सुरक्षाको घोषणा, मत्ती ६:१९-२४
प्रिय मित्रहरू,
हामीले गत खण्डमा परमेश्वरको राज्यका मूल्य र मान्यताहरूलाई हेरी रहेका छौं। यसलाई हामीले स्वर्ग राज्यको घोषणापत्र नाम दिएका छौं। प्रभु येशूले डाँडामा प्रचार गर्नुभएको यस शिक्षालाई हामीले हाम्रा प्रभुको सार्वजनिक वोलावट पनि भन्नि सक्छौं। यो बोलावट येशूमाथि विश्वास गर्ने सबै मानिसहरूको लागि हो।
यस खण्डलाई हामी सुरक्षाको घोषणा भनी नाम दिन सक्छौँ। यसको लागि मत्ती ६:१९-२४ पढौं।
“आफ्नो निम्ति पृथ्वीमा धन-सम्पत्ति नथुपार, जहाँ कीरा र खियाले ती नष्ट पार्छन् र जहाँ चोरहरूले घर फोरेर ती चोर्छन्। तर आफ्नो निम्ति स्वर्गमा धन-सम्पत्ति थुपार, जहाँ कीराले वा खियाले नष्ट पार्दैन, र चोरले पनि चोर्दैन। किनकि जहाँ तिम्रो धन हुन्छ, त्यहीँ तिम्रो मन पनि हुन्छ। “आँखा शरीरको बत्ती हो। यसकारण यदि तिम्रा आँखा स्वस्थ छन् भने, तिम्रो सारा शरीर उज्यालो हुनेछ। तर तिम्रा आँखा खराब छन् भने, तिम्रो सारा शरीर अँध्यारो हुनेछ। यसकारण तिमीभित्र भएको उज्यालोचाहिँ अँध्यारो भयो भने, त्यो अँध्यारो कस्तो घोर हुन्छ!” कसैले दुई मालिकको सेवा गर्न सक्दैन।किनभने त्यसले एउटालाई घृणा गर्नेछ र अर्कालाई प्रेम गर्नेछ। अथवा त्यसले एउटाप्रति भक्ति राख्नेाछ, र अर्कालाई त्यसले तुच्छ ठान्नेिछ। तिमीहरूले परमेश्वर र धनको सेवा गर्न सक्दैनौ।
मत्ती ६:१९-२४
यस खण्ड अनुसार परमेश्वरका मानिसहरूले आफ्नो सम्पत्ति स्वर्गमा जम्मा गर्नुपर्छ पृथ्वीमा होइन। यस शिक्षामा येशूले हामीलाई लोभ गर्न नहुने कुरा सिकाउन खोज्नुभएको छ।
मानिसले सम्पत्ति किन थुपार्छ ?
खुशी हुन, सुखी जीवन जिउन, आनन्दित हुन आदि। सम्पत्ति भनेको त्यही कुरा हो जसमा हामी भर पर्न सक्छौं। तर येशूले पृथ्वीमा सम्पत्ति नथुपार भन्नुहहुन्छ। यसको अर्थ पैसा, सुन, इज्जत र मानमा भर नपर भन्नु भएको हो। हामी विश्वासीहरूको लागि सर्वोत्तम थोक सांसारिक सम्पत्ति होइन तर स्वर्गीय सम्पत्ति हो।
तर यसको ठीक विपरीत परमेश्वरले हामीलाई हाम्रो सम्पत्ति स्वर्गमा थुपारेको चाहनुहुन्छ। पृथ्वीमा भए जस्तै स्वर्गमा पनि सम्पत्ति हुन्छ र त्यो अनन्त र सत्य सम्पत्ति हुन्छ। यो सम्पत्तिले प्रदान गर्ने आनन्द र सुख यस पृथ्वीले दिने सम्पत्तिको दाँजोमा अतुलनीय हुन्छ।
अब केही उदाहरणहरू हेरौं कसरी हामीले पृथ्वीमा वा स्वर्गमा सम्पत्ति थुपार्न सक्छौं।
| पृथ्वी | स्वर्ग | |
| हरेक नयाँ गीतका सि डि किनेर | भजन गाएर | |
| मोज मस्तीमा पैसा खर्च गरेर | परमेश्वरको काममा पैसा लगाएर | |
| बैंकमा रकम जम्मा गरेर | गरीबलाई दिएर | |
