू तृप्त हुनेछन्। धन्य दयावन्तहरू, किनभने तिनीहरूले दया पाउनेछन्। धन्य शुद्ध हृदय हुनेहरू, किनभने तिनीहरूले परमेश्वरलाई देख्नेृछन्। धन्य मेलमिलाप गराउनेहरू, किनभने तिनीहरू परमेश्वरका छोराहरू कहलाइनेछन्। धन्य धार्मिकताको निम्ति सताइनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूको हो। “धन्य हौ तिमीहरू, जब मानिसहरूले मेरो खातिर तिमीहरूको निन्दा गर्नेछन् र सताउनेछन्, र झूटा बोलेर तिमीहरूका विरुद्धमा सब किसिमका खराब कुरा भन्नेमछन् तब रमाओ, र अत्यन्त खुशी होओ, किनभने स्वर्गमा तिमीहरूको इनाम ठूलो हुनेछ। किनभने यसरी नै तिमीहरूभन्दा अघिका अगमवक्ताहरूलाई तिनीहरूले सताएका थिए।’’
मत्ती ५:१–११

प्रिय मित्रहरू,

येशूले गालीलमा प्रचार गर्नुभएका धेरै उपदेशहरूमध्ये डाँडाको उपदेश पनि एक हो। ख्रीष्टियन जीवनका आधारको कुरा यसमा समावेश भएकोले यो उपदेश अति महत्त्वपूर्ण छ। परमेश्वरको इच्छा बुझ्न र आशिषित जीवन जिउन चाहनेको लागि यो उपदेश त डाक्टरको प्रेष्क्रिप्सन जस्तै हो। यसलाई स्वर्ग राज्यको “ख्रीष्टियन घोषणा पत्र”‍ नाम दिनु उपयुक्त होला। घोषणा पत्रलाई सही तरिकाले बुझ्न सबैभन्दा पहिले यो कसको लागि हो र कसको लागि होइन, बुझ्न आवश्यक छ।

पद १ र २ मा यो कुरा थाहा हुन्छ। यो उपदेश प्रभुले आफ्ना चेलाहरूलाई डाँडामा दिनुभएको हो। चेलाहरू भन्ना१ले येशूका १२ जना चेलाहरूमात्र होइनन् तर उहाँको वचन सुनेर पालन गर्न चाहने सबै हुन्। यी चेलाहरूले येशूको शिक्षालाई अगाडिदेखि नै सुन्ने गरेका थिए।

कुनै पनि व्यक्तिले आफ्ना पापहरू त्यागेर आफ्नो जीवन येशूको हातमा सुम्पेर मात्र येशूको चेला बन्नू सक्छ। त्यसैले येशूले यो शिक्षा आफ्ना पापबाट फर्केका, येशूलाई राजा मान्नेल मानिसहरूको बीचमा सिकाउँदै हुनुहुन्थ्यो।

डाँडाको उपदेशमा ख्रीष्टियन जीवन कसरी जिउनुपर्छ भनी सिकाइएको छ। यो उपदेश मत्तीको पुस्तकमा ३ वटा अध्यायहरूमा छ। त्यसैले हामी यसलाई खण्ड खण्ड गरी हेर्नेछौं।

सबैभन्दा अगाडि पहिलो खण्ड हेरौं (मत्ती ५:१-१२) यस खण्डमा ‘धन्य’ भन्नेम शब्द १० पटक प्रयोग भएको छ। ‘धन्य’ को अर्थ ‘खुशी’ वा ‘आनन्दित’ हो। यस भागलाई ‘खुशीको’ घोषणा पनि भन्नल सकिन्छ।

मानिस के भयो भने खुशी हुन्छ?

राम्रो काम
धेरै साथी
धेरै पैसा
राम्रो घर
आदि

यीमध्ये कुनै एउटा पनि येशूको शिक्षामा समावेश छैन। त्यसैले हामीले बुझ्न सक्छौं कि येशूले प्रतिज्ञा गर्नुभएको खुशी र मानिसले सोच्ने खुशी फरक फरक कुरा हुन्। येशूले दिने खुशी अनन्तको र फरक खुशी हो, आनन्द हो।

शुरुमा हामी देख्छौ कि आत्मामा दरिद्र, गरीब हुनेहरू आनन्दित होऊन्। अचम्मै छ, उल्टो भएन र? आत्मामा धनी हुने पो खुशी हुनुपर्ने होइन र? किन येशूले यस प्रकारको शिक्षा दिनुभयो? यसलाई राम्ररी बुझ्न एउटा उदाहरण हेरौं।

आफैमाथि भरोसा राख्नेदहरू र आफैलाई धर्मी ठानी अरूहरूलाई तुच्छ ठान्नेनहरू कसै-कसैलाई उहाँले यो दृष्टाान्त सुनाउनुभयोः दुइ जना मानिस प्रार्थना गर्न मन्दिरमा गए- एक जना फरिसी र अर्कोचाहिँ कर उठाउने। फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्योउ, “हे परमेश्वार, म तपाईंलाई धन्यवाद दिन्छु, म अरू मानिसहरूजस्तो धुताहा, अन्यायी, व्यभिचारी, अथवा यही कर उठाउनेजस्तो पनि छैनँ। म हप्ताचमा दुइ पल्ट उपवास बस्तछु। मैले पाएका सबै थोकको दशांश म दिन्छु।”

“तर कर उठाउनेचाहिँ टाढै उभिएर स्वर्गतिर आँखा पनि नउठाई यसो भन्दै आफ्नो छाती पिट्यो, “हे परमेश्वैर, म पापीमाथि दया गर्नुहोस्!”
लूका १८:९-१३

