कानुन व्यवसायी भएकोले पनि होला, अदालती शैलिमा सीधा रुपमा प्रष्ट जवाफ खोज्ने उनका प्रश््नहरुले नेताहरुलाई र्याखर्याख्ती पारेको दृश्य दर्शकहरु रमाइरमाइ हेर्ने गर्थे। सुरुमा उनी नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे। तर सरकारले उनको कार्यक्रममा रोक लगाएपछि उनको त्यो चर्चित कार्यक्रम निजी टेलिभिजन कान्तिपुरमा प्रसारण हुन थाल्यो। तर यो सब अब सम्झनाको पानामा मात्र बाँकी रहने भएको छ।
हार्दिक श्रद्धाञ्जलि इन्द्र लोहनीलाई !
अधिवक्ता तथा चर्चित टेलिभिजन टक सो ‘बहस’का प्रस्तोता इन्द्र लोहनीको आज राति
मृत्यु भएको छ।दिउँसोसम्म मात्र उनी आफ्नी कान्छी छोरीलाई लिएर गाडीमा घुम्न गएको बेला गाडी मै ह्रदयाघात भएपछि साढे सात बजेतिर अस्पताल पुर्याउँदा पुर्याउँदै मृत्यू भएको जानकारी भएको छ ।
जनताको पक्षमा बोल्न पछि पर्दैनथे।
दर्शकहरुलाई कार्यक्रममा ‘जय होस्’ को अभिवादन गर्ने गरेका लोहनीले आफ्नो कार्यक्रममा नागरिक चासोका विषयलाई उठाउँथे। कानुन व्यवसायी भएकोले पनि होला, अदालती शैलिमा सीधा रुपमा प्रष्ट जवाफ खोज्ने उनका प्रश््नहरुले नेताहरुलाई र्याखर्याख्ती पारेको दृश्य दर्शकहरु रमाइरमाइ हेर्ने गर्थे। सुरुमा उनी नेपाल टेलिभिजनमा कार्यक्रम चलाउँथे। तर सरकारले उनको कार्यक्रममा रोक लगाएपछि उनको त्यो चर्चित र्यक्रम निजी टेलिभिजन कान्तिपुरमा प्रसारण हुन थाल्यो। तर यो सब अब सम्झनाको पानामा मात्र बाँकी रहने भएको छ। श्रीमति अनि चार र १० वर्षकी दुई छोरी र आफ्ना असंख्य दर्शकलाई छाडी ४१ वर्ष मै लोहनी संसारबाट विदा भएका छन्।
अब सम्झना मात्रैः इन्द्र लोहनीले अन्तर्वार्तामा सोध्ने तीखा प्रश्नहरु अब सम्झनामा मात्रै रहने भो।
तपाईको श्रद्धाञ्जलि तल कमेन्ट् सेक्सनमा लेक्नुहोस
Republished in new layout on 7/30/2013
Previous Comment
written by पà¥à¤°à¤•à¤¾à¤¸à¤°à¤¾à¤œ बगाले , January 19, 2009मानिसको जिवन आज छ भोली भन्न सकिन्न, कुनै पनी कुरामा घमन्ड गर्नु वेर्थ छ। लोहनी परिवारसँगै हामी पनी मर्माहीत भएका छौं ।
written by Krishna Dip Sigdel , January 17, 2009My heartfelt deep homage to Indra Lohani. He was one of the fearless and straight forward presenter. Because of his style Nepali TV talk (interactive) show got a new dimension. Nepalese audience always remember him. My his soul rest in peace.
Discussion about this post