| घर जग्गा किनेर | मण्डलीमा आवश्यक सामान किनेर | |
| आफु खुशी सम्पत्ति खर्च गरेर | आफ्नो सम्पत्ति चलाउँदा परमेश्वरलाई सोधेर |
सम्पत्ति भन्ने वित्तिकै व्यापारको कुरा पनि आउँछ। व्यापारमा सधैं फाइदा हेरिन्छ। कुनै पनि व्यापारीले बैंकमा पैसा जम्मा गर्दा बढी व्याज प्राप्त हुने र आफ्नो रकम सुरक्षित हुने भएकोले बैंकमा नै रकम जम्मा गर्छ।
त्यसरी नै हामीले पनि आफ्नो सम्पत्ति बढी फाइदा र सुरक्षित हुने ठाउँमा लगाउनुपर्छ। त्यसैले फाइदा बेफाइदा हेरौं।
१ पृथ्वीमा धन किराले र खियाले नष्ट पार्छ तर स्वर्गमा सुरक्षित हुन्छ।
२ पृथ्वीमा सम्पत्ति चोरले चोर्न सक्छ तर स्वर्गमा चोरी हुँदैन।
३ पृथ्वीमा सम्पत्ति क्षणिक हुन सक्छ तर स्वर्गको अनन्त हुन्छ।
४ पृथ्वीको सम्पत्तिको प्रतिफल थोरै र अपूरा हुन्छ तर स्वर्गको सम्पत्ति यथेष्ट हुन्छ।
५ स्वर्गमा सम्पत्ति थुपार्ने मानिसलाई यही जीवनमा पनि प्रशस्त दिनुहुन्छ।
तपाईंहरूमध्ये कतिको मनमा यस्तो धार्मिक स्थलमा किन आत्माको कुरा गर्न छोडेर सम्पत्तिको कुरा गरेको होला, किन येशूले पनि सम्पत्तिको कुरा गर्नुभयो होला भन्नेम प्रश्नस उठे होलान्। पक्कै पनि सांसारिक सम्पत्तिले स्वर्गको राज्यमा कुनै पनि मान्यता पाउँदैन तर प्रभु येशूले यो शिक्षा दिनुको पछाडि ठूलो रहस्य छ।
‘जहाँ तिम्रो धन हुन्छ, त्यही तिम्रो मन पनि हुन्छ।’
जसरी सूर्यमुखी फूल सूर्यतिर नै फर्कन्छ त्यसरी नै हामी मानिसको मन सधैं धन सम्पत्तितिरै फर्की रहन्छ। यो हाम्रो मानवीय स्वभाव हो। त्यसैले हामीले हाम्रो सम्पत्ति ठीक ठाउँमा थुपार्नु पर्छ।
जहाँ हाम्रो सम्पत्ति हुन्छ त्यहीँ हाम्रो मन हुन्छ, त्यसैलाई हामी मान्यता दिन्छौं, त्यसैलाई हामी प्रेम गर्छौं। स्वर्गमा भएको हाम्रो सम्पत्तिबाट नै हाम्रो आनन्द र खुशी प्राप्तक हुन्छ। हाम्रो हृदय सधैँ परमेश्वरमा लगाउनुपर्छ। त्यसैले हाम्रो सम्पत्ति पनि परमेश्वरको सेवामानै लगाउनुपर्छ। स्वर्गमा जम्मा गर्ने सम्पत्ति भनेको भेटी, दशांश, प्रार्थना, उपवास, सहयोग आदि हुन् तर यी कुरा गरेर हामीले मानिसहरूबाट स्याबासी पायौं भने स्वर्गमा यी जम्मा हुँदैनन्। तर गुप्त्मा गर्यौंव भने स्वर्गमा यसको इनाम स्वरूप सम्पत्ति जम्मा हुन्छ।
तापनि दुष्टात्माहरू तिमीहरूका वशमा छन् भनेर रमाउने होइन, तर तिमीहरूका नाउँ स्वर्गमा लेखिएका छन् भनेर नै रमाओ। लूका १०:२०
तब परमप्रभुको डर मान्ने हरूले आपसमा कुरा गरे, र परमप्रभुले तिनीहरूका कुरा ध्यानसित सुन्नुहभयो। परमप्रभुको डर मान्नेाहरू र उहाँका नाउँको मान गर्नेहरूका सम्झनाको पत्र मुट्ठामा उहाँकै उपस्थितिमा लेखियो।
मलाकी ३:१६
