नेपाल ख्रीष्टिययान समाजको एघारौं महासभा आगामी २०६७, भदौ १-३ गते तदनुसार अगस्ट १७-१९ तारिख काठमाडौंमा हुँदैछ। उक्त महासभामा प्रार्थनासहित सहभागी हुन देशभरिका मण्डली, ख्रीष्टिलयान संघसंस्था जिल्ला एवं क्षेत्रिय एकता समाजहरुलाई यसै सूचनाद्वारा जानकारी गराइन्छ।
महासभामा भाग लिने बारे सामान्य जानकारी:
प्रत्येक एकता समाजहरुबाट ३ देखि ५ जनासम्म प्रतिनिधि आउन सक्नेछन् र प्रतिनिधिहरूले आ- आफ्नो क्षेत्रका मण्डली एवं ख्रीष्टिरयान संघसंस्थाहरूको संख्या र अवस्था विश्वासीहरूको सङ्ख्या, वर्तमानका समस्या र चुनौतीहरु, गत वर्ष भए-गरिएका कार्य प्रगति विवरण, आगामी वर्षका कार्ययोजनाहरू लगायतको लिखित प्रतिवेदन महसभामा प्रस्तुत गर्नुपर्नेछ।
समाजका विभिन्न विषयगत समितिहरूबाट समेत आ-आफ्ना उद्देश्यसहितको कार्य निर्देशिका, योजना, बजेट आदि उल्लेख भएको प्रतिवेदन प्रस्तुत गरी पारित गर्नुपर्ने र समाजको तर्फबाट पनि आगामी वर्षको कार्यनीति, योजना, बजेट लगायत नयाँ कार्यसमिति तथा सल्लाहकारहरूको चयन गरिने भएको हुनाले नेपालका सबै मण्डली, सम्प्रदाय, मण्डली समूह, ख्रीष्टिलयान संघसंस्था एवं जिल्ला स्तरीय एकता समाजहरूलाई सहभागिताको लागि यसै सूचनाद्वारा हार्दिक अनुरोध गरिन्छ।
ऊद्देश्यहरु:
१, नेपाल भित्र तथा वाहिरका नेपाली भाषी बिचमा स्थापना भएका मण्डलीहरु र संघ संस्थाहरुले भोगेका सजिला र कठिनाइहरु आदान प्रदान गर्नको निमित्त जसव्दारा एकआपसमा ऊत्साहा साथै सिकाई हुन सकोस्।
२, यो महासभा प्रत्यक २-२ बर्षमा हुने हुँदा नियमित महासभा भई कार्यकारि समिति नयाँ बनाउनका निम्ति।
३, वर्तमान अबस्थामा नेपाली ख्रिष्टियन समुदायलाई राजनैतिक रुपमा तटस्थ प्रस्तुत गर्न।
४, नेपाली ख्रिष्टियन मण्डली र संघ संस्थाहरु विच सहकार्य समन्वयत्माक कार्य गर्न अभिप्रेरित गर्ने।
५, स्थानिय स्तरमा मण्डलिहरु संघ संस्था विच एकताबद्ध भई समाज सेवामा उत्प्रेरणा दिन।
६, ख्रिष्टको शरिरमा विभिन्न दानवरदान भएका व्यक्तिहरुको पहिचान गरि उनिहरुलाई मण्डली निर्माणमा अभिप्रेरित गर्ने।
अन्य जानकारीको लागि
सम्पर्क फोन: ९८५१०४४३५८, ५५४४९५४
इमेल:Nepal.christiansociety@gmail.comThis e-mail address is being protected from spam bots, you need JavaScript enabled to view it
नेपाल ख्रीष्टियान समाज
Nepal Christian Society
केन्द्रिय कार्यालय, काठमाडौं
Republished in new layout on 8/1/2013
Discussion about this post