यी दुईमा आत्मामा दीन र दरीद्र चाहिँ कर उठाउने नै थियो। त्यसैले येशूले भन्नुचभए अनुसार यो मानिस नै खुशी हुने भयो।

त्यस्तै लुका १८:२३ मा अर्को उदाहरण छ। यो उदाहरणको मानिस धनी थियो। सांसारिक रूपमा खुशी दिन सक्ने सबै कुरा उसँग थियो तर उसले आफैलाई आत्मामा दरीद्र बनाउन सकेन र येशूले दिने साँचो खुशीबाट बन्चित भयो।

तर यी कुरा सुनेर ती शासक अति उदास भए किनभने तिनी अत्यन्त धनी थिए।
लुका १८:२३

पहिलो धन्य ‘आत्मामा दीन’ अन्तिम धन्य ‘धार्मिकताको लागि सताइनेहरू’ (पद १०)

यो पनि हाम्रो सोचाइको ठीक उल्टो छ। सताइने पनि खुशी र आनन्दित हुन्छ त? हामी त मण्डलीमा सतावट नआओस् भनेर प्रार्थना गर्छौं।

आत्मामा दरीद्र हुनु र सताइनाले सत्य खुशी हाम्रो जीवनमा ल्याउँछ। परमेश्वरको राज्यमा प्रवेश गरिसकेका सबैको जीवनमा यस्तै हुन्छ।

अरू ‘धन्यहरू’ पनि हेरौं।

– शोक गर्नेहरू
– नम्र हुनेहरू
– धार्मिकताको निम्ति भोकाउने र तिर्खाउनेहरू
– दयावन्तहरू
– हृदयमा शुद्ध हुनेहरू
– मेलमिलाप गराउनेहरू
– निन्दा खेप्नेहरू

हामी जति जति आफ्नो आत्मामा दरीद्र भएको थाहा पाउँछौं र जति जति आफ्ना पापहरूलाई चिन्दै तिनमा शोकित हुन्छौं, त्यतिनै धेरै स्वर्गीय सम्पत्तिको उपभोग गर्न पाउँछौं। यी नौवटा धन्यहरूले ख्रीष्टियन जीवनका लागि अत्यावश्यक आचरणहरूको बारेमा व्याख्या गरेका छन्।

येशू ख्रीष्टको मूल्य र मान्यतामा आधारित साँचो खुशी र आनन्द प्राप्त गर्न सबै जनाले आफैलाई तयार पारौं।

 

Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or Support independent publishing: Buy this book on Lulu.

Republished in new layout on 8/5/2013

Related Posts

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -२

May 30, 2020
प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

प्रभुले सिकाउनुभएको प्रार्थना – भाग -१

May 30, 2020

क्रिसमसको वास्तविक कथाः पा. जोन मकार्थर [The Real Christmas Story (Selected Scriptures) John MacArthur]

December 24, 2018

खुसी कसरी हुने

May 12, 2017

ताजा सामाग्री

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी

September 26, 2025

  भक्तपुर, नेपाल — २०८२ असोज ८ (सेप्टेम्बर २५, २०२५) ऐतिहासिक भक्तपुरमा अवस्थित होटल भदगाउँले यस वर्षको प्रतिष्ठित दक्षिण एशियाली...

EOI at International

EOI at International

September 23, 2025

Vacancy at Transformation Nepal

September 17, 2025

Vacancy Announcement Position: Project Coordinator (2 Positions) Location: Madhyapur Thimi-02, Bhaktapur, Nepal Organization: Transformation Nepal About Transformation Nepal Transformation Nepal...

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

निर्दोषका रगतले दुहाई दिइरहेको छ!

September 20, 2025

प्रभुले भन्नुभयो, "तैँले यो के गरिस्? तेरो भाइको रगतले भूमिबाट मलाई दुहाई दिइरहेको छ ।" (उत्पत्ति ४:१०) प्रिय दिदीबहिनी तथा...

Recent Posts

  • होटल भदगाउँलाई दक्षिण एशियाली पर्यटन पुरस्कार (SATA) २०२५ मा ‘लीडिङ बुटिक होटल/रिसोर्ट’ श्रेणी
  • EOI at International
  • Vacancy at Transformation Nepal
  • निर्दोषका रगतले दुहाई दिइरहेको छ!
  • Vacancy at ARISE AND SHINE NEPAL

नेपाल टप साइवर सोलुशन प्रा. ली. द्वारा प्रकाशित
संस्थापक/प्रमुख सम्पादकः टंक सुबेदी
सूचना विभाग दर्ता नं: १८४४/०७६-७७
फोनः ९८१८०६६४८६
संपर्कः info@nepalchurch.com

  • Home
  • About Us
  • Advertisement
  • Privacy Policy
  • Contact Us

Copyright © 2021 Nepal Church. All rights reserved.

No Result
View All Result
  • Home
  • News & Events
  • Articles
    • False Techings
    • Socio-political
    • world
  • Editorial
  • Bible Study & Teaching
  • Others
    • Diaspora
      • Diaspora Digest
      • Church directory
    • eMagazine
      • Hamro Ashish
      • ITEEN Chautari
      • Manthan
    • Video
      • Hymns
      • Movies
      • Music Videos
    • Poetry
      • कबीता
      • गजल
  • NC Directory
    • Add Listing

Copyright © 2021 Nepal Church. All rights reserved.

Login to your account below

Forgotten Password? Sign Up

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In