यस पछि प्रभुले ज्योतिको कुरा ल्याउनु भएको छ। ज्योति भनेको हामीद्वारा परमेश्वरको प्रकाश अरूमा रुपान्तर हुनु हो। यसले हाम्रो उत्तरदायित्वको प्रतिनिधित्व गर्छ।
मानिसहरूले बत्ती बालेर पाथीले त छोप्दैनन्, तर सामदानमा राख्दछन्, र घरमा हुने सबैको निम्ति त्यसले उज्यालो दिन्छ।
मत्ती ५:१५
हामी भित्र आत्मामा परमेश्वरको ज्योति चम्कनुपर्छ। हाम्रो हृदय शुद्ध छ भने मात्र हामी चम्कन सक्छौं र मानिसहरूले हाम्रो ज्योति देख्नच सक्छन्। यदि हाम्रो हृदय दया र सेवामा समर्पित छ भने हाम्रो जीवनबाट ख्रीष्टिय चरित्र देखिन्छ, जुन हामीले गर्ने असल काममा परिणत हुन्छ र मानिसले यसलाई उज्यालो प्रकाशको रूपमा चिन्छन्। तर यदि हाम्रो हृदय दुष्ट, स्वार्थी, कठोर, इर्ष्यालु र गनगने छ भने हाम्रो जीवनले ख्रीष्टिय चरित्र देखाउन सक्दैन। त्यो अन्धकारमय हुन्छ।
तिमीहरूले सम्पत्ति बेचेर भिक्षा देओ। आफ्नो निम्ति थोत्रो नहुने थैलीहरू बनाओ। स्वर्गमा कहिल्यै नष्ट नहुने धन स्वर्गमा सञ्चय गर। त्यहाँ चोर आउँदैन र किरा पनि लाग्दैन।
लूका १२:३३
अनि हरेक मानिसले आफ्नो मनमा सङ्कल्प गरेबमोजिम देओस्, इच्छा नभई होइन, नता करकापमा परेर। किनभने खुशीसाथ दिनेलाई परमेश्वरले प्रेम गर्नुहुन्छ।
२ कोरिन्थी ९:७
यसरी नै हामीले सेवा गर्दा पनि संसार वा परमेश्वर एउटालाई छान्नुापर्छ। धन सम्पत्ति र परमेश्वर दुवैको हामी एकै पटक सेवा गर्न सक्दैनौं। यो असम्भव कुरा हो। हामी पाखण्डी, मुकुण्डोधारी, कपटी हुनुहुँदैन। तर सोझो र स्पष्ट हुनुपर्छ। स्वर्गको राज्यका हकदार हुने हो भने संसारलाई त्याग्नुपर्छ।
हे स्वर्गको सिंहासनमा विराजमान हुनुहुने, तपाईंतिर म मेरा आँखा उचाल्छु। जसरी दासहरूका आँखा आफ्ना स्वामीको हाततिर हुन्छन्, जसरी दासीहरूका आँखा आफ्नी स्वामिनीको हाततिर रहन्छन्, त्यसरी नै जबसम्म उहाँले हामीमाथि कृपा गर्नुहुन्नह, तबसम्म हाम्रा आँखा परमप्रभु हाम्रा परमेश्वरतिर रहन्छन्।
भजनसंग्रह १२३:१-२
मानिसले पृथ्वीमा र स्वर्गमा दुवै ठाउँमा सम्पत्ति थुपार्न चाहन्छन्। उनीहरूले परमेश्वर र मानिस दुवैलाई खुशी पार्न चाहन्छन्। तर यसरी दुई मालिकको सेवा गर्नु सम्भव छैन।
कुनै मानिसका दुईवटा मालिक छन् र एकै ठाउँमा बस्छन् भने उसले दुवैलाई सेवा पुर्या उन सक्ला तर जुन दिन मालिकहरू छुट्टिएर दुईतिर लाग्छन् तब त्यस मानिसले एउटालाई छोडेर एउटालाई मात्र छान्नुत पर्ने हुन्छ। यसरी हामी संसार र परमेश्वर दुवैको सेवा गर्न सक्दैनौं। संसारको सेवा गर्नु भनेको जीवनको शेखी, शरीरको अभिलाषा, आँखाको अभिलाषा हुन् यी कुराहरू र परमेश्वर सँगसँगै हुनै सक्दैन। प्रभुले दुईवटा मालिकको सेवा गर्न हुँदैन भन्नुसभएको छैन तर सेवा गर्न सक्दैन भन्नु भएको छ। यी दुई विपरीत कुराहरू हुन्। हामीले एउटा छान्नैपर्छ।
