घरमा पालेका हाँस कुखुरा परेवा अकस्मात मर्न थालेपछि टोलबासीहरुले पत्रकारहरुलाई बोलाई जानकारीमा ल्याएका छन्।
रोगको बारेमा रोकथामका कदम चाल्ने प्रयत्न गरिएको कुरा पूर्वाञ्चलका बिराटनगरमा दैनिक पत्रपत्रिकामा छापिएका छन्। हाल पूर्वमा मेचीपुल, पश्चिममा नगरपालिका भवन भएको इँटाभट्टा, उत्तरमा नकलबन्दा र दक्षिणमा सतिथट्टा क्षेत्रलाई बर्डफ्लु सङ्कट क्षेत्र घोषणा गरिएको सम्बन्धित निकायले जनाएको छ ।
झापामा हांस र कुखुरा मार्ने अभियान सुरु
मन्त्रिपरिषद्को बैठकले शुक्रबारदेखि मेचीनगर नगरपालिका वडा नं. १० काकरभिट्टा क्षेत्रको तीन किलोमिटर वरिपरि बर्डफ्लु क्षेत्र घोषणा गरेपछि त्यस क्षेत्रमा रहेका पक्षीजन्य हाँस-कुखुरा मार्ने अभियान सुरु भएको छ ।
हाल पूर्वमा मेचीपुल, पश्चिममा नगरपालिका भवन भएको इँटाभट्टा, उत्तरमा नकलबन्दा र दक्षिणमा सतिथट्टा क्षेत्रलाई बर्डफ्लु सङ्कट क्षेत्र घोषणा गरिएको सम्बन्धित निकायले जनाएको छ ।
यसैगरी मेचीनगर नगरपालिकाको धुलाबारी बजारमा शुक्रबार बिहान बर्डफ्लु रोग फैलिन नदिन स्थानीय प्रहरी टोलीले सार्वजनिकरुपमा कुखुरा काटेर बिक्री नगर्न सचेत गराएको इलाका प्रहरी कार्यालय धुलाबारीका प्रहरी निरीक्षकले राससलाई बताउनुभयो ।
उक्त प्रहरी टोलीले सचेत गराए पनि अहिले अपराहृन ३ बजेदेखि कुखुराव्यवसायीले आफ्नो पसलमा कुखुरा काटेर बिक्री गर्न राखेको र गाउँघर-बजारमा खुल्ला हाँस, कुखुरा र परेवा छोडेर प्रशस्त पाल्ने गरेको पाइएको छ । कुखुराव्यवसायीले भने प्रहरीले बर्डफ्लु रोग आएकाले केही दिन कुखुरा काटेर नबेच्नु भनेको हो, तर हामीले केही दिनअघि नै स्थानीय गाउँबाट किनेर ल्याएको कुखुरा काटेका हौँ, भारतबाट ल्याएको होइन भन्ने स्पष्टीकरण दिएका छन् ।
Republished in new layout on 7/30/2013
Discussion about this post