पशुपतिमा दिनदिनै बढिरहेको तनाव र विवादलाई साम्य पार्न हालै नियुक्त गरिएका दुई जना नेपाली नयाँ पुजारीको नियुक्ति प्रधानमन्त्रीले आजैदेखि लागू हुने गरी बदर गरेका छन्।
दश दिनदेखि लामो बिबादपछि नयाँ पुजारीको नियुक्ति बदर
पशुपतिमा दिनदिनै बढिरहेको तनाव र विवादलाई साम्य पार्न हालै नियुक्त गरिएका दुई जना नेपाली नयाँ पुजारीको नियुक्ति प्रधानमन्त्रीले आजैदेखि लागू हुने गरी बदर गरेका छन्। यसको घोषणा संविधान सभाको अहिले बसिरहेको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्रीले गरेका हुन्। तीन सातासम्म सुरुमा काँग्रेस र पछि स-साना दलहरुले गरेको अवरोधका कारण बस्न नसकेको बैठक आज बल्ल सहमतिपछि बस्न सकेको हो।
प्रधानमन्त्रीले पुराना पुजारीबाट नै पुजा गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिएका छन्।
बिरोधको कार्यक्रममा धर्म संस्कृति संरक्षण मंचले बाडेको पर्चा तल दिइएको छ।
Republished in new layout on 7/30/2013
Previous Comment
होसियार
written by प्रकासराज बगाले , January 13, 2009
राज्यले धर्ममा हस्तक्षप गर्नु शुभ सुरुआत होइन। यसको खुलेर बिरोध गर्नु हामी हरेक सचेत नागरीक को कर्तब्य हो ।
Discussion about this post