संसारलाई वा संसारमा भएका कुनै पनि थोकलाई प्रेम नगर। यदि कुनै मानिसले संसारलाई प्रेम गर्दछ भने पिताको प्रेम त्यसमा हुँदैन। १ यूहन्ना २:१५
व्यभिचारी मानिस हो, संसारसँगको मित्रता परमेश्वरसँगको शत्रुता हो भन्ने, कुरा के तिमीहरूलाई थाहा छैन? यसकारण जो संसारसँग मित्र हुन चाहन्छ त्यसले आफैलाई परमेश्वरको शत्रु बनाउँछ।
याकूब ४:४
तिनीहरूका विषयमा भनौं भने ख्रीष्ट, जो परमेश्वरको रूप हुनुहुन्छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून् भनेर यस संसारको देवले अविश्वासीहरूको समझलाई अन्धो तुल्याइदिएको छ।
२ कोरिन्थी ४:४
बुद्धि भ्रष्ट भएका र सत्यबाट अलग भएका मानिसहरूका माझमा कचिङ्गल उठाउँछन्, अनि भक्तिचाहिँ फाइदा उठाउने उपाय हो भनी तिनीहरू ठान्छन्।
सन्तुष्टिसहितको भक्ति नै ठूलो लाभ हो। किनकि हामीले नता यस संसारमा केही ल्यायौं न यहाँबाट केही लैजान नै सक्छौं। तर खान र लाउनसम्म छ भने हामी त्यसैमा सन्तुष्ट हुनेछौं। तर धनी हुने इच्छा गर्नेहरू परीक्षामा पर्छन्, पासोमा फस्छन् र धेरै अर्थहीन र दुःखदायी इच्छाहरूमा डुब्छन्, जसले मानिसहरूलाई बरबादी र सर्वनाशमा डुबाउँछन्। किनभने रूपैयाँ पैसाको मोह नै सबै किसिमका खराबीको जड हो। पैसाको लोभमा परेर कोही-कोही विश्वासबाट कुमार्गतिर लागेका छन्, र धेरै पीडाले तिनीहरूका हृदय घोचेका छन्।
१ तिमोथी ६:५-१०
यस संसारका धनीहरूलाई घमण्डी नहुने आज्ञा देऊ, र अनिश्चिनत सम्पत्तिमा होइन तर हामीलाई हरेक थोक प्रशस्तसँग उपभोग गर्न दिनुहुने परमेश्वरमाथि तिनीहरूले आशा राखून्। तिनीहरूले असल कार्य गरून्, र असल कामहरूमा धनी, उदार-चित्त र दानी होऊन्। यसरी आफ्नैभविष्यको लागि असल जग बसाल्न सकून, ताकि तिनीहरूले त्यो जीवन पक्रिराखून् जो साँच्ची नै जीवन हो।
१ तिमोथी ६:१७-१९
प्रिय मित्र,
के तपाईं ख्रीष्टको ज्योतिले भरिएर चम्कनु भएको छ? कि संसारको स्वार्थी भौतिक कुराको नियन्त्रणमा हुनुहुन्छ? अब कसको सेवा गर्ने, परमेश्वरको कि धन सम्पत्तिको? अब सम्पत्ति कहाँ थुपार्ने, स्वर्ग कि संसार? अब कसरी जिउने, अन्धकारमा कि ज्योतिमा? निर्णय तपाईंको हातमा छ।
एकछिन सबै जना आँखा बन्द गरेर परमेश्वरको चरणमा जाऔं र आफ्नो निर्णय परमेश्वरको अगाडि पेश गरौं।
Buy a book of all 9 sermons on Ghosana Patra from ITEEN or![]()
Republished in new layout on 8/5/2013


















Discussion about this post