३० असार, २०८१ – आइतबार,
अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प पेन्सिलभेनियामा आफ्नो चुनावको क्याम्पेनिङ गर्दै गर्दा उनी माथि गोली प्रहार भएको छ। ट्रम्पले र्यालीमा भाषण दिदै गर्दा गोली उनको दायाँ कानको माथि लागेर गाएको र उनी घाइते भएका हुन्। उनलाई तुरुन्तै सेक्रेट सर्भिस एजेन्टहरूद्वारा सुरक्षा प्रदान गरिएको हो। घटनामा १ जना सर्वसाधारणको मृत्यु र २ जना गम्भीर घाइते भएको र गोली प्रहार गर्ने ब्यक्ति पनि सिक्रेट सर्भिस एजेन्टहरूद्वारा मारिएकाे जानकारी प्राप्त भएको छ।
Discussion about this post