वर्षौदेखि चर्चहरुमा क्रिसमस मनाउदै आफन्त, छिमेकीहरुमा खुसीयाली प्रदान गर्नुका साथै येशू ख्रीष्टमा मात्रै शान्ति, मुक्ति, उद्दार र अन्नत जीवन येशूमा मात्रै छ, भन्दै प्रचार गर्दै आएकाछन। २५ डिसेम्बर २००८ क्रिसमसमा राष्ट्रिय बिदा भएकोले विभिन्न ठाउँहरुमा, डिपार्टमेन्टहरुमा, होटलहरुमा र कार्यालयहरुमा क्रिसमस डे को संकेत दिइरहेकाछन्। यसपटक नेपालमा क्रिसमस डे राष्ट्रव्यापीरुपमा भव्यताकासाथ मनाइएको छ। मेडियाद्वार विभिन्न च्यानलका टेलिभिजनबाट र पत्रपत्रिकाबाट सबैलाई इसाइहरुको महान चाड भनेर क्रिसमस डे भनेर जानकारी भएको छ।
Christmas Day
येशू ख्रीष्टको जन्मदिन
25 December विश्वभरी क्रिसमस डे अथवा येशू ख्रीष्टको जन्म दिन धुमधामसँग मनाउँदै आइरहेको त सबैलाई अवगत नै छ। नेपालका मण्डलीहरुले वर्षौदेखि चर्चहरुमा क्रिसमस मनाउदै आफन्त, छिमेकीहरुमा खुसीयाली प्रदान गर्नुका साथै येशू ख्रीष्टमा मात्रै शान्ति, मुक्ति, उद्दार र अन्नत जीवन येशूमा मात्रै छ, भन्दै प्रचार गर्दै आएकाछन। २५ डिसेम्बर २००८ क्रिसमसमा राष्ट्रिय बिदा भएकोले विभिन्न ठाउँहरुमा, डिपार्टमेन्टहरुमा, होटलहरुमा र कार्यालयहरुमा क्रिसमस डे को संकेत दिइरहेकाछन्। यसपटक नेपालमा क्रिसमस डे राष्ट्रव्यापीरुपमा भव्यताकासाथ मनाइएको छ। मेडियाद्वार विभिन्न च्यानलका टेलिभिजनबाट र पत्रपत्रिकाबाट सबैलाई इसाइहरुको महान चाड भनेर क्रिसमस डे भनेर जानकारी भएको छ।
काठमाडौंमा क्रिसमस भन्दा दुइहप्ता अगाडि देखि नै विभिन्न क्रिसमस कन्सर्टहरु, भेटघाट कार्यक्रम, क्रिसमस सेलेब्रेसन मनाउदै आएका थिए। २५ डिसेम्बर बिहिबारका दिन विश्वभरी क्रिसमस कार्यक्रमहरु मनाइएका छन्। नेपालका चर्चहरुमा पनि येशू ख्रीष्ट जन्मनुको मुख्य उद्देश्यलाई सबैले थाहा पाउन र चिनुन् र शान्ति, मुक्ति, उद्धार र अनन्त जीवन पाउन भन्ने उद्देश्य हर्षोउल्लसाका साथ क्रिसमस कार्यक्रमहरु मनाइएका छन्।
केही चर्चहरुको कार्यक्रमको छोटो रिपोर्ट:
नवजीवन मण्डली कुपण्डोलमा विहान १० बजेदेखि २ बजेसम्म क्रिसमस कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा ५०० भन्दा बढि ख्रीष्टियानहरुको सहभागिता रहेको थियो। क्रिसमसको रमाइलो हेर्ने केही गैर ख्रीष्टियानहरुको सहभागिता पनि देखिएको थियो। परमेश्वरको आराधना, गीत भजनहरुबाट भएको थियो। येशू जन्मेका गीतहरु गाइएका थिए। केही नृत्य, कविता, नाटकहरुले सहभागीहरुलाई आनन्दित बनाएको थियो। येशू ख्रीष्टको जन्म दिनको बारेमा छोटो वचन टोमी र पा. सुमन गुरुङद्वारा भएको थियो। बेलुका ४ बजेदेखि ६ बजेसम्म टोलबासीहरुसँग शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो।
दिउँसो मध्यान्न १२ बजे फेमिली अफ गड चर्चका पास्टर टंक सुवेदीको घरमा क्रिसमस कार्यक्रम समपन्न भयो। सो कार्यक्रममा पाहुनाहरुलाई बोलाएर भोज खुवाउनुका साथै चर्चका भाइबहिनीहरुले सुसमाचारिय नाटक, गितबाट क्रिसमसको अर्थलाई स्पष्ट्याएका थिए। पास्टर प्रकाश बगालेले हामी मानिस र परमेश्वरको बीच पापको कारणले बिभेद ल्याएको छ । पापको बिभेदलाई येशू ख्रीष्टद्वारा मात्र हटाउन सकिन्छ र उहाँद्वार पुनमिलापमा हुनसकिन्छ भन्ने सन्देश दिनुभएको थियो।
काठमाडौं प्रज्ञा भवनमा क्रिसमस सेलेब्रेसन आयोजित कार्यक्रममा राष्ट्रपति डा.रामवरण यादवले धर्मको नाममा कोहि पनि अवहेलित नहोस भन्ने सन्देश दिनुभएको थियो।
अन्य ठाउँहरुमा पनि क्रिसमस कार्यक्रमहरु सम्पन्न भए: नेपालका पाँच तारे होटेल हायात, सोल्टी, याक एन्ड यति, सोल्टी र अन्नपूर्ण होटलहरुले विभिन्न विशेष कार्यक्रमहरु राखेका छन्।
दरबार मार्ग, ठमेलमा कन्सर्ट र क्रिसमस महोत्सव भव्यरुपले सम्पन्न भए।
Republished in new layout on 7/30/2013
Previous Comments
Discussion about this post