२०८१ मंसिर ३० गते, आइतबार
काठमाडौँ। पत्रकारहरुको छाता संस्था नेपाल पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरुको नतिजा सार्वजनिक भइरहेको छ ।
यसै क्रममा महासंघको अध्यक्षमा निर्मला शर्माको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा अग्रता लिएको मत बढी भएसँगै उनको जित निश्चित भएको हो । यस जित सगै नेपाल पत्रकार महासंघको इतिहासमा महासंघले पहिलो पटक महिला नेतृत्व पाउने भएको छ ।
मधेश प्रदेशबाहेक अन्य स्थानको मत गणना हुँदा अध्यक्षमा शर्माले प्रतिस्पर्धी रमेश विष्टलाई १ हजारभन्दा बढी मतले पछि पारेकी छन् । मधेशमा जम्मा ७७२ मत खसेकाले शर्माको जित निश्चित भएको हो ।
त्यस्तै महासंघका पदाधिकारीमा पनि शर्माकै प्यानलका उम्मेदवारले अग्रता लिइरहेका छन् । प्रेस चौतारीकी शर्मालाई प्रेस युनियनले समर्थन गरेको थियो । उता प्रेस युनियनका विद्रोही रमेश विष्टलाई प्रेस सेन्टरले साथ दिएको थियो । शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको साझा उम्मेदवार हुन् ।
Discussion about this post