काठमाडौं, १९ भदौ – नेपाल ख्रीष्टियन समाजले “हिन्दू सम्राट सेना” नामक समुहले चर्चमाथि गरेको हिंसात्मक आक्रमणको घोर भत्र्सना गर्दै सुरक्षाको माग गरेको छ।
समाजका अनुसार, भदौ १५ गते शनिबार धनुषा जिल्लाको यदुवा गाउँ र परासी जिल्लाको पाल्हिनन्दन गाउँका चर्चहरुमा सामुहिक आराधनाका क्रममा आक्रमण गरिएको थियो। साथै, सिराहा जिल्लामा पनि एक चर्चमाथि आक्रमण गर्दै धर्मगुरूलाई कुटपिट गरिएको र भारतीय सीमावर्ती क्षेत्रका धेरै चर्चहरूमाथि लगातार हमला गरिएको बताइएको छ। यि घटनाहरुमा स्थानीय प्रशासनले यथेष्ठ कारवाही नगरेको भन्दै समाजले प्रशासन र सुरक्षा निकायको ढिलासुस्तीको आलोचना गर्दै तुरुन्त कार्वाही गर्न सरकार र सरोकारवाला निकायलाई आग्रह गर्दै प्रेस बिज्ञप्ति प्काशन गरेको छ।
Discussion about this post